Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

दाता सम्मेलनमा भारतीय प्रम आउने संभावना, चीनलाई पनि निम्तो

\"mahat_20150325124153\"काठमाडौँ, अर्थमन्त्री डा रामशरण महतले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिले संविधान निर्माणको बाटो खुलाएको भनी भारत सरकार र त्यहाँका नेताहरुले प्रशंसा व्यक्त गरेको बताएका छन् ।

नेपालमा वैशाख १२ गते गएको भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनःनिर्माण र नव निर्माणका लागि सहयोग जुटाउन आयोजना गर्न लागिएको दाता सम्मेलनमा सहभागिताका लागि भारतीय प्रधानमन्त्रीलाई निमन्त्रणा गरेर आज स्वदेश फर्किएपछि रासससँगको कुराकानीमा उनले भने – \'उहाँहरुले ठूलो गतिरोध समाप्त भएको र अब संविधान निर्माणको बाटो खुलेको बताउनुभयो, १६ बुँदे सहमतिप्रति उहाँहरु खुसी हुनुहुन्छ ।\'

\'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आयोजना हुन लागेको दाता सम्मेलनमा सकेसम्म आफैँ आउन कोसिस गर्छु, यदि त्यस्तो अवसर मिलेन भने वरिष्ठ साथीलाई पठाउँछु भन्नुभएको छ”, अर्थमन्त्रीले भने ।

उनले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनमा सहभागी हुन पठाएको निमन्त्रणापत्र भेटेर हस्तान्तरण गर्नाका साथै दुई देशबीच सम्बन्धका विविध आयामका बारेमा छलफल गरेका थिए ।

भारतमा रहँदा अर्थमन्त्री डा महतले विदेशमन्त्री सुषमा स्वराज, विदेशसचिव जयशङ्कर, आफ्ना समकक्षी अर्थमन्त्री अरुण जेट्ली, प्रधानमन्त्रीका अतिरिक्त प्रमुख सचिवलगायत उच्चपदस्थ अधिकारीसँग नेपालको भूकम्पपछिको स्थिति, पुनःनिर्माण र नवनिर्माणसँग केन्द्रित रहेर परामर्श र छलफल गरेका थिए ।

सो अवसरमा उनीहरुले भूकम्पपछि नेपालले भोग्नुपरेको समस्यालाई आफ्नै समस्या सम्झँदै नेपालको नवनिर्माणका लागि भारतीय पक्षबाट कुनै कसर नराख्ने भनी आश्वासन दिएका थिए । नेपालमा लगानी भित्र्याउन तथा पुनःनिर्माणमा सहयोग गर्नेबारेमा केन्द्रित गरेर अर्थमन्त्री डा महतसँग एसोसिएसन अफ अल इन्डिया चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका पदाधिकारीले शुक्रबार छलफल गरेका थिए ।

चीनका प्रधानमन्त्रीलाई पनि विशेष अतिथिका रुपमा नेपालमा हुने दाता सम्मेलनमा सहभागी हुन आमन्त्रण गरिएको समेत उनले जानकारी दिए । नेपालले त्यससम्बन्धी जानकारी चीनका उच्च अधिकारीलाई गराइसकेको बुझिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending