Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

होसियार! पाँच महिनामा एघार हराए

इलाम, होस् गर्नुस् है, नत्र दलालले फसाउलान् । आजभोलि भूकम्पको फाइदा उठाउँदै जताततै मानव तस्कर सल्बलाउन थालेका छन् । भूकम्प प्रभावित जिल्लाका चेलीबेटी दलालको प्रलोभनमा पर्न थालेको पाइएको छ ।

भूकम्प प्रभावित दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, धादिङलगायत जिल्लाबाट अवैध तरिकाले इलामका अवैध सीमा नाका हुँदै दलालले भारतका कोठीहरूमा पु¥याउने गरेको रहस्य खुलेको छ । भूकम्पबाट अभिभावक गुमाएका किशोरी दलालको प्रलोभनमा पर्ने गरेका छन् ।

भूकम्प प्रभावित जिल्लाबाट चेलीबेटीलाई ललाइफकाई, जागिरको प्रलोभन देखाउने, आफन्तसँग भेट गराइदिने भन्दै पूर्वी नाका पशुपतिनगरबाट भारतको दार्जिलिङ, सिक्किम, मुम्बइलगायत क्षेत्रका कोठी, होटलमा लैजाने गरेको पाइएको पशुपतिनगरस्थित माइती नेपालको सम्पर्क कार्यालयले जनाएको छ ।

भूकम्पयता मानव तस्करी फैलन थालेपछि माइती नेपालले सीमावर्ती क्षेत्र पशुपतिनगर, श्रीअन्तु, समालबुङ, गोर्खे, जोगमाई, जिर्मलेलगायतका गाविसमा उच्च सतर्कता अपनाउन थालेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले बताए । \'यतिबेला दलालले विभिन्न बहाना बनाएर नेपाली चेली भारततर्फ लैजान थालेका छन्, भूकम्पको मौका छोपी मानव तस्करी बढ्न थालेको छ,\'  ढकालले रासससँग भने – \'यो बुझेर माइती नेपालले विभिन्न सङ्घसंस्थाको सहयोगमा नियन्त्रण सुरु गरेको छ ।\'

बितेको एक वर्ष सन् २०१४ मा ८८ जनालाई परामर्श सेवा उपलब्ध गराइएको थियो । माइती नेपाल पशुपतिनगरका अनुसार जनवरीदेखि मे महिनासम्ममा ३५ जनालाई सीमावर्ती क्षेत्रमा रोकेर आवश्यक परामर्श दिइएको छ ।

विगतको तुलनामा यो सङ्ख्या अत्यन्तै बढी हो, ढकालले भने –\'उच्च जोखियुक्त क्षेत्र भएकाले उच्च निगरानी बढाएका छौँ ।\' यही समयमा हराएका ११ जनामध्ये चार जना फेला परेको र बाँकी सात जनाको कुनै पत्तो नभएको माइती नेपालले जनाएको छ । हराउनेमा भूकम्प प्रभावित जिल्ला र इलाम, पाँचथरका समेत रहेको जनाइएको छ । हराउनेमा १५ देखि २० वर्ष उमेर समूहका युवती रहेका छन् ।

दलालले इलामका आठ गाविसका दर्जनौँ अवैध नाकालाई प्रयोग गर्न थालेपछि माइती नेपालले ती गाविसमा गठित चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय महिला समूहलाई परिचालन गर्न थालेको छ । अरुबेला त्यति सक्रिय नबन्ने समूह यतिबेला गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, माइकिङ, पोष्ट पम्प्लेटिङका साथै गाउँमा कोही नौलो व्यक्ति आएको छ भने उसको समेत सोधीखोजी गर्न सुरु गरेको छ ।

विभिन्न समूहको सक्रियतामा प्रहरीले समेत सीमा क्षेत्रमा दैनिक गस्ती सुरु गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलिया बताउँछन् । माइती नेपालले मुख्य नाका टासीगाउँ, हिले, छब्बीसे, मानेभञ्ज्याङ, चित्रे, छिरुवाजस्ता नाकामा निगरानी बढाएको छ । चेलीबेटी बेचबिखन नियन्त्रणका लागि माइती नेपालले भारतीय सीमा सुरक्षा बल (एसएसबी), भारतीय विभिन्न सङ्घसंस्थासँग समेत समन्वय र सहकार्य सुरु गरिएको प्रमुख ढकालले बताउँनु भयाे। माइती नेपालले सीमा क्षेत्रका होटल व्यवसायीको सहकार्यमा निगरानी सुरु गरेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending