काठमाडौँ, भूकम्पको सबैभन्दा बढी जोखिम क्षेत्र काठमाडौँ उपत्यका रहेको छ । काठमाडौँ उपत्यकामा धेरै पुराना इतिहास बोकेका पुरातात्विक वस्तु र सम्पदा भएकाले भूकम्पले कुनै पनि बेला ढल्न सक्ने भएकाले जोखिममा रहेको राष्ट्रिय भूकम्प प्रविधि केन्द्र (एनसेट) का प्रतिनिधि सूर्यभक्त साँगाछे बताउँछन् ।
उनले काठमाडौँ उपत्यकाको ३० प्रतिशत घरमा मात्र दमकल र एम्बुलेन्स जान सक्ने र बाँकी ७० प्रतिशत घरमा सानो गल्ली भएर जानुपर्ने भएकाले विपद्को बेलामा धेरै मानिस ज्यान जाने तथा घाइते हुने गरेको बताए । उपत्यकामा सानो जग्गामा अग्ला घर बनाउने गरेकाले भूकम्पमा धेरै घर भत्कने गरेको उनले बताए ।
नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ७ ले आज यहाँ आयोजना गरेको ‘भूकम्पपछि भित्री सहरको अवस्था र राज्यको दायित्व’ विषयक अन्तक्र्रियामा वर्तमान अवस्थामा सहरी पुर्ननिर्माण, प्राकृतिक प्रकोप जोखिम, सम्पदाको संरक्षण अहिलेको टट्कारो आवश्यकता भएको बताए ।
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले वर्तमान अवस्थामा पर्यावरणमैत्री सुरक्षित बासस्थानको आवश्यकता रहेको भन्दै संरचना जोगाउन बहुपक्षीय तरिकाले सोच्नु आवश्यक रहेको बताए ।
उनले भने, \'भूकम्पको जोखिम कम गर्न उपयोग नीति, बस्ती निर्माणको नीति र भवनको नीति स्पष्ट हुनुपर्छ ।\'
एमालेका सचिव गोकर्ण विष्टले अहिले भूकम्पले देशमा आएको सङ्कटलाई अवसरका रुपमा बदल्नुपर्ने बताए । उनले घना बस्ती भएको क्षेत्रमा एउटा घर भत्काउँदा अर्को घर भत्कने समस्या भएकाले यसलाई अध्ययन गर्नु आवश्यक रहेको बताए ।
(एमाले)का पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले नेकपा (एमाले)को स्वयम्सेवक कार्यक्रमले आकाशमुनि भएकालाई छानोमुनि लैजान मद्दत पु¥याएको बताए । आगामी दिनमा (एमाले)ले सहरभित्र सरसफाइ गर्नुका साथै नयाँ बनाएका विद्यालयका भवन हस्तान्तरण गर्ने ज्वालाले बताए ।
काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भूकम्पले प्रभावित पारेको काठमाडौँ महानगरपालिकाका भौतिक वस्तुलाई अन्यन्त्र सार्नेबारे पुरातत्व विभागलगायतका निकायसँग छलफल भइरहेको बताए । तामाङले यसका लागि अस्थायी सामुदायिक भवन निर्माण गर्ने योजना रहेको बताए ।
नेकपा (एमाले)को राष्ट्रिय स्वयम्सेवक परिचालनअन्तर्गत काठमाडौँ क्षेत्र नं ७ मा ११६ घर निर्माण गर्नुका साथै एक सयभन्दा बढी घरको भग्नावशेष हटाइसकेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: