जेष्ठ २७ गते, २०७२ बुधवार 10th June, 2015 Wed१०:४५:१५ मा प्रकाशित
रणबीर कपुर, रणबीर सिंह, अर्जुन कपुर युवा पुस्ताका लागि आइडल भएपनि अहिलेपनि बक्स अफिसमा केही यस्ता नामहरु छन् जसले नयाँ नायक–नायिकाको होस् उडाउने गर्दछ । यहाँ दिइएका स्टारहरुको उमेरमा नजानुहोस्, उनीहरुको अभिनय र ब्रान्डको अगासड आज पनि मानिसहरु नतमस्तक हुने गर्दछन् ।
यो लिष्टमा समावेश छन् सलमान खान, शाहरुख खान, आमिर खान, अभिताभ बच्चन आदि । आज पनि यी स्टारहरुको फिल्मको रिलिज डेटको अगाडि पछाडि कोही पनि आफ्नो फिल्महरु रिलिज गर्न चाहँदैनन् । यी स्टारहरुको नामले मात्र पनि धेरै दर्शकहरु फिल्म हलतिर तानिन्छन् ।
आउनुहोस्, ५० को उमेरमा पनि बक्स अफिसका बादशाह हुन् ।
१. शाहरुख खानः
नोभेम्बर २ तारिखमा शाहरुख खान ५० औं वसन्तमा प्रवेश गर्नेछन् अहिलेसम्म उनको फिल्म बक्स अफिसमा बर्चस्व राख्ने गर्दछ । ५० वर्षको हुँदा पनि उनी फिल्ममा हिरोको भूमिका निभाइरहेका छन् ।
२. सलमान खानः
डिसेम्बर २७ तारिखमा सलमान खान ५० वर्षको हुँदैछन् । उनको फिल्ममा केही विशेष नभएपनि बक्स अफिसले यसले राम्रो गरेकै हुन्छ ।
३. आमिर खानः
आमिर खान मार्च १४ मा ५० वर्षका भइसकेका छन् । ‘मिस्टर परफेक्सनिष्ट’ भनिने उनको फिल्मले बक्स अफिसमा रेकर्ड नराखेको रेकर्ड नै छैन । उनको फिल्मले बक्स अफिसमा धमाका नै मच्चाएको हुन्छ ।
४. अक्षय कुमारः
९ सेप्टेम्बरमा ४८ वर्ष पूरा गरेपछि पनि अक्षय कुमार बलिउडका एक्सन स्टारको रुपमा चर्चित छन् । उनको फिल्मले पनि बक्स अफिसमा धमाका मच्चाएको हुन्छ ।
५. अनिल कपूरः
डिसेम्बर २४ तारिखमा अनिल कपूरले आफ्नो ५९ औं वसन्त पार गर्नेछन् । अनिल कपूर स्क्रिनमा आउने बित्तिकै युवा कलाकारहरुलाई पनि आफ्नो इनर्जीले फिक्का पारिदिन्छन् ।
६. अमिताभ बच्चनः
उनको गन्ती त कुनै पनि लिष्टमा हुनेछैन । उनी यस्ता नायक हुन् जसले उमेरलाई पनि पछि छोडिदिएका छन् ।अक्टोबर ११ मा उनी ७३ उमेर पार गरेपनि अमिताभ बच्चन बलिउडका शीर्ष नायकको रुपमा मानिन्छन् ।
७. इरफान खानः
जनवरी ७ तारिखमा ४७ वर्षका हुनेछन् इरफान खान । यद्यपी सुरुवाती अवस्थामा उनले निकै कष्ट झेल्नु परेको थियो । तर अब त हलिउडदेखि बलिउडसम्म इरफानको नामले फिल्म चल्न थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: