काठमाडौँ, भूकम्पपछिको प्राविधिक अध्ययनमा देशभरिका पक्की पुलमा ठूलो क्षति नदेखिए पनि पटक–पटकका पराकम्पनले सिन्धुपाल्चोकको तातोपानी जोड्ने भोटेकोसीको लार्चा पुल तथा सिन्धुपाल्चोक र रसुवा जिल्लाबाट तिब्बत जोड्ने दुइवटा मितेरी पुलमा समस्या देखिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ती पुलका सम्बन्धमा विस्तृत अध्ययन गर्न केन्द्रीयस्तरबाटै उच्चस्तरीय प्रतिनिधिमण्डल खटाउने भएको छ । तातोपानीमुनिको लार्चा पुलबाट भारवाहक सवारी साधन ओहोरदोहोर गर्न नसकेपछि तिब्बतबाट ल्याइएका सामग्री पुलमाथि नै ट्याङ्करमा थन्किएको मन्त्रालयले जनाएको छ ।
कोदारीबाट तिब्बत जोड्ने मितेरी पुलमा सवारी साधन चले पनि पुल चिरा परेर धराप अवस्थामा पुगेकाले विस्तृत अध्ययनका लागि मन्त्रालयको सक्रियतामा सडक विभागबाट उच्चस्तरीय प्रतिनिधिमण्डल खटाउन लागिएको मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिए ।
\'भूकम्पपछि मन्त्रालयलाई केन्द्रीय सडक सञ्जाल खोलेर दुरुस्त राख्न र भूकम्पप्रभावित जिल्लाका स्थानीय निकायको जिम्मेवारीमा रहेका सडकमा आएका पहिरो पन्छाएर राहत सामग्री पु¥याउन मद्दत गर्न भनिएअनुरुप काम गरिरहेका छौँ\'– उनले भने ।
कोदारीको मितेरी पुल जस्तै रसुवागढीको मितेरी पुल पनि चिरिएकाले त्यहाँसमेत प्राविधिक जाँचका लागि प्रतिनिधि पठाउन लागिएको सडक विभागले जनाएको छ । \'यी तीनवटै पुलका सम्बन्धमा चिनियाँ प्राविधिक समूहले समेत अध्ययन गरी पुलको अवस्था पत्ता लगाउन लागेको छ, यसमा हाम्रा प्रतिनिधिले पनि छुट्टै जाँच गर्नेछन्\' – विभागका महानिर्देशक माधवकुमार कार्कीले भने । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: