Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भूकम्पपीडितमाथि प्रहरीद्वारा बल प्रयोग : शनिबार चितवन बन्द

चितवन, भूकम्पबाट घरबारविहीन पीडितहरुलाई चितवनमा शुक्रबार प्रहरीले बलप्रयोग गरेको छ । प्रहरीले दमन गरेको भन्दै त्यसका विरुद्ध पीडितहरुले शुक्रबार चितवन बन्दको आह्वान गरेका छन् । गोरखा, धादिङलगायतका घरबारविहीन पीडितहरुलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी चितवनको पहलमा भरतपुर उनपा– १३, कैलाशनगरमा अस्थायी बस्ती बसाल्ने प्रयास गरेको थियो । माओवादीले पुनर्बास गराएको उक्त स्थानट भूकम्पपीडितलाई हटाउन प्रहरीले बलप्रयोग गरेको हो । अर्को व्यवस्था नभएसम्मका लागि भन्दै नेकपा माओवादीले  करिव ५ सय भूकम्पपीडित परिवारलाई अस्थायी रुपमा मंगलपुरको फुर्तिचोकमा बसोबासको व्यवस्था गरेको थियो । प्रहरीले माओवादीका जिल्ला सेक्रेटरी महेश चौधरी, जिल्ला सदस्य रघु र अस्थायी बस्तीमा स्वास्थ्यशिविर सञ्चलान गरिरहेका स्वास्थ्यकर्मी भीम लामालाई गिरफ्तार गरेको छ । प्रहरी दमनबाट केही भूकम्पपीडित घाइते भएका छन् । सरकारले भूकम्पपीडितको पुनर्स्थापना नगर्ने र जनताले आफ्नै पहलमा गरेका ठाउँमा समेत दमन गर्ने कार्य जनविरोधी भएको भन्दै माओवादी स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सरकारी दमनविरुद्ध आफूहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । प्रवक्ता प्रकाण्डका अनुसार प्रहरी दमनविरुद्ध शनिबार चितवन बन्दको घोषणा गरिएको छ । देशैभरबाट भूकम्पपीडितहरुले सरकारी बलप्रयोगको विरोध गर्नुका साथै चितवन बन्दप्रति धमाधम एेक्यबद्धता जनाउन थालेको चितवनबाट प्राप्त समाचारमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending