Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

खेतीयोग्य जमिनमा भूकम्पप्रभावितको बसोबास

\"Nuwakotनुवाकोट, नुवाकोटका सम्पूर्ण गाउँ यसपालिको भूकम्पबाट प्रभावित भएका छन् । भूकम्पपछिको पहिरोका कारण भौगोलिक संरचनामा असर परेको छ । पहिल्यैदेखि पहिरोले सताइएका गाउँठाउँ मात्रै होइन नयाँ स्थानमा समेत पहिरो जान थालेको छ । पहिरोका कारण ग्रामीण भेगका नागरिकहरुले अस्थायी बासस्थानको लागि समेत जग्गा पाएका छैनन् । कि त तलबाट तान्ने कि माथिबाट छोपिने अवस्थामा कतिपय गाउँमा नागरिक बसिरहेका छन् । यसरी बसोवास गर्ने ठाउँकै अभाव हुनेगरी गएको पहिरोका कारण अहिले नुवाकोटका उर्बरभूमि बसोवासका लागि प्रयोग हुन थालेका छन् । नुवाकोटको कृषि उत्पादनका लागि अब्बल मानिएको शिखरवेँशी, ढिकुरे, थानसिङ जस्ता फाँटमा हिजोआज भटाभट जस्ताका टहराहरु बन्दैछन् । कतिपय टहराहरु लामै समय रहने अनुमान गरिएको छ । डाँडाकाँडामा बस्ने नागरिकहरुले बस्नका लागि सम्म ठाउँ समेत नपाएपछि त्यस्ता फाँटहरुमा जग्गा जमिन भाडामा लिन थालेका छन् । टहरो हालेको जमिनको भाडा तिर्ने र बाँकी जमिन अधिँयामा खेती गर्ने क्रम सुरु भएको छ । आफुले खनीखोस्री गर्ने र लगानी गरेर उब्जनी भएको अन्न आधा मात्रै राखेर आधा जग्गाधनीलाई बुझाउन नागरिकहरु मञ्जुर हुन थालेका छन् । शिखरवेँशी–६ का गोपीराम थापाले आफ्नो जमिन बसोवासको लागि समेत उपयुक्त नभएपछि शिखरवेँशीको माझफाँटमा बस्नका लागि जग्गा भाडामा लिएका छन् । आफ्नो टहरो छेउछाउको जमिन अधिँयामा कमाउने र टहरो लागेको जग्गाको भाडा तिर्ने शर्तमा उनी बस्न थालेका हुन् । । आफ्नो जमिन पहिरोले लगेपछि दुई वर्षका लागि उनी अरुको खेत भाडामा लिएर बस्न थालेका छन् । तर उनको टहरोले चर्चेको एक गरा जग्गाको भाडा भने तोकिसकिएको छैन । समथर ठाउँ खोज्नेहरुले आफ्नो बास सुरक्षित छैन भन्ने पनि बुझेका छन् । वर्खामा खेतका घरमा जम्ने पानीका कारण माछा जस्तो होला की भन्ने चिन्ता धेरैलाई छ । तैपनि पहिरोबाट जोगिनका लागि खेतका गरामा धमाधम टहरा बनिरहेका छन् । शिखरवँेशी वडा नं। ६ फुलबारी टोलका नवराज थापा टाउकोमा पानी छल्ने बाटो मात्रै बनाएको बताउँछन् । वर्खा लागेकाले तत्कालै घर बनाउन सम्भव नभएको र सरकारले उपलब्ध गराउने भनेको १५ हजार रुपैयाँले दुई बण्डल जस्ता समेत नआउनेमा नागरिकहरु चिन्तित छन् । सरकारले दिने भनेको रकमले छोपै नलाग्ने थापा बताउँछन् । उनी सरकारले एकीकृत रुपमा सबैलाई राखेर घामपानीबाट मुक्ति दिनेगरी बस्ती बसालीदिए जीवनरक्षा हुने बताउँछन् । यस्तै, सरकारले गाँस र बासको जिम्मा चाँही लिनुपर्ने शिखरवेँशीका कुलबहादुर थापा बताउँछन् । बर्खाले छोप्नै लागेको बेलामा घरै नभएपछि उनी विलखबन्द छन् । यसरी सरकारले समेत वास्ता नगरिरहेको र नागरिकहरु आफ्नै ढंगबाट अस्थायी बस्ती बसाउँदै हिँड्दा नुवाकोट झन् कुरुप बन्ने देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy