Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

राजदूतको संसदीय सुनुवाइमा प्रधानमन्त्रीको बिहे चर्चा !

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले चार देशका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। आइतबारको समिति बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अन्जान शाक्य र युनाइटेड अरब इमिरेटस (यूएई) का लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ढकालको नाम सर्वसम्मत अनुमोदन गरेको हो। संसदीय समितिबाट अनुमोदन भएसँगै चारै जनाको नियुक्तिका लागि बाटो खुलेको छ।

अाजको अन्नपूर्णमा खबर छ-राजदूतको सुनुवाइ समितिमा प्रधानमन्त्री केपी ओलीको बिहेको प्रसंगसमेत चलेको छ। इजरालयका लागि प्रस्तावित राजदूत शाक्यलाई प्रधानमन्त्री ओलीकी साली नाता पर्ने भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित/प्रसारित भएपछि समितिमा यो विषयले प्रवेश पाएको हो।

संघीय समाजवादी फोरममा राजेन्द्र श्रेष्ठ र कांग्रेसका भीमसेनदास प्रधानले ओलीकी साली नाता पर्ने भन्दै शाक्यका विषयमा झुटा समाचार प्रकाशित/प्रसारित भएको भन्दै खण्डन गरे।

‘यो त सुरेन्द्र कमरेड (नेकपाका नेता सुरेन्द्र पाण्डे)लाई झलनाथ खनालको साढु भाइ भने जस्तै हो,’ फोरमका श्रेष्ठले भने, ‘कुनै साइनो पनि नभएकालाई फलानीको साली भनेर लेख्नु गलत हो।’

त्यसपछि समितिमा नेकपाका नेता पाण्डेले पनि राजदूतमा सिफारिस शाक्य र प्रधानमन्त्रीको कुनै पनि नाता नपर्ने दाबी गरे। ‘केपी ओलीको बिहे नै मैले गरिदिएको हूँ,’ ठट्यौली शैलीमा पाण्डेले भने, ‘कुरै नबुझी पत्रकारले समाचार लेख्ने गरेकाले बेला बेलामा समस्या आइलाग्छ।’

२०४६ सालमा बहुदल आएको बेलाको प्रसंग उल्लेख गर्दै पाण्डेले भने, ‘बहुदल आएको बेला पार्टीले मलाई विराटनगरबाट कर्णालीको इञ्जार्जको जिम्मेवारी दियो। विराटनगरका पत्रकारले मदन भण्डारीको जेठानको सरुवा भनेर समाचार लेखे। हालका राष्ट्रपतिको थर पनि पाण्डे भएकाले मलाई मदन भण्डारीको जेठान बनाइदिएका थिए।’

संसदीय समितिले सार्वजनिक सूचना जारी गरेर मंसिर १६ सम्म प्रस्तावित चारैजना विरुद्ध उजूरी संकलन गरेको थियो। तर एउटा पनि व्यक्तिगत उजूरी नपरेपछि समितिले चारै जनालाई आइतबार बोलाएर सुनुवाइ गरेको हो। प्रस्तावित राजदूतसँग समितिमा सांसदले व्यक्तिगत प्रश्न नगरी भावी योजना, सम्बन्धी देशसँग नेपालको सम्बन्ध सुदृढ र राजदूतले गर्नुपर्ने कामका विषयमा प्रश्न गरेका थिए।

समितिमा सुरुमा भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यको सुनुवाइ गरिएको थियो। आचार्यलाई समितिमा १० जना सांसदले प्रश्न गरेका थिए।

जवाफमा आचार्यले भने, ‘भारतसँग आशंका मेटाउने र सम्बन्ध सुधार गर्नुपर्ने छ।’ पहिलो संविधानसभाको संवैधानिक समितिका सभापति रहेर काम गरेका आचार्यले भारतसँग खुला सिमाना भएपनि मन खुला नभएको बताए।

‘म जागिर खान राजदूत बन्न लागेको होइन,’ आचार्यले भने, ‘सरकारले जुन चुनौतीपूर्ण जिम्मेवारी दिएको छ। यसमा मेरो योग्यता र क्षमता अनुसार नेपालर भारतको सम्बन्ध उचो बनाउन लाग्नेछु।’

नेपाल र भारतको सम्बन्ध लामो भएपनि बीचबीचमा समस्या देखा परिरहेको आचार्यले बताए। ‘राजदूत भइसकेपछि संवादलाई अगाडि बढाएर नेपालको छवि र प्रतिष्ठा उचो बनाउन भूमिका खेल्छु,’ आचार्यले भने, ‘नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई सर्वोपरी राखी निष्ठापूर्वक काम गर्नेछु।’

सत्तासीन नेकपाका सांसद सुरेन्द्र पाण्डेले प्राथमिकता दिएर काम गर्न आचार्यलाई सुझाव दिए। कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउने भूमिका खेल्न सुझाव दिए। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न दिपकुमार उपाध्याय फर्केपछि भारतमा राजदूत पद खाली थियो।

यस्तै मलेसियाका लागि प्रस्तावित पाण्डे यसअघि साउदी अरेबियाका लागि राजदूत बनिसकेका हुन्। मलेसियामा रहेका नेपाली कामदारको चुस्त दुरुस्त विवरण संकलन गरी कामदारका समस्या समाधानमा ध्यान दिने प्रतिबद्धता पाण्डेले जनाए। परराष्ट्रका सहसचिव डा. निरन्जनमान सिंह बस्न्यात फर्केपछि मलेसियामा करिब डेढ वर्षदेखि राजदूत पद खाली थियो।

यूएईमा सिफारिस परराष्ट्र मन्त्रालयका सहसचिव ढकाललाई पनि सांसदले दुई देशबीचको सम्बन्ध, नेपाली कामदारका समस्या समाधानका विषयमा विभिन्न प्रश्न गरे। युएईमा पनि करिब तीन वर्षदेखि राजदूत खाली थियो। इजरालका लागि प्रस्तावित शाक्यको नाम पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ। नेपालका ३० मुलुकमा दूतावास, तीन स्थानमा राष्ट्रसंघीय स्थायी नियोग र ६ स्थानमा वाणिज्य र महावाणिज्य दूतावास रहेका छन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE