Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

किवीले ल्यायो नयाँ मोबाइल : नेपालमै सबैभन्दा सस्तो दावी

काठमाडौं, नेपाली बजारलाई लक्षित गरेर किवी मोबाइल कम्पनीले नौ सय उनान्सय रुपैयाँको मोबाइल शुक्रबार पोखरामा सार्वजनिक गरेको छ । किवी ब्राण्डको डब्लु एफ २ मोडलको उक्त मोबाइललाई कम्पनीले नेपालको सबैभन्दा सस्तो मोबाइल भएको दावी गरेको छ । शुक्रबार पोखरामा डिलर्स मिटको आयोजना गरी कम्पनीले योसँगै अन्य तीन नयाँ मोबाइलका मोडलहरु सार्वजनिक गरेको छ । डब्लु एफ २, केबी ६६, आई ३, आई प्लस र आई ५, गरी चारवटा नयाँ मोडलहरु सार्वजनिक भएसँगै अब बजारमा कम्पनीका ३६ मोडलहहरु उपलब्ध हुनेछन् । शुक्रबार नयाँ मोडलहरु लन्च गर्दै कम्पनीका प्रबन्ध निर्देशक मोहन वंशलले कम्पनीले नेपाली बजारको आवश्यकतालाई हेरेर मोबाइल उत्पादन गरिरहेको बताए । कार्यक्रममा कम्पनीका नेसनल सेल्स म्यानेजर ज्ञानेन्द्र शाह र गण्डकी–धौलागिरी रिजनल डिस्ट्रीब्युटर उदय केसीले किवी मोबाइलले छोटो समयमा नै नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सकेको उल्लेख गरे । कार्यक्रममा गण्डकी–धौलागिरी क्षेत्रका करिव ७५ डिलरहरुको सहभागिता थियो । उक्त अवसरमा प्रबन्ध निर्देशक वंशलले यो क्षेत्रको सबैभन्दा उत्कृष्ट डिलरको रुपमा पोखरा पृथ्वीचोकमा अवस्थित योर्स मोबाइलका ईश्वर सुवेदीलाई सम्मान गरे । सो अवसरमा पाण्डे मोबाइलका दिपेश पाण्डे, मनिष एण्ड मनिका मोबाइलका राम ढकाल, क्रिस्टल मोबाइलका रोहित खत्री, खरेल मोबाइलका चिन्तामणि खरेल र आर्यन मोबाइलका सञ्जय शर्मालाई पनि पुरस्कृत गरियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending