Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सरकारले घटायो नेपाल टेलिकमको इन्टरनेटको मूल्य

काठमाडाैं । नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने सरकारले घोषणा गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपभोक्ता मूल्य घटाउन आफू लागिरहेको जानकारी दिएका छन् ।

नेपाल टेलिकमले भारत र चीनबाट ब्यान्डवीथ ल्याइरहेको छ। टेलिकमले अहिले प्रति एमबीपिएस १८ अमेरिकी डलर तिरिरहेको छ । यो मूल्य अबको हप्ता दशदिनमा समायोजन गरेर कम्तिमा १२ डलरमा झारिसक्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

‘म मन्त्री भएर आउँदा टेलिकमले ३० डलर तिरिहेको थियो त्यही बीचमा सिधै मूल्य घटाउन मिल्दैनथियो तर हामीले सहमति गरेर १८ डलरमा झारिसकेका छौ अब पहिले हामी छलफलकै क्रममा छौ यसबाट न्यूनतम ६ डलर मूल्य घट्ने छ’ उनले भने, ‘६ डलर घट्दा हामीले अहिलेको भन्दा धेरै ब्यान्डवीथ थोरै पैसामा ल्याउछौ जसबाट क्षमता विस्तार गर्छौ भने अर्कोतिर सस्तोमा उपभोक्तालाई दिन सक्छौ ।’

व्यान्डवीथको मूल्य घट्दा उपभोक्ता र कम्पनी दुवैलाई फाइदा हुने उनले बताए । घटेको ६ डलरमा २ डलर थप ब्यान्डवीथ ल्याउन प्रयोग गर्ने, २ डलर उपभोक्ताको भार कम गर्दा पनि २ डलर कम्पनीको नाफामा जाने उनको भनाइ छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending