Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मानविय क्रियाकलापकाे सिकार बन्दै यार्सागुम्वा

जाजरकोट, जाजरकोट खगेनकोटका निरज के.सीले यस पटक डोल्पा यार्सागुम्वा पाईने पाटन दिनमा दुई वटा भन्दा वढी पाउन नसकेको वताए । उनले अघिल्लो वर्षहरुमा दिनमा १० वटा भन्दा वढी पाउने गरेकोमा अहिले मुस्किले दिनभरी खोजेपनि दुई वटा भन्दा वढी पाउन नसकेको वताएका छन् । उनी जस्तै सक्लाका जयवहादुर महतराले पोहोर साल छोरा, छोरी र श्रीमती लिएर डोल्पा गएका थिए । महतराले दिनमा प्रतिव्यक्ती १५ भन्दा वढी पाएको सम्झदै भन्छन् ‘अहिले त्यही पाटनमा यार्सागुम्वा खोज्दा मुस्किलले दुई देखी ४ वटा सम्मा मात्र पाइएका छन्’ । यिनिहरु प्रतिनिधी मुलक पात्र मात्र हुन् । यहाँ सवै सार्यागुम्वा टिप्ने सवैको व्यथा यस्तै हो । वर्षेनी यार्सागुम्वा संकलन कत्र्ताले यार्सापाटनमा फोहोर गर्दा, जथाभावी पलास्ट्रिक फेक्दा यार्सागुम्वा पाईन छाडेको सरोकारवालाहरु बताछन् । दुई वर्ष अघि भरी भराउ हिउ भएको ठाउँमा अहिले हिउ नै नभएको सम्झदै डोल्पा त्रिपुराकोटका पुर्ण न्यौपाने भन्छन् –‘हामीले पहिले यार्सागुम्वा टिपेको ठाउँमा पहिलेको भन्दा धेरै तातो छ पहिले जाकेट, भेष्ट,सुईटर लगाएर वस्ने ठाउँमा अहिले जाकेट मात्र लगाएर वस्न सकिन्छ’ । हिमालमा हिउ रित्तीदै जाँदा पहिले सेत्तामे देखिने हिमालहरु अहिले टाटा नै टाटा मात्र देखिन्छ उद्योग वाणीज्य संघ डोल्पाका अध्यक्ष लालीमान वुढाले बताए । वर्षेनी यार्सा टिपेर लाखौँ कमाउने गरेका जाजरकोट, डोल्पा र रुकुमका स्थानियहरु अहिले प्रवेश सुल्क कसरी उठाउने भन्ने चिन्तामा रहेको जाजरकोट नायकवाडका प्रेमविक्रम शाहीले बताए । आवश्यक संरक्षण नभएमा यार्सागुम्वा लोप हुदै जाँने चिन्ता वढेको जिल्ला वन कार्यालय डोल्पाको भनाई छ । यहाँको यार्सागुम्वा सवै भन्दा राम्रो मानिन्छ । वर्षेनी यार्सागुम्वा टिप्ने मात्र चिन्ता छ, संरक्षण तर्फ कसैको चासो नहुँदा समस्या आएको वाणिज्य संघका अध्यक्ष लालीमान बुढाको भनाई छ । प्रत्येक वर्ष करोडौ रुपैया प्रवेश सुल्कको नाममा उठेको रकम वाट के हुन्छ कुनै अत्तो पत्तो नभएको यहाँका स्थानियहरु वताउछन् । गत वर्ष मात्र  करोड भन्दा वढी प्रवेश सुल्कको रकम उठेको थियो अहिले  जेठ १८  भित्र कति यार्सागुम्वा संकलनका लागी प्रवेश उठ्यो भन्ने एकिन हिसाव कसै संग छैन ।   डोल्पावाट फर्केपछि  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending