काठमाडौँ, भूकम्पपीडितका लागि सम्पूर्ण नागरिकलाई आफ्नो क्षेत्रबाट एक दिन प्रदान गर्न आग्रह गर्दै एक्ट्स नेपालले ‘राष्ट्रका लागि एक दिन’ अभियान सुरु गरेको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा एक्ट्स नेपालका कार्यक्रम संयोजक अजय मल्लले विपद्का बेला सबै नेपालीले मिलेर यसको सामना गर्न र पुनःस्थापित हुनका लागि यो अभियान सञ्चालन गरिएको बताए ।
शिक्षा, स्वास्थ्य, पुनःनिर्माण र कृषि क्षेत्रमा संस्थाले कार्य गरिरहेको छ । संस्थाले विभिन्न विद्यालयमा गएर त्यहाँका विद्यार्थीलाई मनोचिकित्सकमार्फत मनोपरामर्श दिने, कृषियोग्य जमिन भएकालाई कृषि सामग्री प्रदान गर्ने, विभिन्न स्वास्थ्य शिविरको आयोजना गरी सेवा दिने तथा पुनःनिर्माण गर्नुपर्ने विभिन्न स्थानमा गएर आवश्यक सहयोग गर्ने कार्य गरिरहेको छ ।
संयोजक मल्लले भने– \'विभिन्न क्षेत्रका व्यक्तित्वलाई नागरिकको जीवन सहज बनाउन आफ्नो तर्फबाट के गर्न सकिन्छ सो गर्नका लागि आह्वान गरेका छौँ ।\'
आज दरबार हाई स्कुलमा आयोजित कार्यक्रममा मनोचिकित्सक बच्चुराम बस्नेतले कक्षा ४ देखि १० सम्मका करिब एक सय विद्यार्थी तथा शिक्षक÷शिक्षिकालाई मनोपरामर्श दिए ।
कलाकारलाई आफ्नो कलाकारितामार्फत, चिकित्सकलाई स्वास्थ्य सेवामार्फत, कृषिविज्ञलाई कृषि परामर्शमार्फत जनतालाई सेवा पु¥याउन आफ्नो एक दिन खर्चिन आग्रह गरेको र सोहीमार्फत विभिन्न क्षेत्रका व्यक्तित्वले सहमति जनाएको संयोजक मल्लले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: