Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

संविधान जारीपछि मात्रै राष्ट्रिय सरकार: नेता के.सी.

भक्तपुर,  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता दलहरुलाई घाँडो भइसकेकाले प्रदेशको संख्यामा घटाउँदै गएको बताएका छन् । रफत सञ्चार क्लबले आइतवार गरेको साक्षतकार कार्यक्रममा उहाँले यसअघि १४ देखि १५ प्रदेश चाहिन्छ भन्नेहरु अहिले पाँच वा छ प्रदेशमा झरेको बताए । उनले भने जनताले संघीयता नेपालको लागि महंगो साबित हुन्छ भन्ने जनदबाब सिर्जना गर्दै गए एक वर्षभित्रमा मुख्य दलहरुले संघीयता बिना नै संविधान जारी गर्नेछन । केसीले विपत पश्चात सस्तो ख्यातीका लागि जसरी राजनीतिकदलहरुले अग्रसरता देखाएका छन् यसले पिडामा राहत नभएर आहत पारेको बताए । उनले विमान स्थलबाट राहतको सामानहरु चोरी हुनु र बंगलादेश लगायत विभिन्न देशबाट आएका खाद्यान्नहरु कुहिँदा समेत सरकार लगायत प्रतिपक्ष दलले राष्ट्रिय सरकार निमार्णको खेलमा लाग्नु आश्र्चय नभएको बताए । सत्ताको बागडोर आफ्नो हातमा नभए पछि पानीमा रहेको माछालाई बालुवामा राखेको जस्तो अवस्था प्रतिपक्षको भएको टिप्पणी गरे । खुल्ला आकाश मुनी बसेका जनतलाई पुनःस्थापना गर्नुका सट्टा दलहरु राष्ट्रिय सरकार निर्माण गर्ने खेलमा लागेको आरोप लगाउँदै केसीले पहिला लोकतान्त्रिक संविधान जारी गर्ने त्यसपछि मात्र राष्ट्रिय सरकार निर्माण गर्ने बताए । राष्ट्रिय सरकारको नाममा जातिवादी र क्षत्रियतावादीहरुलाई समेट्न थाले देश फेरी राजनीतिक द्वन्द्वमा फस्ने भन्दै उहाँहरुले अब बन्ने राष्ट्रिय सरकार भन्दा यही सरकार धेरै दृष्ट्रिकोणले बलियो रहेको बताए । केसीले प्रतिपक्ष आफैंमा वैकलल्पिक सरकार हो तर नेपालमा प्रतिपक्ष र सत्तापक्ष छुट्टाउननै गाह्रो भएको भन्दै सक्तिशाली प्रतिपक्ष नभएको बताए । पहिलो संविधानमासभाले पनि संघीयताकै कारण संविधान निर्माण गर्न नसकेको चर्चा गर्दै उहाँले अब पनि दलहरुमा संविधान निर्माण गर्दा संघीयता नै गलाको पासो हुने आरोप लगाए । छिटो भन्दा छिटो स्थानीय निकायको निवार्चन नगरेसम्म देश उभो नलाग्ने चर्चा गर्दै केसीले स्थानीय निकायको अभावमा देश अधोगतिमा गएको विचार व्यक्त गरे । नेपालमा शक्ति केन्द्रले संघीयता भिडाएको र त्यही शक्ति केन्द्रले संघीयता नेपालको लागि घाडो भयो नभनेसम्म यकहाँका दलहरुलाई चेतना नआउने उनको भनाइ छ । दलहरु भूकम्प पीडितहरुलाई पुनःस्थाति गर्नु भन्दा पनि सत्ताको खेलामा लाग्नु बिडम्बना भएको चर्चा गर्दै केसीले नेपालमा ठूला दलहरु फोहोरी खेलामा लागेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending