Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

यार्सागुम्बा टिप्न गएका ३ जनाको मृत्यु

जाजरकोट, डोल्पामा यार्सा गुम्बा सँकलनको लागि हिमाली पाटनमा गएका जुम्ला जिल्ला गुठिचौर गाविस घर भएका ४५ बर्षिया कृष्ण बहादुर बोहोराको आईतबार बिहान मृत्यू भएको छ ।  काईगाउ गाविसको जगदुला बनमा बोहोराको मृत्यु भएको छ । त्यस्तै रिमी गाविस वडानं.५का ९ महिनाका बालक बिजया ऐडिको पनि जगदुलामा मृत्यु भएको छ । गरिवीका कारणले धन कमाउने आसामा यार्सा संकलनका लागी हिमाली पाटनमा गएका बालकका बुवा कुमर ऐडि र आमाले बोकेर लगेका ९ महिने बालकको अत्याधिक चिसोका कारण मृत्यु भएको हो । यार्सागुम्बा संकलनको बेलामा बिरामी परेकी जाजरकोटकी मगी बोहोराको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ । यार्सागुम्बा संकलनको लागि रहको माटे वनमा गएका नर्कु वडा नं.४ सुर गाँउका बर्ष २८ का कमल शाही लेक लागेर अक्सिजनका कमिले बिरामी परेका छन । उनलाई  सदरमुकाम दुनैमा उपचार नभएकाले शनिबार बिहान नेपालगञ्ज लगीएकोछ । बिरामी शाहीलाई नेपालगञ्ज नर्सिङ होममा आइसियुमा राखिएको छ । यार्सागुम्बा सँकलनको लागि हिमाली पाटनमा गएका मानिसहरु कोही बिरामी भएका छन् भने कोहीको मृत्यु भएको छ । यार्सागुम्बा पाउने ठाँउमा संचारको पहुच नभएको कारण कति बिरामी छन र कतिजनाको  मृत्यू भएको छ भन्ने तथ्य जानकारी भने कसैले लिन सकेका छैन ।  यतिबेला पाटनमा हिउ जमि राखेको कारण अत्याधिक चिसो र यार्सा भेटाउन पनि गाह्रो भयको छ भने बिभिन्न हिमाली पाटनममा गएका मनिसहरु बिरामी परेका छन् । सञ्चारको कमीले गर्दा डोल्पाका बिभिन्न पाटनमा गएका मानिसरु सञ्चो या बिसञ्चो सूचना पाउनै गाह्रो भएको छ । यतिखेरा छिमेकी जिल्ला टाढा टाढाबाट खर्च जुटाएर आएका मानिसहरु  हिउ पग्लिने बाटो कुरेका छन् भने हिउ नपग्लेको कारण गत बर्षको भन्दा यो बर्ष धेरै चिसो भएको सकलकहरुले बताएका छन् । बालक, बृद्धा र कम्जोर मानिसलाई चिसोले समस्यामा पारेको छ । यार्सागुम्बा नपाए पछि पाटनमा चोरीडकैति पनि बढने संकलकले वताएका छन् । चोरी लुटपाट हुनबाट रोक्नको लागी सुरक्षालाई मध्यजनर गर्दै सशस्त्र प्रहरीको टाली छिटै आउने डोल्पाका प्रमूख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending