मलेसिया, मलेसियाको किनाबालु हिमालमा एक शक्तिशाली भूकम्प जाँदा कम्तीमा ११ व्यक्तिको मृत्यु भएको तथा अन्य आठ हराइरहेको जानकारी एक अधिकारीले शनिबार दिएका छन् । अधिकारीहरूले दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो हिमालमा खोजी कार्य गरिरहेको बताइएको छ ।
सुन्दर तथा लोकप्रिय पर्यटकीय हिमाल नजिकै शुक्रबार बिहान ६ सघनताको भूकम्प गएको थियो । यसका कारण ४,०९५ मिटर अग्लो हिमालबाट पहिरो गएको थियो ।
मलेसियाका बोर्नियो द्विपको साबाह राज्यका पर्यटन मन्त्री मसिदी मानजुनले मर्ने व्यक्तिको सङ्ख्या उल्लेख गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
उनले मर्ने व्यक्तिको पहिचान भइनसकेको बताएका छन् ।
मलेसियाको आमसञ्चारले यी व्यक्तिमा सिङ्गापुरको प्राथमिक विद्यालयको समूहका सदस्य पनि परेको र त्यसमा १२ वर्षीया एक बालिकाको मृत्यु भएको जानकारी दिएका छन् ।
भूकम्पले उक्त हिमाल चढ्ने मार्गलाई क्षति पु¥याएको थियो भने त्यहाँ १८ घण्टासम्म रहन बाध्य भएका १३७ आरोहीलाई उद्धारकर्ताले शनिबार बिहान उद्धार गरेको बताइएको छ ।
उक्त क्षेत्रमा ४.५ गहनताका साथमा अन्य परकम्प गइरहेको बताइएको छ भने उद्धारमा खटिएका व्यक्तिहरू उक्त क्षेत्रको किनारामै रहेको जानकारी दिइएको छ ।
मलेसियाली आमसञ्चारले भूकम्प आउँदा उक्त हिमालको चुचुरोमा पुगेका प्रायः मलेसियाली नागरिक भएको र उनीहरूको साथमा सिङ्गापुर, अमेरिका, फिलिपिन्स, बेलायत, थाइल्यान्ड, टर्की, चीन तथा जापानका नागरिक पनि रहेको जानकारी दिएका छन् ।
मर्नेमा मलेसियाली आरोहण गाइड पनि परेको स्थानीय आमसञ्चारले जानकारी दिएका छन् । रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: