Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

सुनगाभा टिप्ने विवादमा खानेपानीको पाइप खोसिँदा...

जाजरकोट, खलंगाको डिङ्गा र मैदेको जंगलमा पाइने सुनगाभाको विवादले खानेपानी आयोजना नै गोलमालमा परेको छ । यो विवादका कारण गाउँमा खानेपानीको हाहाकार भएको छ । मैदेको जंगलमा डिङ्गाका महिलाहरु आएर सुनगाभा टिप्न थालेपछि विवाद सुरु भएको हो । दुई गाउँको विवादले डिङ्गाको भूभागमा पर्ने पानीको मुहान भएको बास्तला–गवैई खानेपानी आयोजनाका सम्पूर्ण पाईपहरु डिङ्गाका नागरिकले उठाएर लगिदिएपछि आयोजना नै बेकम्मा हुन पुगेको डाँडागाउँ– १, बाउजन्नेका राजनकुमार परियारले बताए । खानेपानी आयोजना नै निकम्मा भएपछि २ सय ५० घरधुरीमा खानेपानीको हाहाकार भएको परियार बताउँछन् । उनले दिएको जानकारीअनुसार खानेपानी नपाएर त्यस भेगका जनताले १३ दिनयता चर्को समस्या झेल्दै आएका छन् । घरमा पिउने पानी ल्याउनका लागि ३ घन्टाको बाटो हिँड्नुपर्छ । राजनले भने– ‘गाईभैंसीलाई बोकेर पानी खुवाउनै सकिन्न, भैसीलाई पानी खुवाउन खोलामा लाँदा जुरेलीका रामबहादुर विक र लालबहादुर रानाका भैंसी भीरबाट लडेर मरेको ३ दिन भयो ।’ जल्ला वन कार्यालयबाट प्रतिबन्ध लगाइएको सुनगाभा टिप्न मैदेको जंगलमा गएकी डिङ्गाका महिलाहरुबाट मैदेको वन समितिले ६० हजार जरिवाना गरेपछि डिङ्गामा रहेको वन समितिले हाम्रो जंगलबाट लगेको खानेपानीको मुहान पनि दिँदैनौं भन्दै पाइप उठाएर लगेको स्थानीयहरुको भनाइ छ । खानेपानी समस्याले निकै मर्कामा परेका स्थानीयहरुले सरोकारवाला सबै निकायले स्थलगत निरीक्षण गरी समयमै उक्त समस्याको समधान गरिदिन आग्रह गरेका छन् । खलंगा– ८ मा पर्ने खौला, घोइलनेटा र डाडाँगाउँ– १ मा पर्ने भारकाटे–जुरेलीका जनताले उक्त आयोजनाकै पानी प्रयोग गर्दै आएका थिए । उक्त आयोजना २०५१–५२ मा सम्पन्न भएको हो । हालसम्म आयोजनाको नाममा उक्त मुहान दर्ता नभएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy