Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

मापदण्ड मिचेका संरचना तुरुन्त भत्काऊ : विप्लव माओवादी

  पोखरा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मापदण्डविपरीतका संरचना तत्काल भत्काउन र सरकारले तोकेको मापदण्ड अक्षरशः लागू गर्न माग गरेको छ । माओवादी कास्कीले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी राज्यका महत्वपूर्ण निकायमा रहेका व्यक्तिहरुबाट नै मापदण्ड मिच्ने काम भएकाले त्यस्ता क्रियाकलाप तत्काल बन्द गरी जनतालाई सुशासन र कानुनी राज्यको प्रत्याभूति गराउन माग गरेको हाे । माओवादीले स्थानीय प्रशासन, नगरपालिका तथा नगर विकास समितिलाई २१ बुँदे ज्ञापनपत्र पेस गरेको छ । सो पार्टीले बुझाएको ज्ञापनपत्रबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा माओवादी तमुवान सेक्रेटरी सावित्री दुराले उक्त ज्ञापनपत्रमा माग परिएका कुरा तत्काल कार्यान्वयन नभए आफूहरुले नै कदम चाल्ने उल्लेख गरिन् । माओवादीले नगरपालिका आफैंले मापदण्ड मिचेको उल्लेख गर्दै पोखरामा रहेका खुडेपोखरी, फेवाताल, लेखनाथमा रहेका विभिन्न तालतलैया, कमलपोखरीजस्ता सार्वजनिक सम्पत्ति नष्ट गर्ने तथा अतिक्रमण गर्ने कार्य तत्काल रोक्न माग गरेको छ । यसअघि भ्रष्टाचारी घोषणा भएका विष्णु बास्तोलालाई पनि आवश्यक कार्वाही गरिने माओवादीले जनाएको छ । आफैंले बनाएका कानुन कार्यान्वयन गर्न नसकेर राज्यले निरीहता देखाए आफूहरु आफैं अगाडि बढ्ने दुराले बताइन् । फेवातालको ६५ मिटर मापदण्ड, ३५ फिटभन्दा अग्ला घरहरु भत्काउनुपर्ने माओवादी ज्ञापनपत्रमा उल्लेख छ । सरकारी जग्गा विभिन्न संघ–संस्थाको नाममा हडप्ने वा निजीकरण गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि माग गरिएको छ । पोखरा १४ मझेरीपाटनमा रहेको सरकारी जग्गामा कार्टर सेन्टरले घर बनाउन लागेको भन्दै माओवादीले विरोध गरेको छ । यदि जनतालाई वितरण गर्ने घर नै बनाउने हो भने कार्टरजस्तो संस्थासँग निजी जमिन खरिद गर्न सक्ने हैसियत भएको माओवादीकोे ठहर छ । पोखरा बसपार्क निर्माणका लागि २ सय ५ रोपनी क्षेत्रफल कायम गरी निर्माणकार्य अगाडि बढाउन सकिने माओवादीले जनाएको छ । तर, आफ्नो अनुकूलतामा ८० रोपनी भित्र लगेर बाँकी जमिन हडप्न नपाइने भन्दै सो पार्टीले यदि त्यसो गरिए कडा कदम चाल्ने चेतावनी दिएको छ । वर्तमान सन्दर्भमा भूकम्पले पुर्याएको क्षतिको यकिन विवरण संकलन गरी तत्काल राहत तथा पुनर्स्थापनाको काम थाल्न समेत माओवादीले सरकारी पक्षलाई अनुरोध गरेको छ । कास्की जिल्लाभित्र गुठी, संस्थान वा अन्य निकायको नाममा रहेका जग्गाको उचित संरक्षण तथा संस्थानका जग्गा थोरै रकममा भाडामा लिएर असीमित रकम असुल्ने तर कर तथा राज्यको दायरामा नआउनेहरुलाई कार्बाही गरी त्यस्ता जग्गा उनीहरुको नियन्त्रणबाट मुक्त गराउन पनि माओवादीले माग गरेको छ । आफ्ना मागहरुप्रति सम्बन्धित पक्ष गम्भीर नभए पार्टीले अप्रिय कदम चालेरै भए पनि राज्यको सम्पत्ति तथा मनपरीतन्त्रको अन्त्य गर्ने चेतावनी विप्लव माओवादीले दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy