Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

खेतीयोग्य जमिनमा भूकम्पप्रभावितको बसोबास

\"Nuwakotनुवाकोट, नुवाकोटका सम्पूर्ण गाउँ यसपालिको भूकम्पबाट प्रभावित भएका छन् । भूकम्पपछिको पहिरोका कारण भौगोलिक संरचनामा असर परेको छ । पहिल्यैदेखि पहिरोले सताइएका गाउँठाउँ मात्रै होइन नयाँ स्थानमा समेत पहिरो जान थालेको छ । पहिरोका कारण ग्रामीण भेगका नागरिकहरुले अस्थायी बासस्थानको लागि समेत जग्गा पाएका छैनन् । कि त तलबाट तान्ने कि माथिबाट छोपिने अवस्थामा कतिपय गाउँमा नागरिक बसिरहेका छन् । यसरी बसोवास गर्ने ठाउँकै अभाव हुनेगरी गएको पहिरोका कारण अहिले नुवाकोटका उर्बरभूमि बसोवासका लागि प्रयोग हुन थालेका छन् । नुवाकोटको कृषि उत्पादनका लागि अब्बल मानिएको शिखरवेँशी, ढिकुरे, थानसिङ जस्ता फाँटमा हिजोआज भटाभट जस्ताका टहराहरु बन्दैछन् । कतिपय टहराहरु लामै समय रहने अनुमान गरिएको छ । डाँडाकाँडामा बस्ने नागरिकहरुले बस्नका लागि सम्म ठाउँ समेत नपाएपछि त्यस्ता फाँटहरुमा जग्गा जमिन भाडामा लिन थालेका छन् । टहरो हालेको जमिनको भाडा तिर्ने र बाँकी जमिन अधिँयामा खेती गर्ने क्रम सुरु भएको छ । आफुले खनीखोस्री गर्ने र लगानी गरेर उब्जनी भएको अन्न आधा मात्रै राखेर आधा जग्गाधनीलाई बुझाउन नागरिकहरु मञ्जुर हुन थालेका छन् । शिखरवेँशी–६ का गोपीराम थापाले आफ्नो जमिन बसोवासको लागि समेत उपयुक्त नभएपछि शिखरवेँशीको माझफाँटमा बस्नका लागि जग्गा भाडामा लिएका छन् । आफ्नो टहरो छेउछाउको जमिन अधिँयामा कमाउने र टहरो लागेको जग्गाको भाडा तिर्ने शर्तमा उनी बस्न थालेका हुन् । । आफ्नो जमिन पहिरोले लगेपछि दुई वर्षका लागि उनी अरुको खेत भाडामा लिएर बस्न थालेका छन् । तर उनको टहरोले चर्चेको एक गरा जग्गाको भाडा भने तोकिसकिएको छैन । समथर ठाउँ खोज्नेहरुले आफ्नो बास सुरक्षित छैन भन्ने पनि बुझेका छन् । वर्खामा खेतका घरमा जम्ने पानीका कारण माछा जस्तो होला की भन्ने चिन्ता धेरैलाई छ । तैपनि पहिरोबाट जोगिनका लागि खेतका गरामा धमाधम टहरा बनिरहेका छन् । शिखरवँेशी वडा नं। ६ फुलबारी टोलका नवराज थापा टाउकोमा पानी छल्ने बाटो मात्रै बनाएको बताउँछन् । वर्खा लागेकाले तत्कालै घर बनाउन सम्भव नभएको र सरकारले उपलब्ध गराउने भनेको १५ हजार रुपैयाँले दुई बण्डल जस्ता समेत नआउनेमा नागरिकहरु चिन्तित छन् । सरकारले दिने भनेको रकमले छोपै नलाग्ने थापा बताउँछन् । उनी सरकारले एकीकृत रुपमा सबैलाई राखेर घामपानीबाट मुक्ति दिनेगरी बस्ती बसालीदिए जीवनरक्षा हुने बताउँछन् । यस्तै, सरकारले गाँस र बासको जिम्मा चाँही लिनुपर्ने शिखरवेँशीका कुलबहादुर थापा बताउँछन् । बर्खाले छोप्नै लागेको बेलामा घरै नभएपछि उनी विलखबन्द छन् । यसरी सरकारले समेत वास्ता नगरिरहेको र नागरिकहरु आफ्नै ढंगबाट अस्थायी बस्ती बसाउँदै हिँड्दा नुवाकोट झन् कुरुप बन्ने देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending