अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध थप खस्कन नदिन आफूले ह्वावेकी वित्तीय कार्यकारी मङ्ग वान्जूको मुद्दामा हस्तक्षेप गर्न सक्ने संकेत दिएका छन्।
\"देशको लागि जे राम्रो हुन्छ म त्यही नै गर्छु,\" ट्रम्पले भने।
४६ वर्षिय मङ्ग ह्वावेकी संस्थापककी छोरी हुन्। उनीविरुद्ध प्रतिबन्धहरुको बेवास्ता गर्दै इरानलाई टेलिकम सामाना बेच्ने एक कम्पनीसँगको सम्बन्ध ढाकछोप गरेको आरोप लगाइएको छ।
अमेरिकाले सुपुर्दगी गर्न अनुरोध गरेपछि गत उनी डिसेम्बर १ तारिखमा भ्यान्कुबरमा पक्राउ परेकी थिइन्। त्यो कदमले कूटनैतिक तनाव बढाएको थियो।
मङ्गले ती आरोपहरू अस्वीकार गर्दै आएकी छिन्। उनलाई अमेरिका सुपुर्दगी गर्ने योजना बनाइएको छ।
क्यानाडाको एक अदालतले चिनिया टेलिकम फर्म ह्वावेइकी प्रमुख वित्तीय कार्यकारी मङ्ग वान्जूलाई धरौटीमा छोड्न आदेश दिएको छ।
ट्रम्पले के भने
रोयटर्स समाचार संस्थासँगको अन्तर्वार्तामा ट्रम्पले भने चीनसँग व्यापार सम्झौता हुने अवस्थामा उनले अमेरिकी न्याय मन्त्रालयले हेरिरहेको मङ्ग विरुद्धको मुद्दामा आफूले हस्तक्षेप गर्न सक्ने संकेत दिएका हुन्।
ट्रम्पले भने, \"मेरो विचारमा अब हुन लागेको ठूलो व्यापारका लागि त्यो कदम राम्रै हुनेछ। त्यो महत्त्वपूर्ण कुरा हो। त्यो देशको सुरक्षाको लागि राम्रो हुनेछ। मलाई राम्रो लागेमा म अवश्य पनि हस्तक्षेप गर्नेछु।\"
क्यानडका न्यायाधीशले मङगबाट ७५ लाख डलर धरौटी लिने र खुट्टामा \'इलेक्ट्रोनिक ट्याग\' अर्थात विद्युतीय उपकरणसहित उनी निरन्तर निगरानीमा रहनु पर्ने आदेश दिएका छन्।
उनको अमेरिका सुम्पने प्रक्रिया पूरा हुन वर्षौँ लाग्न सक्छ।
उनी पक्राउ परेपछि चीनमा आक्रोशहरू व्यक्त भएका थिए। उनलाई नछोडिए गम्भीर परिणामहरू हुने चेतावनी चीनले दिएको थियो।
चीनमा क्यानडाली पक्राउ
अर्कोतिर क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा एक पूर्व क्यानडाली कूटनीतिज्ञलाई हिरासतमा लिइएको सम्बन्धमा आफूले बेइजिङबाट जबाफहरू खोजिरहेको बताएका छन्।
माइकल कोभ्रिङ इन्टरन्याशनल क्राइसिस ग्रुप नाम गरेको नीति अनुसन्धान संस्थामा काम गर्दछन्।
क्यानडाका एक मन्त्रीले उनको गिरफ्तारी र मङ्ग वान्जू पक्राउ पर्नुबीच सीधा सम्बन्ध भए नभएको अझै प्रष्ट भइसकेको छैन।
अमेरिकी विदेश मन्त्रालयले पनि कोभ्रिङलाई नियन्त्रणमा लिने कदमप्रति चिन्ता व्यक्त गर्दै चीनलाई मानिसहरूलाई जथाभाबी पक्रिने क्रम रोक्न आह्वान गरेको छ। बीबीसी
र, यो पनि
ह्वावेकी वित्तीय कार्यकारीलाई धरौटीमा छोड्न आदेश
हुवाइकि वान्जूलाई रिहा नगरे क्यानाडा र अमेरिकालार्इ जे पनि गर्नसक्ने चीनको चेतावनी
को हुन् ती महिला ? जसलाई समात्दा दुई महाशक्तिको तनाव बढ्यो
ह्वावेइकी अधिकारीको पक्राउपछि आक्रोशित चीनले मुख खोल्यो
मोबाइल कम्पनीकी वरिष्ठ अधिकारी क्यानडामा पक्राउ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: