Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

आजै सहमति हुने कि तुरुन्तै प्रक्रिया थालिने ?

काठमाडौं, प्रधानमन्त्रीनिवास बालुवाटारमा संविधानका विवादित विषयमा सहमति जुटाउन चार दलको निर्णांयक भनिएको बैठक अाज दिनभर चल्ने छ । पार्टीगत तथा माेर्चागत बैठकहरू पश्चात सबै पक्षहरू बिचकाे बैठक साझँ ५ बजे पुनः बस्ने छ । । आइतबार साँझ बस्ने भनिएको उक्त बैठक आरोप–प्रत्यारोपमै बित्यो र बस्न सकेन । सोही बैठक सोमबार बिहान ११ बजेदेखि बसेकाे थियाे । संविधानका विवादित विषयमा सहमति खोज्नका लागि बसिरहेको उक्त बैठकलाई चार दलका नेताहरुले निर्णायक बनाउने प्रचार गरेका छन् । जारी बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा मधेशी मोर्चाका नेता विजयकुमार गच्छदारलगायत मुख्य दलका वरिष्ठ नेताहरुको सहभागी छन् । नेताहरुले संविधानमा आजै सहमति हुने दाबी गरेका छन् । नामांकनको जिम्मा प्रदेशसभालाई र सीमांकनका लागि एउटा स्वतन्त्र संघीय आयोग बनाउनेगरी संख्यामा छदेखि आठ प्रदेशमा सहमति जुटाउने प्रयास भइरहेको उनीहरुले बताइरहेका छन् । एमाले स्थायी समितिको आइतबार अपराह्न बसेको बैठकले प्रदेश संख्यामा लचिलो भएर सहमतिका लागि तयार रहेको निर्णय गरेको छ । आठ प्रदेशका लागि समेत बाधक नबन्ने संकेत एमालेले दिइसकेको छ । त्यसपछि अपराह्न एमाले र कांग्रेसका नेताहरुले बालुवाटारमा घनिभूत छलफल गरेका थिए । त्यसलाई आधार मानेर पनि सहमतिको सम्भावना बढेको बताइएको छ । उनीहरुबीच आइतबार साँझ बसेको बैठकमा प्रदेशसभालाई नमांकन  र संघीय आयोगलाई  सीमांकनको जिम्मा दिनेगरी  छदेखि आठ प्रदेशमा जान पनि तयार हुनुपर्ने सहमति भएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा मधेशी मोर्चाका नेता विजयकुमार गच्छदारबीच पनि सोमबारसम्म जसरी भए पनि सहमति गर्नुपर्ने भन्दै छलफल भएको छ र उनीहरु आइतबार दिनभर सहयात्री दलहरुसँग अनौपचारिक छलफल र सम्वादमा व्यस्त रहे । सोमबार बिहान बैठकमा जानुअघि प्रतिपक्षी दलका नेताहरुले जसरी पनि सहमतिको प्रयास गरिने बताएका छन् । सत्तारुढ दलका नेताहरुले जसरी पनि सहमति गर्ने, यदि नभएमा आजैदेखि प्रक्रियामा जाने बताइरहेका छन् । बिहान ९ बजे बस्ने भनिएको बैठक करिव दुई घन्टा ढिलोगरी सोमबार ११ बजे सुरु भएको छ । पटक–पटक छलफल गरेर बसेको यस बैठकबाट सहमति होला या संविधान निर्माणको बहुमतीय प्रक्रिया सुरु होला ? यो भने यतिबेलासम्म प्रतीक्षाकै विषय रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending