Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

पूर्वयुवराज पारसलाई फेरि हृदयाघात

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई तेस्रोपटक हृदयाघात भएको छ । सोमबार दिउँसो ४ः१५ बजे नर्भिक अस्पताल भर्ना भएका शाहको मुटुको धमनी पूर्ण रूपमा बन्द भएको थियो । तत्काल कोरोनरी एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा। यादव भट्टले बताए । सफलतापूर्वक कोरोनरी एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण गरेपछि उनलाई सिसियूमा सारिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शाहको स्वास्थ्य अवस्था स्थिर रहेको भट्टले जनाए । उनको उपचारमा डा। भट्टसहित डा। जेपी जैसवाल, डा। नग्मा श्रेष्ठ, डा। सन्तोष श्रेष्ठ र डा। प्रज्वल श्रेष्ठ खटिएका छन् । यसअघि १० साउन ०७२ मा नर्भिक अस्पतालमै पारसको मुटुको चाल नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर प्रत्यारोपण गरिएको थियो । दुई वर्षअघि थाइल्यान्डमा रहँदा पनि उनलाई हृदयाघात भएको थियो । पूर्वयुवराज पारसले सोमबार बिहान ललितपुर मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजा गरेका थिए । पारसलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले फूलमालाले स्वागत गरेका थिए । पारसलाई पञ्चकन्याले समेत स्वागत गरेका थिए । मन्दिरभित्र छिर्ने बाटोमा सर्वसाधारणले फूलका गुच्छाले स्वागत गर्दै जयजयकार गरेका थिए । पारसलाई हेर्न सर्वसाधारणको घुइँचो लागेपछि नियन्त्रणका लागि प्रहरीसमेत परिचालित भएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE