Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

किन बिहे गरेनन् यी चर्चित नेता–नेतृले ?

भनिन्छ, सफल व्यक्तित्वका पछाडि तिनका जीवनसाथीको ठूलो हात हुन्छ । स्त्रीबिनाको घर र फूलबिनाको बगैंचा उस्तैउस्तै हुन्छ पनि भनिन्छ । ‘सत्य युग’ मा ‘ब्रह्मचार्य’ बस्न खोज्ने ठूलठूला ऋषि–तपस्वीहरुको ‘आसन’ समेत स्त्रीकै कारण डगमगाएका अनेकौं कथा–कहानी बारम्बार सुन्छौं हामी । ‘कलीयुग’ मा ब्रह्मचार्य बस्ने कुरा त प्रायः असम्भव नै हुन्छ । ‘एक्लो जीवन निरस हुन्छ’, सबैतिर सुन्ने गरिन्छ । यही ‘एक्लोपन’ बाट मुक्ति पाउन मानिसहरु ‘प्रेम’ वा ‘विवाह’ को सहारा लिन्छन् । मानिसको जिन्दगी समयको चक्र हो । यस चक्रसँगै कोही सँगै हुन्छन् त कोही छुट्छन् । नेपाली भाषमा एउटा शब्द छ– ‘रस’ । रसको मूलतः दोहोरो अर्थ हुन्छ– सामान्य अर्थको रस र साहित्यिक रस । सामान्य अर्थको रस भन्नाले रसिलो, पोषिलो, झोलिलो वा हराभरा भन्ने बुझिन्छ । यही रस शब्दमा उपसर्ग ‘नि’ जोड्यो भने ब्युत्पत्ति हुन्छ– ‘निरस’ शब्दको । निराशा, निराश वा अभावग्रस्त जस्ता शब्दहरु पनि झन्डैझन्डै निरश शब्दकै समानार्थीका रुपमा आउँछन् । हो, कोही वैवाहिक जीवनमा निराश हुन्छन्; कोही एक्लो जीवनमा निराश हुन्छन् । यसको मतलब संसारमा कोही पनि पूर्ण सुखी वा पूर्ण दुःखी छैनन् भन्ने हो । जसको जीवन राजनीतिले त चिनायो तर स्वयम् तिनलाई उनकै ‘जीवनसाथी’ ले भने चिन्न सकेनन् । राजनीतिक यात्रामा उनीहरुसँगसँगै धेरै मान्छे हिँडे तापनि उनीहरुको व्यक्तिगत जीवनमा भने कसैले पनि सहयात्रा गर्न सकेनन् वा चाहेनन् । यो सामग्री तयार पार्ने क्रममा खबरडबलीले यस्तै आधा दुःखी र आधा सुखी नेपालका केही चर्चित व्यक्तित्वबारे नजर घुमाएको छ ।   रुखोपन र अलपत्रे स्वभावका कारण अविवाहित कोइराला \"Sushil_Koirala\"उमेरले पाका, बयोवृद्ध नेता । राजनीतिमा लागेरै आजीवन ‘ब्रह्मचार्य’ व्यतित गरेका कोइराला यतिबेला नेपाली कांगेसकाे सभापित पदमा आसिन छन् ।  उनी परिवार, पार्टी र सरकार तीनवटै पाटोमा ‘चिप्लिएको’ पनि धेरैले टिप्पणी गर्ने गरेका छन् । कोइरालासँग नजिक रहेकाहरु उनलाई ‘सोझो तर टर्रो स्वभावका नेता’ का रुपमा चित्रित गर्छन् । सानै उमेरदेखि राजनीतिमा सक्रिय कोइराला ०१७ सालमा राजा महेन्द्रले पञ्चायती निरंकुश शासन लादेपछि भूमिगत राजनीतिमा क्रियाशील रहे । पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ‘भरपर्दो’ सहयोगीका रुपमा धेरै समय काम गरेका  कोइरालाले घर–व्यवहारपट्टि चाहिँ कहिल्यै ध्यान दिन नसकेको÷नचाहेको बताउँछ पारिवारिक स्रोत । ‘कोइराला खर्च गर्नमा चिम्मट, अरुको मात्र आश गर्ने, घर–व्यवहारमा भुत्ते, केही पनि थाहा नभएका नेता हुन्’, उनीनिकट रहेर लामो समय काम गरेका एक सहयोगीले खबरडबलीसँग भने– ‘तत्कालीन समयमा निजी मामिला र वैवाहिक जीवनभन्दा पनि देशको चिन्तामा बढ्ता डुबेकाले विवाह गरिँन भन्छन् तर अव्यावहारिक, रुखोपन, गैरजिम्मेवार र अलपत्रे स्वभावकै कारण उनी अविवाहित रहेरै जीवन गुजार्न बाध्य भएका हुन् ।’ विवाह गर्न मन नलागेको भन्दै निजी जीवन निरस तुल्याएका कोइरालाले राज्यसञ्चालनको मामलामा पनि त्यसैगरी चुक्न पुगेर सिंगै राष्ट्रलाई निरस पारेको धेरैको टिप्प्णी सुनिन्छ । उनी कतिसम्म अव्यावहारिक छन् भन्ने कुरा उनीसँगै लामो समय काम गरेका सहयोगीको भनाइबाटै स्पष्ट हुन्छ । ती सहयोगी भन्छन्– ‘एक दिन विदेशीसँगको कार्यक्रममा राजधानीकै एक होटलमा जाँदा बूढाले त साथमा एक रुपैयाँ पनि बोकेका रहेनछन् । हिँड्ने क्रममा मेरो पनि ‘पर्स’ छुटेछ, हामीलाई नराम्रोसँग पो झपा¥यो त ट्याक्सी चालकले ।’ देशको प्रमुख कार्यकारी पदमा पुग्दा समेत कुनै उल्लेख्य काम गर्न नसकेको गुनासोसाथ धिक्कार्दै रुष्ट छन् उनका समर्थकहरु । कोइरालाले देशको अवस्था पनि आफ्नै जीवनजस्तो अस्तव्यस्त पारेको टिप्पणी गर्छन् संविधानसभामा उनलाई जिताउनेहरु ।   किन अविवाहित रहे नारायणकाजी ? \"Narayankaji\"लामो ‘भूमिगत’ जीवनपछि ‘सार्वजनिक’ भएका कम्युनिस्ट नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पनि एक्लो जीवन बिताइरहेका नेता हुन् । ललितपुरको हरिसिद्धिमा बस्दै आएका श्रेष्ठ सहयोगीको सहयोगमै आफ्नो दैकिकी चलाइरहेका छन् । साधारण खानामा रमाउने नेता श्रेष्ठले भ्याएसम्म भाँडा समेत आफैं माझ्ने गरेको उनका सहयोगी बताउँछन् । पछिल्लो समय निजी गाडी त्यागेर सार्वजनिक यातायातमा सवारी गरिरहेका श्रेष्ठ यसबाट समेत थप चर्चित भए । अविवाहित भए पनि नेता श्रेष्ठले घरव्यवहारमा निकै चासो दिने गरेको उनका सहयोगीहरु बताउँछन् । खुला राजनीतिमा आएयता नेता श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यलाई पनि आफूसँगै राख्दै आएका थिए । विवाह नगर्नुको कारणबारे खबरडबलीले प्रश्न गर्दा जवाफ दिन आनाकानी गरेका नेता श्रेष्ठले ‘कुनै दिन सबै कुरा सार्वजनिक गर्ने’ बताए ।   किन अविवाहित रहिन् माअाेवादी नेतृ पम्फा भुसाल \"Pampha_Bhusal\"मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेकाे नेकपा–माओवादीकी स्थायी समिति सदस्य एवम् प्रवक्ता पम्फा भुसाल नेपाली राजनीतिक क्षेत्रकी एक चर्चित पात्र हुन् । दसवर्षे जनयुद्धको सुरुदेखि अन्तिमसम्म मैदानमा डटेर प्रत्यक्ष नेतृ सम्हालेकी भुसाल ५० वर्षे उमेरमा टेक्न लागिसक्दा समेत अविवाहित नै छन् । विद्यालमा पढ्दादेखि नै राजनीतिमा सक्रिय भुसाल दशकौंअघि अर्घाखाँचीबाट उच्च शिक्षा हासिल गर्न राजधानी छिरिन् । राजधानीको बसाइ र क्याम्पसको पढाइले दिनानुदिन उनलाई राजनीतिकाे शिखरतर्फ उकालिरह्यो । सशस्त्र संघर्षको तयारीमा रहेको कम्युनिस्ट पार्टीको केन्द्रीय भूमिका निभाउने क्रममा राजनीतिक व्यस्तताकै कारण विवाह र परिवारतर्फ उनको ध्यान गएन । सम्भवतः नेपाली राजनीतिकै सर्वाधिक क्रियाशील र सशक्त महिला पात्र भुसाल अनुभवी नेतृ र प्रखर वक्ताका रुपमा चिनिन्छिन् । पार्टीभित्र बेलाबखत चल्ने अस्वस्थ गुटगत खिचातानीका क्रममा उनलाई अनेकानेक ढंगले चित्रित गर्ने र आरोप लगाउने काम समेत हुँदै आएको छ । नेतृ भुसालको लवाइ र ‘गेटअप’ समेत पार्टीभित्र बेलाबखत चर्चाको विषय बन्ने गरेको छ । अविवाहित रहनुको कारणबारे खबरडबलीले जिज्ञासा राख्दा भुसालले यसबारे केही बोलिराख्नु आवश्यक नभएको बताइन् ।   ‘प्रेम प्राकृतिक र शाश्वत कुरा हो’ भन्छन् गिरिराजमणि पोखरेल \"GiriramMani\"एमाओवादीकै अर्का अविवाहित नेता हुन् गिरिराजमणि पोखरेल । ‘पे्रमलाई प्राकृतिक र शाश्वत हो’ भन्ने पोखरेल जीवनमा प्रेम आवश्यक भएको बताउँछन् । प्रेम र विवाहबारे खबरडबलीले सोध्दा दार्शनिक पाराले जवाफ दिँदै नेता पोखरेलले भने– ‘प्रेम प्राकृतिक प्रक्रिया हो, यो सबैलाई आवश्यक छ । तर, विवाह गर्नैपर्छ भन्ने छैन किनकि त्यो सामाजिक बन्धन हो ।’ राजनीतिक कार्यव्यस्तताका कारण विवाहबारे आफ्नो ध्यानै नगएको तर्क गर्दै नेता पोखरेलले केही साथीहरुसँग मिलेर सामूहिक संस्था खोलेकाले जीवनमा एक्लोपनको महशुस नभएको बताए । महोत्तरी– १ बाट निर्वाचित संविधानसभाका सदस्य पोखरेल पटकपटक मन्त्री समेत भइसकेका छन् । काठमाडौंको सिनामङगलमा बस्दै आएका उनी ‘जीवनमा धेरै हन्डर–ठक्कर खाइएकाले विवाह गर्ने ‘मुड’ नभएको’ तर्क गर्छन् ।   ‘राम्री युवती’ पर्खिरहेका रामहरि खतिवडा \"Ramhari_Khatiwada\"कांग्रेसका चर्चित युवानेता रामहरि खतिवडासँग खबरडबलीले ‘किन विवाह नगरेको ?’ भनी प्रश्न गर्दा रोमान्टिक शैलीमा जवाफ दिए– ‘आधा मेरो कारणले, आधा केटीको कारणले गर्दा नै मेरो विवाह हुन सकेन ।’ ‘अब विवाह गर्ने ‘मुड’ छैन ?’ अर्को प्रश्नमा ठट्यौली पाराको उत्तर दिए– ‘राम्री युवतीको खोजीमा छु, हेर्दै जाऊँ, कहाँ भेटिन्छिन् ।’ ओखलढुंगा– २ बाट संविधानसभा सदस्यमा निर्वाचित नेता खतिवडा कांग्रेसभित्र खरो र स्पष्टवक्ता नेताका रुपमा चिनिन्छन् । उमेरले ५० टेक्नै लागेका उनी राजनीतिमा लागेकाले आफ्नो विवाह हुन नसकेको बताउँछन् । ‘एक्लो र निरस जीवनलाई प्रेमले ऊर्जाशील बनाउँछ’ भन्ने उनी छिट्टै विवाह गर्ने ‘मुड’ मा छन् । एक्लो जीवनका अनुभवबारे कूटनीतिक शैलीबाट उत्तर दिँदै उनी दैनिक ‘ड्रेसअप’ देखि पाहुना सत्कारमा प्रयुक्त चियाकपसम्ममा एक्लोपनको आभाष भेटिने तर्क गर्छन् ।   बधूको खोजीमा भौंतारिइरहेका शेरधन राई \"SherdhanRai\"अविवाहित भोजपुरे युवानेता शेरधन राई विवाहलाई अनिवार्य ठान्छन् । ‘विवाहविनाको जीवन अधुरो र अपुरो हुन्छ’, खबरडबलीसँग उनले भने– ‘त्यसैले म उपयुक्त बधूको खोजीमा छु ।’ पार्टी राजनीतिमा लागेकाले नै आफ्नो विवाह नभएको तर्क छ नेता राईको पनि । ‘तत्कालीन अवस्थामा व्यक्तिगत जीवनभन्दा पनि निरंकुशताबाट देशलाई मुक्त गर्नु आवश्यक थियो । यही भएर मैले विवाह गरिनँ ।’ एक्लो जीवनमा घरव्यवहार चलाउन गाह्रो हुने उनको अनुभव छ ।       ‘झन् शासित हुन’ विवाह गर्दिनँ भन्छिन् सभासद सीता गुरुङ \"Sita_Gurung\"नेपाली कांग्रेसकी युवानेतृ सीता गुरुङलाई विवाह गर्नु र नगर्नुको कुनै भिन्नता छैन । पूर्वी नेपालको तेह्रथुमबाट संविधानसभा सदस्यमा निर्वाचित सभासद् गुरुङ पनि राजनीतिमा लागेकैले आफ्नो विवाह नभएको तर्क गर्छिन् । निराशा व्यक्त गर्दै सभासद् गुरुङ भन्छिन्– ‘विवाह गरेर के हुन्छ र ! विवाहपश्चात हामी महिलाको काम भाँडा माझ्ने नै हो,  घरगृहस्थीमा सघाउने नै हो । के फरक हुन्छ र विवाह गर्नु !’ ‘केटा मान्छेले पो महिलामाथि शासन गर्न पाउँछन् र विवाह गर्न तम्सिन्छन् । हामी महिलालाई झन् गाह्रो हुने हो विवाहपछि पनि’, थप उदासीन हुँदै उनले प्रतिप्रश्न पो गरिन्– ‘लोग्ने भन्यो, छोराछोरी भन्यो, जुठाभाँडा माझ्यो, चुलाचम्का गर्यो– यस्तैमा जिन्दगी बिताउनुभन्दा त एक्लो जीवनै ठीक छ नि हैन र ?’ आफू विवाह नगर्ने सुरमा रहेको बताउने उनी विवाहका लागि आफूलाई घरपरिवारले समेत कुनै दबाव नदिएको दावी गर्छिन् ।   एक्लो जीवनमै सन्तुष्ट सभासद कमला दोङ \"Kamala_Dong\"काभ्रे जिल्लाबाट संविधानसभामा एमाओवादीको प्रतिनिधित्व गर्ने नेतृ कमला दोङ पनि अविवाहित हुन् । ‘विवाह गर्न उपयुक्त अवसरको खोजीमा छु’ भन्ने दोङ १४ वर्षे किशोरावस्थादेखि नै भूमिगत राजनीतिमा लागेकी थिइन् । आफूले विवाह गर्ने उमेरमा नेपाली राजनीतिमा देखिएको ऐतिहासिक उत्कर्षता र त्यसैले सिर्जना गरिदिएको कार्यव्यस्तताकै कारण विवाह गर्न नभ्याइएको तर्क गरिन् सभासद् दोङले । उमेरले ४० टेक्न लागेकी दोङ एक्लो जीवन पनि निरस नै चाहिँ नभएको दावी गर्छिन् । सभासद दोङले खबरडबलीसँग भनिन्– ‘वैवाहिक जीवनजस्तो सुन्दर नै त एक्लो जीवन हुनै सक्दैन । तर, विवाह गर्नैपर्छ भन्ने पनि केही छैन । विवाह नगरे पनि म अहिलेसम्म एक्लो जीवनमै सन्तुष्ट छु । हेरौं, पछि के हुन्छ ? भविष्यको कुरा त कसले भन्न सक्छ र होइन !’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies