Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

विप्लव माओवादीले सशस्त्र संघर्षको तयारी थाल्ने

\"Biplab\"काठमाडौं, सशस्त्र संघर्षको अन्तिम तयारी थालेको विप्लव नेतृत्वको माओवादीले महाकूम्पका कारण स्थागित तयारीलाई अन्तिम रुप दिने भएको छ । जनयुद्धलाई धोकामा टुंग्याइएको निष्कर्षसहित पुनः सशस्त्र संघर्षविना जनताको राज्य नआउने भन्दै पहिले प्रचण्ड नेतृत्वको एमाओवादी र पछि वैद्य नेतृत्वको ड्यास माओवादीबाट अलग्गिएको विप्लव माओवादीले नयाँ पार्टी गठन गरेलगत्तै आफ्ना गतिविधिलाई अर्धभूमिगत बनाउँदै लगेको थियो । उसले सशस्त्र संघर्षकाे तयारीलाई नै केन्द्रमा राखेर सैन्य तथा राजनीतिक तयारी समेत अन्तिम चरणमा पुर्याएको थियो । गत जेठ १२ गते आएको महाभूकम्पका कारण स्थगित तयारीहरुलाई पुनः सुचारु गर्ने सुरसार गरिरहेको माओवादीले भूकम्प अवधिभर जनताको मन जित्ने अभियान चलाएको विप्लव माअाेवादीसम्बद्घ स्रोत बताउँछ । भूकम्पबाट सिर्जना भएको विपत्तिलाई अवसरका रुपमा प्रयोग गर्ने र जनतासँगको सम्बन्ध सुमधुर बनाउन सकिने व्याख्या महासचिव विप्लवले गरेका थिए । एक चरणको राहत तथा उद्धारको काम सकेर फर्किएको विप्लव नेतृत्वको माओवादीले अब पूर्ववत रूपमै आफ्ना राजनीतिक तथा फौजी तयारीका कामहरु सुरु गर्नुपर्ने कुरामा छलफल थालेको स्रोत बताउँछ । साथै, सोमबार चार प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच संविधानको अन्तर्ववस्तुमा भएको समझदारीबाट सशस्त्र संघर्षका निम्ति वस्तुगत अवस्था झन् अनुकूल हुँदै गएको बुझाइ विप्लव माओवादीको छ । नयाँ संविधानबाट जनाजाति तथा सामान्य जनताको पक्षका एजेन्डा सम्बोधन नहुने हुँदा जनताकाे समर्थन ह्वात्तै आफूतिर ढल्कने विश्लेषण समेत विप्लव माओवादीले गरेको स्रोत बताउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending