Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

काेइरालाकाे ठाउँमा अाेली अाउँदैमा प्रगति हुँदैन : कमल थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भूकम्पपछिको पुनर्निर्माणमा लाग्नुपर्नेमा प्रमुख दलहरु सत्ताको पछिमात्रै लागेको आरोप लगाएका छन् । सुशील कोइराला नेतृत्वको सरकार असफल भयो भन्दैमा केपी ओली प्रधानमन्त्री भएर केहि परिवर्तन नहुने बताए । रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा थापाले भने, ‘सुशील कोइरालाको ठाउँमा केपी शर्मा ओली ल्याउँदैमा २० को १९ हुँदैन, पद्धतिमै सुधार गर्नुपर्छ ।’ अहिलेको सरकार संग दुई तिहाई बहुमत भएकोले यो नै राष्ट्रिय सरकार भएको उनको भनाई थियो । अहिलेको सरकारनै राष्ट्रिय सरकार भएको भन्दै  थापाले अब बन्ने सरकारको कुनै तुक नहुने बताएका छन् । अब बन्ने सरकारको तुक नभएको भन्दै थापाले भने–‘राप्रपा नेपाललाई सरकारमा जान जनताले म्याण्डेड नदिएकाले हामि सरकारमा सहभागि हुँदैनौँ  ।’ अध्यक्ष थापाले भने, ‘हाम्रो पार्टी सत्ता केन्द्रित फोहोरी खेलमा लाग्दैन तर राष्ट्रिय सरकारको योजना, सोच आईसकेपछि त्यस विषयमा निर्णय लिन्छ । सरकार परिवर्तन गर्न हाम्रो २५ सिट प्रयाप्त छैन ।’ चार दलका असफल, असक्षम र भ्रष्ट नेताहरुका कारण मुलुकले संविधान पाउन नसकेको भन्दै उनले चार दलका नेताहरुले संविधानसभालाई बन्धक बनाएको आरोप लगाएका छन् । उनले चारदलका नेताहरुबाट संविधानसभालाई एक साताकोलागि स्वतन्त्र छाडिदिने हो भने मुलुकले संविधान पाउने दाबी गरे । संविधानका अन्तर्बस्तुमा संविधानसभामा छलफल नगरी बाहिर छलफल गरेर संविधानसभामा लाद्नु असंवैधानिक, जनविरोधी र प्रजातान्त्रिक मूल्य मान्यता विरुद्धको गतिविधी भएको भनाई थियो । संविधान बनाउनका लागि संविधानसभा बनाइए पनि चार दलका नेताहरुले संविधान सभा भन्दा बाहिर गएर छलफल गरेर झेलि गरेको आरोप लगाउँदै त्यसो गर्नु ठिक नभएको समेत बताएका छन् । थापाले भने, ‘यस्तो अप्रजातान्त्रिक कार्य तत्काल रोकिनु पर्छ । संविधान बनाउने हो भने जे छलफल गर्ने हो संविधानसभामै छलफल गर्नु पर्छ । यस्तो जालसाजीले बन्ने संविधानको भविष्य हुँदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy