Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

‘काम थालेदेखि तलब नलिएको ३३ वर्ष बितेछ’

दैलेख, अन्ठाउन्न वर्षीय झुपा विक नाविस्थान मन्दिर क्षेत्रमा ३३ वर्षदेखि काम गर्छन् । मन्दिर क्षेत्र सरसफाइको जिम्मा पाएका विकले काम थालेदेखि नै तलब पाएका छैनन् । गमौडी–८ घर भएका विक दैनिकजसो मन्दिर क्षेत्र सरसफाइ गर्छन् । मन्दिरमा सङ्कलन भएको पैसाबाट तलब दिइने भनेर काम गर्न लगाइए पनि उनले अहिलेसम्म पाउन सकेका छैनन् । ‘काम गरेबापत तलब पाउँछु भन्ने अब आसै मरिसक्यो’, विकले भने, ‘तलब नपाए पनि मन्दिरकै सेवा गरिरहेकामा चित्त बुझाउने बाटो भएको छ ।’ सङ्कलन भएको पैसा मन्दिरमै ठीक्क हुने भएकाले आफू तलबविहीन हुनुपरेको उनले बताए । घरपरिवारले पनि अब तलब ल्याउँछ भन्ने आसै मारिसकेको बताउँदै विकले भने –‘मन्दिरबाट कहिल्यै तलब खान पाइएन ।’ त्यस्तै २६ वर्षदेखि दमाहा बजाउँदै आएका गमौडी–८ का कृष्ण दमार्इंले पनि बिनातलब काम गर्दै आएका छन् । उनले मन्दिरमा काम गर्न थालेदेखि अहिलेसम्म पैसा नपाएको गुनासो गरे । ‘कहिलेकाहीँ मन्दिरमा चढाएको बोकाको टाउका लिए पनि अन्य कुनै सहयोग पाइएको छैन’ उनले भने – ‘मन्दिरबाट हामीलाई तलब दिइएको भए पनि परिवार चलाउन सजिलो हुने थियो ।’  आफूहरुलाई न्यूनतम तलब दिने गरी मन्दिरमा काम गर्न लगाइएको उनीहरुले गुनासो गरे । मन्दिरमा जम्मा भएको रकम महन्त, पुजारी तथा अन्य दुई जनालाई मुस्किलले पु¥याइने भएकाले उनीहरुलाई दिनै गाह्रो हुने नाविस्थान ज्वाला क्षेत्र विकास समितिका कोषाध्यक्ष लालबहादुर थापाले बताए । गाविस, जिविस तथा अन्य सरकारी निकायले सहयोग नगरेका कारण काम गर्नेहरुलाई तलब दिन नसकिएको आरोप थापाले लगाए । पर्यटनको आगमन बढ्ने क्रममा भए पनि सरकारी निकायबाट सहयोग नहुँदा मन्दिर क्षेत्रलाई व्यवस्थित पार्न नसकिएको गुनासो उनको छ । अहिले मन्दिरमा सङ्कलित रकमले चार जनालाई तलब दिइने गरिएको छ । महन्तले रु एक हजार ५००, पुजारीले रु एक हजार, काटारीले रु एक हजार तथा गोठालाले रु ५०० मासिक पाउने गरेको जनाइएको छ । जिल्लाभित्र तथा बाहिरबाट पर्यटक आउने गरे पनि निःशुल्क प्रवेशले गर्दा आम्दानी हुन नसकेको कोषाध्यक्ष थापाले स्वीकार गरे ।  धार्मिक पर्यटकबाट शुल्क लिने गरेमा कर्मचारी तलबविहीन हुनुनपर्ने महन्त इन्द्रनाथ योगीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy