Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

के–के समझदारी भयाे एमाले–एमाओवादीबीच ?

काठमाडौँ, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच राज्य पुनर्संरचनाको विषयलाई टुङ्गो लगाएर संविधान निर्माण प्रक्रियालाई गति दिने विषयमा समझदारी भएको छ ।

बिहीबार सिंहदरबारमा भएको दुई दलको बैठकमा संविधान लेखनको सबैभन्दा जटिल मानिएको राज्य पुनर्संरचनालाई टुङ्गो लगाउने र संविधान निर्माण प्रक्रियालाई चाँडो निष्कर्षमा पुर्याउने विषयमा मतैक्यता भएको हो ।

दुई दलको बीचमा बहुपहिचानका आधारमा छ वा आठ प्रदेश बनाउने भन्ने विषयमा छलफल भएको र नेपाली कांग्रेससँगको छलफलपछि टुङ्गो लगाउने सहमति भएको छ ।

‘राज्य पुनर्संरचनाको विषयलाई चाँडो टुङ्ग्याउने विषयमा एकसरो छलफल भएको हो, संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र भुइँचालोबाट पीडित भएका जनतालाई राहत तथा पुनर्निर्माणमा जुट्ने विषयमा दुई दलबीच समान धारणा बनेको छ ।’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाइ उद्धृत गर्दै उहाँका स्वकीय सचिव चूडामणि खड्काले भने । बैठकमा दुवै दलका शीर्ष नेताको सहभागिता थियो । एमाले उपाध्यक्ष भीमबहादुर रावलले आफ्नो पार्टीले बिहीबार बस्ने चार राजनीतिक शक्तिको बैठकमा सकेसम्म कम प्रदेशको प्रस्ताव राख्ने बताए । रासससँग कुरा गर्दै उनले एमालेले पाँच वा छ प्रदेशको विकल्पमा जान जोड दिने जानकारी दिए ।

बिहीबार अपराह्न ३ बजे संविधानसभाको बैठकअगावै संविधान लेखनका विवादित विषयमा सहमति जुटाउन प्रमुख चार दल द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त छन् ।

यसैबीच, बिहीबारका लागि तोकिएको संविधानसभाको बैठक दलहरुबीच आपसी छलफल जारी रहेको अवस्थालाई ध्यानमा राखी जेठ २५ गते सोमबारसम्मका लागि स्थगन भएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending