Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

विप्लव माओवादीले सशस्त्र संघर्षको तयारी थाल्ने

\"Biplab\"काठमाडौं, सशस्त्र संघर्षको अन्तिम तयारी थालेको विप्लव नेतृत्वको माओवादीले महाकूम्पका कारण स्थागित तयारीलाई अन्तिम रुप दिने भएको छ । जनयुद्धलाई धोकामा टुंग्याइएको निष्कर्षसहित पुनः सशस्त्र संघर्षविना जनताको राज्य नआउने भन्दै पहिले प्रचण्ड नेतृत्वको एमाओवादी र पछि वैद्य नेतृत्वको ड्यास माओवादीबाट अलग्गिएको विप्लव माओवादीले नयाँ पार्टी गठन गरेलगत्तै आफ्ना गतिविधिलाई अर्धभूमिगत बनाउँदै लगेको थियो । उसले सशस्त्र संघर्षकाे तयारीलाई नै केन्द्रमा राखेर सैन्य तथा राजनीतिक तयारी समेत अन्तिम चरणमा पुर्याएको थियो । गत जेठ १२ गते आएको महाभूकम्पका कारण स्थगित तयारीहरुलाई पुनः सुचारु गर्ने सुरसार गरिरहेको माओवादीले भूकम्प अवधिभर जनताको मन जित्ने अभियान चलाएको विप्लव माअाेवादीसम्बद्घ स्रोत बताउँछ । भूकम्पबाट सिर्जना भएको विपत्तिलाई अवसरका रुपमा प्रयोग गर्ने र जनतासँगको सम्बन्ध सुमधुर बनाउन सकिने व्याख्या महासचिव विप्लवले गरेका थिए । एक चरणको राहत तथा उद्धारको काम सकेर फर्किएको विप्लव नेतृत्वको माओवादीले अब पूर्ववत रूपमै आफ्ना राजनीतिक तथा फौजी तयारीका कामहरु सुरु गर्नुपर्ने कुरामा छलफल थालेको स्रोत बताउँछ । साथै, सोमबार चार प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच संविधानको अन्तर्ववस्तुमा भएको समझदारीबाट सशस्त्र संघर्षका निम्ति वस्तुगत अवस्था झन् अनुकूल हुँदै गएको बुझाइ विप्लव माओवादीको छ । नयाँ संविधानबाट जनाजाति तथा सामान्य जनताको पक्षका एजेन्डा सम्बोधन नहुने हुँदा जनताकाे समर्थन ह्वात्तै आफूतिर ढल्कने विश्लेषण समेत विप्लव माओवादीले गरेको स्रोत बताउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy