Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

चीनले अमेरिकी सोयाबिन खरिद गर्न थाल्यो

बेइजिङ । चीनको राज्य–नियन्त्रित कम्पनीले अमेरिकी भटमास (सोयाबिन) पुनः खरिद गर्न थालेको बताएको छ । यसै महिना अमेरिकासँग ९० दिने व्यापारिक युद्धविराम भएसँगै चीनले अमेरिकी सोयाबिन खरिद गर्न थालेको हो । व्यापार विवाद सुल्झाउने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच डिसेम्बर १ मा भएको सम्झौता भएसँगै त्यस सम्बन्धमा सकारात्मक सङ्केत गर्ने उद्देश्यले चीनले अमेरिकी सोयाबिन खरिद गर्न थालेको विश्लेषकहरुले जनाएका छन् । “दुबै नेताबीच भएको सहमतिको कार्यान्वयनका लागि हाम्रो कम्पनीले अमेरिकाबाट केही सोयाबिन खरिद गर्न थालिएको हो,” चाइना ग्रेन रिजर्भ करपोरेसन अर्थात साइनोग्रेनले बुधबार प्रकाशन गरेको वक्तव्यमा उल्लेख छ । ट्रम्प र सीले ब्युनस आयर्समा सम्पन्न जी–२० शिखर बैठकका क्रममा दुबै मुलुकबीच उत्पन्न व्यापारिक तनाब कम गर्न ९० दिने युद्धविराम गरेका थिए । उक्त सहमति पश्चात् करवृद्धिका थप घोषणा र चेतावनी आएका छैनन् । अमेरिकाले सयौं अर्ब डलर बराबरका चिनीया सामानमा करवृद्धिको घोषणा गरेसँगै चीनले पनि प्रतिशोध स्वरुप अमेरिकामा उत्पादित सोयाबिनमा करवृद्धि गरेको थियो । चीनको उक्त निर्णयका कारण अमेरिकी कृषकहरु ठूलो समस्यामा परेका थिए । दुबै देशबीच जनवरीदेखि व्यापार वार्ता हुँदैछन् । चीनले अमेरिकामा निर्मित कार र कारका सामानमा यही जनवरी १ बाट लागू हुनेगरी तीन महिनाका लागि अतिरिक्त कर नलिने घोषणा गरेको छ । चीनको पछिल्लो कदमले व्यापार मध्यस्थ वार्ता सकारात्मक रुपमा अघि बढ्ने देखाएको छ । यसबीच, चीन र अमेरिकाका उच्च व्यापार प्रतिनिधिबीच वार्ताका विषयमा टेलिफोनमा कुराकानी भएका छन् । एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending