Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

यस्तो छ विपक्षी मोर्चाको ६ प्रदेशको प्रस्ताव (नक्सासहित)

काठमाडौं, १० र ८ प्रदेशको प्रस्तावमा लचिलो हुँदै एमाओवादी र मधेसकेन्द्रित दलले संघीयतामा ६ प्रदेशको नयाँ खाका प्रस्ताव गरेका छन् । कांग्रेस एमालेले प्रदेशको नामाकंन प्रदेश सभा र सीमाङकनको जिम्मा संघीय आयोगलाई दिनुपर्ने अडान लिइरहेका बेला विपक्षी गठबन्धनले जिल्ला नटुक्रयाईकन तराईमा २ र हिमाल पहाडमा ४ प्रदेशको प्रस्ताव गरेका हुन् । उनीहरूको प्रस्तावमा विवादित जिल्लाहरु झापा, मोरङ, सुनसरी, कैलाली र कंचनपुरका विषयमा आयोग गठन गर्ने र अन्तिम निर्णय गर्नुपर्ने उल्लेख छ । तर, कांग्रेस–एमाले धेरै प्रदेश बनाउँदा आर्थिक सामथ्र्यले नभ्याउने भन्दै ६ प्रदेशको पक्षमा छन् । ६ प्रदेशमा अहिले नै सीमा नतोकी विषयविज्ञसहितको प्राविधिक टोलीले सीमाङ्कन गर्नुपर्ने पक्षमा छन् । एमाले पछिल्लो समय ८ प्रदेश बनाएर नाम र सीमा पछि टुंग्याउन सहमत नजिक छ । एमाओवादी मधेशी मोर्चाद्वारा प्रस्तावित प्रदेशको खाका: प्रदेश १ : ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, सोलुखुम्बु, भोजपुर, संखुवासभा, ओखलढुंगा र खोटाङ प्रदेश २ : काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुली, चितवन र दोलखा प्रदेश ३ : रुकुम, रोल्पा, सल्यान, प्युठान, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की, पर्वत, म्याग्दी, स्याङजा, गोरखा, लमजुङ, तनहुँ, मनाङ र मुस्ताङ प्रदेश ४ : सुर्खेत, जाजरकोट, दैलेख, जुम्ला, कालिकोट, डोल्पा, मुगु, हुल्ला, डोटी, बझाङ, बाजुरा, अछाम, बैतडी, डडेल्धुरा र दार्चुला प्रदेश ५ : दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी प्रदेश ६ : बारा, पर्सा, रौतहट, सत्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही यसबाहेक संघीयताको विषयमा चरम विवादित झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर ५ जिल्लाबारे अहिले ठोस प्रस्ताव नल्याई आयोग बनाउने र सोही आयोगले निर्णय गर्ने एमाओवादी–मधेशी मोर्चाको प्रस्ताव छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending