Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

संविधान जारीपछि मात्रै राष्ट्रिय सरकार: नेता के.सी.

भक्तपुर,  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता दलहरुलाई घाँडो भइसकेकाले प्रदेशको संख्यामा घटाउँदै गएको बताएका छन् । रफत सञ्चार क्लबले आइतवार गरेको साक्षतकार कार्यक्रममा उहाँले यसअघि १४ देखि १५ प्रदेश चाहिन्छ भन्नेहरु अहिले पाँच वा छ प्रदेशमा झरेको बताए । उनले भने जनताले संघीयता नेपालको लागि महंगो साबित हुन्छ भन्ने जनदबाब सिर्जना गर्दै गए एक वर्षभित्रमा मुख्य दलहरुले संघीयता बिना नै संविधान जारी गर्नेछन । केसीले विपत पश्चात सस्तो ख्यातीका लागि जसरी राजनीतिकदलहरुले अग्रसरता देखाएका छन् यसले पिडामा राहत नभएर आहत पारेको बताए । उनले विमान स्थलबाट राहतको सामानहरु चोरी हुनु र बंगलादेश लगायत विभिन्न देशबाट आएका खाद्यान्नहरु कुहिँदा समेत सरकार लगायत प्रतिपक्ष दलले राष्ट्रिय सरकार निमार्णको खेलमा लाग्नु आश्र्चय नभएको बताए । सत्ताको बागडोर आफ्नो हातमा नभए पछि पानीमा रहेको माछालाई बालुवामा राखेको जस्तो अवस्था प्रतिपक्षको भएको टिप्पणी गरे । खुल्ला आकाश मुनी बसेका जनतलाई पुनःस्थापना गर्नुका सट्टा दलहरु राष्ट्रिय सरकार निर्माण गर्ने खेलमा लागेको आरोप लगाउँदै केसीले पहिला लोकतान्त्रिक संविधान जारी गर्ने त्यसपछि मात्र राष्ट्रिय सरकार निर्माण गर्ने बताए । राष्ट्रिय सरकारको नाममा जातिवादी र क्षत्रियतावादीहरुलाई समेट्न थाले देश फेरी राजनीतिक द्वन्द्वमा फस्ने भन्दै उहाँहरुले अब बन्ने राष्ट्रिय सरकार भन्दा यही सरकार धेरै दृष्ट्रिकोणले बलियो रहेको बताए । केसीले प्रतिपक्ष आफैंमा वैकलल्पिक सरकार हो तर नेपालमा प्रतिपक्ष र सत्तापक्ष छुट्टाउननै गाह्रो भएको भन्दै सक्तिशाली प्रतिपक्ष नभएको बताए । पहिलो संविधानमासभाले पनि संघीयताकै कारण संविधान निर्माण गर्न नसकेको चर्चा गर्दै उहाँले अब पनि दलहरुमा संविधान निर्माण गर्दा संघीयता नै गलाको पासो हुने आरोप लगाए । छिटो भन्दा छिटो स्थानीय निकायको निवार्चन नगरेसम्म देश उभो नलाग्ने चर्चा गर्दै केसीले स्थानीय निकायको अभावमा देश अधोगतिमा गएको विचार व्यक्त गरे । नेपालमा शक्ति केन्द्रले संघीयता भिडाएको र त्यही शक्ति केन्द्रले संघीयता नेपालको लागि घाडो भयो नभनेसम्म यकहाँका दलहरुलाई चेतना नआउने उनको भनाइ छ । दलहरु भूकम्प पीडितहरुलाई पुनःस्थाति गर्नु भन्दा पनि सत्ताको खेलामा लाग्नु बिडम्बना भएको चर्चा गर्दै केसीले नेपालमा ठूला दलहरु फोहोरी खेलामा लागेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending