Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

माओवादी द्वारा विद्यालय निर्माण गरेर हस्तान्तरण

सिन्धुपाल्चोक, एकीकृत नेकपा माओवादी र नेकपा माओवादीले बिनाशकारी भूकम्पमा परी ध्वस्ता भएको सिन्धुपाल्चोकको क्षेत्रपाल उमावि तिपेनीको दश कोठे अस्थाई भवन स्कुललाई हस्तान्तण गरेका छन् । माओवादीले भूकम्पले भत्काएको विद्यालयको अस्थाई संरचना बनाई दिएपछि स्थानियवासी निकै खुशी भएका थिए । एमाओवादीको कोचिला राज्यबाट आएका ५० जना र नेकपा माआवादीको भेरी कर्णली राज्यबाट आएका १५ जना गरि ६५ जनाको टोलिले श्रमदान गरि उक्त भवन निर्माण गरेका थिए । भत्काएका संरचना पुननिर्माणका लागि भूकम्पले असर पु¥याएका सबै क्षेत्रमा माओवादीले ‘राष्ट्रिय श्रमदान अभियान’ सञ्चालन गरेको छ । सो अभियान अन्तर्गत यो क्षेत्रमा नेतृत्व गरिरहेका एमाओवादी सचिव वर्षमान पुन ‘अनन्त’ले विद्यालयका प्रधानाअध्यापक कुल बहादुर भुजेल र व्यवस्थापन समितीका अध्यक्ष विनोद श्रेष्ठको चाबि र घण्टी हस्तातन्तरण गरेका थिए । चाबि हस्तान्तरण भएपछि स्कुलका विद्यार्थीले राष्ट्रिय गान गाएर विद्यालय सञ्चालनमा आएको जनाउ दिएका थिए । विद्यायलय हस्तान्तरण गर्दै ऐमाओवादी सचिव अनन्तले आफ्नो पार्टी भत्किएका संरचना पुन निर्माणको अभियानमा जुटेको भन्दै सबैलाई साथ दिन आग्रह गरेका थिए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विनोद श्रेष्ठले माओवादी साँच्चीकै जनताको पार्टी भएको महसुस भएको बताए । क्षेत्रपाल उमावि जिल्लाका करिब ८ वटा भन्दा बढी गाविसको केन्द्र मानिन्छ । जिल्लाका भोटेनाम्लाङ, लाङाछे, दुबाचौर, बासखर्क लगायतका गाविसका विद्यार्थीहरु उक्त विद्यालयमा पढन आउँदछन् । हजारौँ विद्यार्थीले पठन पाठन गर्ने विद्यालयको भवन भूकम्पले भत्काएपछि निराश बनेका स्थानिय अस्थाई बिद्यालय पाएपछि खुशी भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending