Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बंशको प्रतिनिधित्व गर्ने कोइराला र झुप्रोबाट राजनीतिमा आएका देउवाबीच तुलना हुँदैन

  नेपालको राजनीतिमा राष्ट्रिय सरकारको बहस उठिरहेका बेला वरिष्ठ पत्रकार किशोर नेपालसँग शीर्ष नेताहरुको राजनीतिक चरित्रका बारेमा कुरा गर्न खबरडबलीका आरपी सापकोटासुदीप विश्वकर्मा उनको निवास पुगेका थिए। हक्की स्वभावका नेपालले राजनीतिक दलका नेताहरु र नेपाली राजनीतिलाई नजिकबाट छामेका छन् । ३ ठूला पार्टीका ६ शीर्ष नेताका बारेमा पत्रकार नेपालले खुलेर कुरा गरे । करिव ३ घन्टा लामो कुराकानीको सोही श्रृखंलालाई हामीले ३ अंकमा प्रस्तुत गर्दै छौं । प्रस्तुत छ, किशोर नेपालको कांग्रेस–शल्यक्रिया –सम्पादक ।
कोइरालाले नम्बरमा पार्टीभित्र होल्ड गर्न सक्नुहोला– बहुमत अल्पमतमा । तर, मलाई लाग्दछ– राजनीतिमा देउवा नै अगाडि छन्, उनी पराजयमा पनि जितको राजनीति गर्ने मानिस हुन् ।
सुशील कोइरालासँग भेटेको बेलामा नमस्कार सुशील\'दा भन्नेबाहेक मेरो खासै निकट राजनीतिक सम्बन्ध भएन । किन भएन भने जतिबेला नेपाली कांग्रेसको संस्थापनमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका शीर्षस्थ नेताहरु थिए, त्यतिबेला शैलजा आचार्य, दमन ढुंगाना, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, रामशरण महतलगायतका युवानेता प्रभावशाली थिए ।  सुशीलप्रसाद कोइराला कहाँ छन् भन्ने खोज्नुपर्थ्यो । गिरिजाप्रसाद कोइरालाको अवसान नभएसम्म सुशील कोइराला एक हिसाबले छायाँमै रहे, लो–प्रोफाइलमै बसे ।
सुशील कोइराला षड्यन्त्रकारी भए पनि, धुन्धुकारी भए पनि  अहिलेको सन्दर्भमा उनी प्रधानमन्त्री हुन् र नेपालको हितमा कुनै योगदान दिन नसके पनि सफल राजनीतिकर्ता हुन् ।  उनको सफल नेतृत्वको अनुभव त यो भूकम्पपछि सबैले गरेकै छन् ।
उनलाई त्यतिबेलाका पत्रकारहरुले पनि खासै महत्व दिएनन् । उनी ठूलो बोटवृक्षको मुनि हुर्किन नसकेको विरुवाजस्तो देखिए । पार्टीमा उनको निरन्तरता छ । उनले त्याग र क्रान्ति दुवै गरेका छन् । तपस्या पनि गरेका छन् । सुशीलजीका गुणहरु पहिले देखिएनन् । कोइराला परिवारको सांगठिनक संरचना पनि त्यस्तै थियो । कोइराला वंशका अरु सन्तानहरुलाई पनि हेर्नुभयो भने अहिलेका चर्चित नेता शेखर कोइराला पनि त्यतिखेर लो प्रोफाइलमा नै थिए । उनी विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसका  कार्यकर्ताको रुपमा काम गरेका मान्छे । उनका दाजु निरन्जन कोइराला, प्रकाश कोइराला... \"koirala\"सुशील कोइराला पनि कोइराला वंशकै सदस्य । अझ गिरिजाबाबुको घनिष्ठ सहयोगी भनेर चिनिएको व्यक्तित्व । कोइराला परिवारकै सदस्य भएका कारणले उनले राजनीतिमा प्रिभेल गरे । गिरिजाप्रसादले उनलाई आफ्नो उत्तराधिकारीको रुपमा प्रस्तुत गरे । तपसिलका कुराहरु खोेज्दै जाँदा सुशील कोइरालाले के–के त्याग गरे भन्ने फेहरिस्त तयार गर्नुभन्दा पनि नेपाली कांग्रेसका अनेकन कार्यकर्ताहरुले उत्तिकै त्याग गरेका छन् र उनले पनि त्योसरह त्याग गरेका छन् । कांग्रेसमा त्यस्ता धेरै कार्यकर्ताहरु छन्, जसले आफ्नो जीवन, परिवार र सम्पत्ति सबै राजनीतिमा नासेका छन् । १४ वर्षको जनयुद्ध गरेर आएर माओवादी कार्यकर्ताले जसरी दुःख पाएका हुन्, त्योभन्दा बढी दुःख गरेका छन् कांग्रेसका कार्यकर्ताले । अहिले जनसंख्याको चाप वा राजनीतिको चाप बढी थियो र माओवादी सशस्त्र संघर्षमा यसको प्रभाव थियो । र, यो सशस्त्र संघर्ष अन्तर्राष्ट्रिय लाइमलाइटमा आयो । सुशील कोइरालाले पनि सशस्त्र संघर्ष गर्दा उनी लो–प्रोफाइलमा बसेको मान्छे । त्यति सुनिएको नाम होइन । भित्रभित्रै बसेर घुसुघुसु काम गर्ने मान्छे हो ।
प्रधानमन्त्री भएपछि उनको जीवन वा व्यक्तित्वलाई जुन प्रकारले पत्रकारहरुले प्रस्तुत गरेका छन्, त्यो सत्य हुँदै होइन । त्यो सर्वथा असत्य कुरा हो । अहिलेका पत्रकारहरुमा खोज्ने जाँगर पनि छैन, भाषा पनि छैन, जे मन लाग्यो, जसले जे भन्यो त्यही लेख्ने गर्छन् । यो म खुलेरै भन्छु ।
सुशील कोइरालालाई महाषड्यन्त्रकारीको रुपमा चित्रण गर्नेहरु पनि धेरै छन् । तीमध्ये केहीले उनकै गुटमा आत्मसमर्पण गरेका छन् । गिरिजाप्रसादका नाममा उनले नै भत्काउने–बिगार्ने निर्णय गर्थे, पार्टीमा गुट–उपगुटकाे कारण समेत सुशील नै हो भन्ने आरोप समेत कार्यकर्ताहरुले लगाउँथे । ती आरोपहरु कति सत्य थिए वा थिएनन्, मलाई थाहा छैन । उनको गुटबन्दीको शिकार को–को भए भन्ने समय पनि यो होइन । राजनीति भनेको आफ्नो स्वाभिमानका लागि गर्ने हो । यहाँ प्रधानमन्त्री हुनु नै सबैभन्दा ठूलो सफलता मानिन्छ, त्यो होइन भन्ने मान्छेले प्रधानमन्त्री पदलाई केही पनि देख्दैन । नेपालमा आफ्नो सफलता सत्ताको शीर्षस्थानसम्म पुग्नु र आज्ञा–आदेश दिनु रहिआएको छ । सुशील कोइराला षड्यन्त्रकारी भए पनि, धुन्धुकारी भए पनि  अहिलेको सन्दर्भमा उनी प्रधानमन्त्री हुन् र नेपालको हितमा कुनै योगदान दिन नसके पनि सफल राजनीतिकर्ता हुन् ।  उनको सफल नेतृत्वको अनुभव त यो भूकम्पपछि सबैले गरेकै छन् । कोइरालाका सबल र दुर्बल पक्ष
प्रदीप गिरि भन्छन्– ‘कोइराला परिवार भनेको एक प्रकारको राजनीतिक इन्डस्ट्री अर्थात उद्योग हो ।’
सबल पक्ष– उनी कसले, कहाँ, के बिगार्यो भन्ने बढी सोच्छन् । दुर्बल पक्ष– कसलाई, कसरी ठीक गर्ने वा ठेगान लगाउने भन्ने बढी सोच्छन् । प्रधानमन्त्री भएपछि देखिएको कुरा के हो भने उनको नियत ठीक भए पनि आफ्नो नियतमा टिक्न सकेनन् । यो सुशील कोइरालाको मात्रै समस्या होइन । नेपाली राजनीतिमा प्रचण्डको समस्या पनि यही हो । प्रचण्डको पनि नियत ठीक छ तर उनी पनि नियतमा टिक्न सक्दैनन् । त्यसै हुनाले अनस्टेबल पोलिटिक्समा नियत सफा राखेर मात्रै हुँदैन । ठीक नियतलाई व्यवहारमा अनुवाद गर्छु भन्ने आत्मविश्वास हुनुपर्छ । मैले सुशील कोइरालामा त्यो आत्मविश्वास  देखेको छैन, त्यो नै उनको दुर्बल पक्ष हो । उनी राजनीति बुझ्छन् । विपक्षीलाई किनारा लगाउन र आफ्ना मान्छेहरुलाई खेलाउन सक्छन् । गिरिजाप्रसाद कोइरालाको ब्याकग्राउन्डको राजनीतिमा २०३८ सालदेखि नै सुशील कोइरालाले जे गरेका छन्, त्यसको मूल्यांकन कोही असल नियतको इतिहासकार निस्कियो भने उसले गर्ला । उनी आफ्नै पार्टीभित्रकै मान्छेहरुसँग प्रतिस्पर्धा गर्न सक्छन्, बाहिरका मान्छेहरुसँग अर्कै अनुहार देखाउँछन् । प्रधानमन्त्री भएपछि उनको जीवनलाई वा व्यक्तित्वलाई जुन प्रकारले पत्रकारहरुले प्रस्तुत गरेका छन्, त्यो सत्य हुँदै होइन । त्यो सर्वथा असत्य कुरा हो । अहिलेका पत्रकारहरुमा खोज्ने जाँगर पनि छैन, भाषा पनि छैन, जे मन लाग्यो, जसले जे भन्यो त्यही लेख्ने गर्छन्, यो म खुलेरै भन्छु । सुशील कोइरालाको बारेमा लेख्दाखेरि यो बिर्सिनु हुन्न कि उनी २०१८ सालमा निर्वासित जीवनमा जानुभएको हो । यत्रो वर्ष राजनीति गरेर नेपाली कांग्रेसजस्तो प्रतिस्पर्धी पार्टीमा टिकेर प्रधानमन्त्री हुनु भनेको सोझो मान्छेले सक्दै सक्ने कुराे हाेइन । \"deuwa\"हो, सुशील कोइरालाले बीपी कोइरालाको सहयोगीका रुपमा तरकारी किन्नेदेखि लिएर स्टेसनरी लेख्नेसम्मका काम गरेका होलन्, यो सबैले गर्ने कुरा हो । प्रचण्डको घरको तरकारीको झोला कुनै कार्यकर्ताले बोकेका होलान् । अहिले नबोके क्रान्तिकालमा बोकेका होलान्, त्यसलाई म ठूलो कुरा मान्दिनँ । चुरो कुरा उनी कोइराला परिवारको सदस्य हो । कोइराला परिवारमा प्रधानमन्त्री बन्ने र नेतृत्व दिने सदस्यको अभाव भयो । गिरिजाप्रसाद कोइरालाकी सुपुत्री हलुका र विवादग्रस्त भइन् । बीपीका सुपुत्र शशांक कोइराला राजनीतिमा कम अनुभव भएका व्यक्तित्व भए । नोना कोइरालाका सुपुत्र शेखर कोइराला कनिष्ठ भए । वंश धान्ने कोही नभएपछि सुशील कोइरालाको पालो आयो । प्रदीप गिरि भन्छन्, ‘कोइराला परिवार भनेको एक प्रकारको राजनीतिक इन्डस्ट्री अर्थात उद्योग नै हो ।’ यस्तो उद्योग बनाउने चाहना नेपालका कांग्रेस, कम्युनिस्ट र माओवादी सबै नेतामा छ । राजनीति एक हिसाबले इन्डस्ट्री नै हो ।  अहिलेका कोइरालाहरुले एउटा गुण विकसित गरेका छन्– यिनीहरु राजनीतिक अभिनेता पनि हुन् । अझ सुशील कोइराला त सिनेमामा अभिनय गर्न हलिउड जाने तयारी गरेकाे मान्छे... । राजनीतिमा अभिनय गर्नुपर्छ । जस्तै, माओवादी पार्टीभित्र बाबुरामजी अभिनेता हो,  उनी डाइरेक्टरले जस्तो रोल दिन्छ, त्यस्तै अभिनय गर्छन्– यो उनको खुबी हो ।
सुशील कोइराला त सिनेमामा अभिनय गर्न हलिउड जाने तयारी गरेकाे मान्छे... । राजनीतिमा अभिनय गर्नुपर्छ । जस्तै, माओवादी पार्टीभित्र बाबुरामजी अभिनेता हो, उनी डाइरेक्टरले जस्तो रोल दिन्छ, त्यस्तै अभिनय गर्छन्– यो उनको खुबी हो ।
शेरबहादर देउवा नेपाली राजनीतिमा गतिशीलताका प्रतीक हुन् । धेरै मान्छेलाई मेरो यो कुरा मन नपर्ला । मलाई अहिले पनि देउवा नजिकको मान्छे भन्ने धेरै छन् । मलाई त्यसमा लाज, डर, शंका केही पनि छैन । संकोच पनि छैन किनभने देउवा नेपाली राजनीतिका डाइनामिक्स् हुन् । उनी सुदूरपश्चिम डडेलधुराको रुवाखोलाको सामान्य परिवारका मानिस, काठमाडौं आएर प्रजातन्त्रका लागि संघर्ष गर्दै पढे र अगाडि बढे । अनेकौं विद्यार्थी आन्दोलनलाई नेतृत्व दिए, जवानीका दिनमा असीम दुःख पाए । आफ्नो आवाज समेत नष्ट हुनेगरी यातना पाए । त्यो हिसाबको दुःख गरेर, डडेलधुराबाट आएको एउटा सामान्य मान्छे, नेपाली कांग्रेसजस्तो पार्टीमा स्थापित हुनु र तीन–तीन पटकसम्म प्रधानमन्त्री हुनु चानचुने कुरा होइन; उनमा पक्कै पनि केही गुणहरु छन् ।
चोरहरुको बीचमा बसेपछि तपाईंले चोरी गर्न त जान्नुपर्यो नि कमसेकम । नचोरे पनि चोरी गर्न जान्नुपर्छ । तपाईंलाई थाहा होला– बिहारमा एक पटक ठगहरुले राज्य चलाएका थिए । उनीहरु नै सबै कुरा गर्थे, उनीहरुलाई ब्रिटिसहरुले छुट नै दिएर राखेका थिए ।
निर्णयक्षमता र दृढता देउवाको गुण हो । उनी अलिकति हड्बडिन्छन् र कहिलेकाहीं हतारमा पनि निर्णय लिइदिन्छन् । कहिलेकाहीं बढी सुतिदिन्छन्, कहिले धेरै चाँडो उठेर काम गर्न थाल्छन् । उनको व्यक्तित्वमा मानवीय विविधता छन् । मैले देखेको नेपाली राजनीतिमा उनी इमानदार चरित्र हुन् । पार्टीभित्र यति बढी घात–संघात र प्रतिघात सहेर पनि टिकेर बस्न सक्नु र आजसम्म शीर्षस्थ नेताको पोजिसन होल्ड गर्न सक्नु चानचुने कुरा होइन । देउवाका समकालीन साथी कति सकिइसके तर पार्टी विभाजित नै गराएर पनि देउवा कहिल्यै पार्टीबाहिर छैनन् । निरन्तर लाग्ने रामचन्द्र पौडेलको पनि हामीले हालत हेर्यौं,  देउवाको पनि हालत हेर्यौं ।  देउवामा एउटा दृढता छ, इच्छाशक्ति छ । त्यति बेलाको अविकसित र अहिलेको पनि अविकसित क्षेत्रबाट आएर पूर्वले डोमिनेट गरेको नेपालको राजनीतिको रथ हाँकेर यहाँसम्म आइपुग्नु भनेको चानचुने कुरा होइन ।  देउवामा कम्प्यासन छ । उनी रोबाेटजस्तो प्रोग्रामरले जे भर्रयो त्यो बाेल्दैनन् । सहृदयी छन् र मित्रवत् व्यवहार गर्छन् सबैसँग । उनी पुँजीवादी संयन्त्रसहितको लोकतन्त्रबाट देश आर्थिक रुपले अगाडि बढ्न सक्छ भन्छन् । लचिलो पनि छन्, कहिलेकहीं बढी लचिलो भैदिन्छन् । कोइराला र देउवाको तुलना \"deuwa\" \"koirala\"
डडेलधुराबाट आएको एउटा सामान्य मान्छे, नेपाली कांग्रेसजस्तो पार्टीमा स्थापित हुनु र तीन–तीन पटकसम्म प्रधानमन्त्री हुनु चानचुने कुरा होइन । उनमा पक्कै पनि केही गुणहरु छन् । निर्णयक्षमता र दृढता उनको गुण हो ।
एउटा राजनीतिक बंशको प्रतिनिधित्व गर्ने सुशील कोइराला र पहाडको एउटा सानो झुप्रोबाट राजनीतिमा आएर कल्ट फिगर बनेको मान्छेहरुका बीच केको तुलना हुन्छ ? यी दुवै फरक व्यक्तित्व हुन् । तर, नेपाली राजनीतिमा राजनीतिज्ञको मूल्यांकन त्यसरी गरिँदैन । उसले कोसित विवाह गरे, राणाकी छोरीसँग किन विवाह गरे वा अमेरिकन राजदूतसँग किन ह्विस्की खाए, किन भारतीय राजदूतसँग लस्सी पिएनन् ? किन ठूला देशका राजदूतसँग अँगालो मारे.... जस्ता कुरामा अल्मलिन्छन् मानिसहरु । किन शेरबहादुरले राजाको साथ दिए भनेर सबैले सोध्दछन् तर किन शेरबहादुरलाई राजाले जेल हाले ? सोध्दैनन् । किन शेरबहादुरले निर्वाचित प्रधानमन्त्रीका रुपमा विद्रोही माओवादीलाई वार्ताका लागि आह्वान गर्दा प्रचण्डलाई साहसी भने ? यो पनि कसैले सोध्दैन ।
नेपाली राजनीतिमा देउवा इमानदार चरित्र हुन् ।
आफू सत्तामा हुँदा सत्ताको दुरुपयोग नगरौं भन्ने मान्छे हो देउवा, तर उनका पालामा पनि दुरुपयोग भएको छ ।  उनले पनि रोक्न नसक्ने अवस्थामा दुरुपयोग भएको छ । मनमोहन अधिकारीको सत्तालाई सर्वाेच्च अदालतमा चुनौती दिए देउवाले, मनमोहनजीले हार्नुभयो, शेरबहादुर प्रधानमन्त्री बने । त्यतिखेर सत्ता टिकाउन ठूलो राजनीतिक चलखेल भएको हो । तर, चलखेल गर्नैपर्ने अवस्था सिर्जना गरेको कांग्रेसको राजनीतिले हो, शेरबहादुरले होइन । देउवाका गुण पनि अनगिन्ती छन् । अवगुण पनि अनगिन्ती छन् ।  धेरैले भने देउवाले राजासँग रक्सी खाएर इमरजेन्सीको घोषणा गर्यो । त्यसको पृष्ठभूमि कसैलाई पनि थाहा छैन । कुनै पत्रकारले उनीसँग सोध्ने आँट गरेको पनि छैन । त्यतिखेर चुनावको नाममा आंशिक चुनाव गराउनुभन्दा हाउस डिजल्भ गराउनु जाति थियो ।
एउटा राजनीतिक बंशको प्रतिनिधित्व गर्ने सुशील कोइराला र पहाडको एउटा सानो झुप्रोबाट राजनीतिमा आएर कल्ट फिगर बनेको मान्छेहरुका बीच केको तुलना हुन्छ ?
राजनीति भनेको मान्छेले आफ्नो स्वाभिमान कायम राख्नलाई गर्छ ।  आफूसँग असहमत नेतालाई अविश्वासको प्रस्ताव पास गराए हटाउने कांग्रेसको चलन छ । संस्थापक नेता कृष्णप्रसाद भट्टराई पनि त्यसको शिकार भए, देउवा पहिलो होइन । कांग्रेसका संस्थापक नेता भट्टराई कोइरालाहरुलाई \'तिमीहरु नै गरिखाओ\' भनेर रोएरै संसदबाट बिदा भए तर देउवाले चाहिँ पार्टीमाथि नै आफ्नो दावी राखे, फरक त्यति नै हो । मैले भनेको देउवाको गतिशीलता यही हो । अहिलेको अविकसित देशको राजनीतिमा यस्तो किसिमको गतिशीलता भएका नेताहरु कम छन् ।
कांग्रेसका संस्थापक नेता भट्टराई कोइरालाहरुलाई \'तिमीहरु नै गरिखाओ\' भनेर रोएरै संसदबाट बिदा भए तर देउवाले चाहिँ पार्टीमाथि नै आफ्नो दावी राखे, फरक त्यति नै हो ।
परिवर्तनलाई आत्मसात् गर्न सक्ने नेताहरु कम हुन्छन् । प्रचारयुद्धमा देउवा पछि परेका होलान्, मलाई थाहा छैन । तर, राजनीतिको द्वन्द्वमा देउवा अगाडि छन् । एउटा यस्तो स्थितिको परिकल्पना गर्न सकिन्छ, दुईवटा डाइनामिक्सलाई मिलाइदियो भने के हुन सक्छ ? देउवालाई अलि अस्थिर नेताका रुपमा मान्छेहरु बुझ्छन् तर त्यस्तो होइन । त्यो नेपाली राजनीतिको अस्थिरता हो । अस्थिरताकै कुरा गर्ने हो भने सुशील कोइराला प्रधानमन्त्री भएको एक–डेढ वर्ष भयो, अस्थिरताका कतिवटा सन्देशहरु उनले दिइसकेका छन् । उनी आफ्नै मन्त्री खेलाएर कहिले माधव र कहिले केपीसँग वार्ता गरेर आफ्नो सरकारी संयन्त्र चलाइरहेका छन् । तपाईंले भूकम्पमा पनि त्यही देख्नुभयो । अस्थिरता भनेको नेपाली राजनीतिको स्वभाव हो, त्योभन्दा बाहिर आएर कसैले केही पनि गर्न सक्दैन, अहिलेसम्मको स्थितिमा । जो ऋषिमुनिजस्तो हुन्छ, त्यसले जंगलमा गएर तपस्या गर्नुबाहेक अर्को विकल्प हुँदैन । चोरहरुको बीचमा बसेपछि तपाईंले चोरी गर्न त जान्नुपर्यो नि कमसेकम । नचोरे पनि चोरी गर्न जान्नुपर्छ । तपाईंलाई थाहा होला, बिहारमा एक पटक ठगहरुले राज्य चलाएका थिए, उनीहरु नै सबै कुरा गर्थे, उनीहरुलाई ब्रिटिसहरुले छुट नै दिएर राखेका थिए । जुन समाजमा म छु, त्यही समाजमा मैले नेपाली पत्रकारिताको उदाहरण दिन खोजेँ भने वा वाल्टर लिपम्यानको उदाहरण दिन खोजेँ भने म यो समाजमा बेबकुफ प्रमाणित हुन्छु ।
अस्थिरता भनेको नेपाली राजनीतिको स्वभाव हो, त्योभन्दा बाहिर आएर कसैले केही पनि गर्न सक्दैन अहिलेसम्मको स्थितिमा । जो ऋषिमुनिजस्तो हुन्छ, त्यसले जंगलमा गएर तपस्या गर्नुबाहेक अर्को विकल्प हुँदैन ।
कोइरालाले नम्बरमा पार्टीभित्र होल्ड गर्न सक्नुहोला, बहुमत–अल्पमतमा । तर, मलाई लाग्दछ– राजनीतिमा देउवा नै अगाडि छन्; उनी पराजयमा पनि जितको राजनीति गर्ने मानिस हुन् । देउवामा गर्छु भन्ने दृढता पनि छ । गर्छु भनेर आँटेपछि गर्छन् पनि । काम गर्दा राम्रो वा नराम्रो दुवै हुन सक्दछ । उनमा हिम्मत पनि छ । दृढतापूर्वक कुनै काम पूरा गर्न सक्छन् ।  महाकाली सन्धिका बेला देउवाले इनिसियट गरेका कुरामा केपीलगायत अहिलेका सबै एमालेबन्धु त लम्पसार नै परेका त हुन् नि ! त्यतिखेर पार्टीहरुभित्र खेल्न सक्ने मान्छे हुन् देउवा, अहिले पनि खेल्न सक्छन् ।  मैले टेलिभिजनको नेतृत्व गरेर देउवालाई सघाउँदाखेरि अनुभव गरेको कुरा हो– देउवाले राष्ट्रवादको चुरो बुझेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies