Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

यार्सागुम्बा टिप्न गएका ३ जनाको मृत्यु

जाजरकोट, डोल्पामा यार्सा गुम्बा सँकलनको लागि हिमाली पाटनमा गएका जुम्ला जिल्ला गुठिचौर गाविस घर भएका ४५ बर्षिया कृष्ण बहादुर बोहोराको आईतबार बिहान मृत्यू भएको छ ।  काईगाउ गाविसको जगदुला बनमा बोहोराको मृत्यु भएको छ । त्यस्तै रिमी गाविस वडानं.५का ९ महिनाका बालक बिजया ऐडिको पनि जगदुलामा मृत्यु भएको छ । गरिवीका कारणले धन कमाउने आसामा यार्सा संकलनका लागी हिमाली पाटनमा गएका बालकका बुवा कुमर ऐडि र आमाले बोकेर लगेका ९ महिने बालकको अत्याधिक चिसोका कारण मृत्यु भएको हो । यार्सागुम्बा संकलनको बेलामा बिरामी परेकी जाजरकोटकी मगी बोहोराको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ । यार्सागुम्बा संकलनको लागि रहको माटे वनमा गएका नर्कु वडा नं.४ सुर गाँउका बर्ष २८ का कमल शाही लेक लागेर अक्सिजनका कमिले बिरामी परेका छन । उनलाई  सदरमुकाम दुनैमा उपचार नभएकाले शनिबार बिहान नेपालगञ्ज लगीएकोछ । बिरामी शाहीलाई नेपालगञ्ज नर्सिङ होममा आइसियुमा राखिएको छ । यार्सागुम्बा सँकलनको लागि हिमाली पाटनमा गएका मानिसहरु कोही बिरामी भएका छन् भने कोहीको मृत्यु भएको छ । यार्सागुम्बा पाउने ठाँउमा संचारको पहुच नभएको कारण कति बिरामी छन र कतिजनाको  मृत्यू भएको छ भन्ने तथ्य जानकारी भने कसैले लिन सकेका छैन ।  यतिबेला पाटनमा हिउ जमि राखेको कारण अत्याधिक चिसो र यार्सा भेटाउन पनि गाह्रो भयको छ भने बिभिन्न हिमाली पाटनममा गएका मनिसहरु बिरामी परेका छन् । सञ्चारको कमीले गर्दा डोल्पाका बिभिन्न पाटनमा गएका मानिसरु सञ्चो या बिसञ्चो सूचना पाउनै गाह्रो भएको छ । यतिखेरा छिमेकी जिल्ला टाढा टाढाबाट खर्च जुटाएर आएका मानिसहरु  हिउ पग्लिने बाटो कुरेका छन् भने हिउ नपग्लेको कारण गत बर्षको भन्दा यो बर्ष धेरै चिसो भएको सकलकहरुले बताएका छन् । बालक, बृद्धा र कम्जोर मानिसलाई चिसोले समस्यामा पारेको छ । यार्सागुम्बा नपाए पछि पाटनमा चोरीडकैति पनि बढने संकलकले वताएका छन् । चोरी लुटपाट हुनबाट रोक्नको लागी सुरक्षालाई मध्यजनर गर्दै सशस्त्र प्रहरीको टाली छिटै आउने डोल्पाका प्रमूख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy