कुनै पनि धार्मिक सम्प्रदायको निर्माण ठूल्ठूला तपस्या, बलिदान ,रक्तपातबाट भएको छ ।स्वभाविक रुपमा उनका अनुयायीको संख्या बढ्दै गयो र त्यसले एउटा धार्मिक सम्प्रदायको रुप लियो । त्यसको करीब पच्चीस सय बर्षपछि हिन्दु धार्मिक राजपरिवारमा जन्मेका बुद्धले राजपाठ त्यागेर मानवमात्रको हित र कल्याणका लागि आजीवन तपश्वी बने र ज्ञान प्राप्त गरे ।उनले प्रतिपादन गरेको धर्मको सर्वोपरि मान्यता सबैलाई माया गर भन्ने थियो । अर्का महापुरुष यशु ख्रीष्ट जन्मनु अगावै बुद्धको विचारले एशियाको अधिकांश भूभागमात्र होइन, अलेक्जेडियासम्म आफ्नो प्रभाव जमाइसकेको थियो । महापुरुष यशु ख्रीष्टले त आफ्नो सम्पूर्ण जीवन दुःखमा परेका मानिसहरुको उद्धारमा खर्चिएको देखिन्छ । उनी जन्मिएको समाजमा विद्यमान शोषण र अत्याचारको निशानामा आफै पर्दा समेत त्यसको उनले कुनै प्रवाह गरेनन् । उनी प्रष्ट रुपमा दुःखीको पक्षमा थिए भन्ने कुरा उनका दुईवटा भनाईबाट देख्न सकिन्छ ।“जति सियोको टुप्पोमा ऊँट छिराउन सजिलो छ,त्यति सजिलो धनीलाई परमेश्वरको राज्यमा छिर्न सजिलो छैन ।“(म्याथ्यू १९ः२० ) र “फ्याउराको लुक्ने दुलो छ, आकासमा उड्ने चराहरुको गुँड छ तर मेरो टाउको लुकाउने ठाउँ समेत छैन ।”(म्याथ्यू ८ः१९–२०) यी भनाईले उनको पारिवारिक स्थिति र बर्गीय दृष्टिकोण प्रष्ट हुन्छ । मुस्लीम धर्मका प्रबर्धक पैगम्वर महम्मदका समान दृष्टान्तहरु पाइन्छन् । यी प्रशंग उल्लेख गर्नुको तात्पर्य के हो भने हाल संसारमा अस्तित्वमा रहेका धर्महरुको शुरुवात दुःख र अन्यायमा परेका हित र उद्धार हेतु भएको थियो । त्यसकारण एउटा धर्म अगाल्दा विछट्टै राम्रो हुने र अर्को धर्म अगाँल्दा चाहिँ अपराध हुने जुन तर्क बेला बेला सुनिन्छ, त्यो तर्क निन्दनीय छ । आज युरोप र अमेरिकामा पूर्वीय धर्म दर्शनप्रति चासो बढेको देखिन्छ भने यशु ख्रीष्टले प्रतिपादन गरेको धर्म दर्शनले नेपाल लगायत विभिन्न एशियाली मुलुकमा मानिसहरुको मन आकर्षित गरिरहेको छ । यो नितान्त स्वभाविक विषय हो । एउटा सानो गाउँ जस्तो विश्वमा यस्ता प्रभावहरुलाई कुनै राज्य, सरकार वा पार्टीको बुताले रोक्न सक्दैन । कसैले रोक्ने प्रयास गरे पनि उसको राजनीतिक रोटी त क्षणिक रुपमा सेकिएला तर त्यसले मानवमात्रको कल्याणमा दीर्घकालीन कुठाराघात गर्दछ । आफूले मन पराएको धर्म मान्न पाउनु ब्यक्तिको नैसर्गिक अधिकार हो भन्ने बुझेकाहरुबाटै बेलाबेला सो अधिकारविरोधी टिप्पणी सुनिनु दुःखद विषय हो । धर्म सापेक्षताको माग गर्ने पार्टी र धर्म निरपेक्षता लागू गर्ने पार्टीभित्रका हिन्दुवादीहरुले बुझे हुन्छ, अब मुलुक अँध्यारो विगततिर फर्कन सक्दैन । निःसन्देह, अबको राजनीति एजेण्डाको आधारमा हुन्छ, धर्मको नाममा होईन ।
प्रतिकृया लेख्नुहोस्: