Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

घुम्न आएका पर्यटक भूकम्पपीडितको टहरा बनाउँदै

\"tourist\"धादिङ, मध्य धादिङको कुम्पुर गाविसको पिप्ले जहाँ सुन्दर बस्ती भग्नावशेषमा परिणत भएको छ । अमेरिकाबाट नेपाल घुम्न आएका पर्यटक भेन्कल ट्रोभेलेङ म्याटले भूकम्पले पुर्याएको विपत्ति देखे । यस्तो विपत्तिमा सहयोग गर्नका लागि उनी तयार भए । आफूले गर्ने सहयोगले कसैको घरबार राम्रो हुन्छ भने किन नगर्ने भन्ने उनको सोचाइले गर्दा सहयोग गर्न दिनरात खटिएका छन् । म्याटमात्र होइन नेपाल घुम्न आएका अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, क्यानडालगायतका नागरिक भूकम्पपीडितका लागि टहरा निर्माणको सहयोगमा जुटेका हुन् । स्विट्जरल्यान्डका नागरिक केइच हेन्वचले भने, ‘पर्यटकको रुपमा नेपाल घुम्न आएको भए पनि वैशाख १२ को भूकम्पले नेपालीलाई दुःख दियो । त्यो दुःखमा शारिरिक रुपमा भए पनि सहयोग गर्न पाउँदा धेरै खुसी लागेको छ ।’ मध्य जेठको हपहपी गर्मी । पसिनाले निथ्रुक्क भिजेको कपडा पनि ठाउँ–ठाउँमा च्यातिसकेको छ । तर पसिना चुहिरहेका अवस्थामा पनि गर्मीको कुनै परवाह नगरी हातमा गल, घन र किला ठोक्ने औजार लिएर केही विदेशी अनुहार भूकम्पले क्षतिग्रस्त बनाएको पिप्लेमा भत्किएको बस्तीमा अस्थायी टहरा बनाइरहेका छन् । झट्ट हेर्दा काम गर्नका लागि विदेशबाट आएका प्राविधिक हुन भनेर जोसुकैले पनि अनुमान लगाउँछ तर वास्तविकतामा भने त्यो होइन । उनीहरु त नेपाल घुम्न आएका पर्यटक हुन् । भूकम्पले पिप्पलेमा रहेका २४ घरपरिवारको सुन्दर बस्ती एकैछिनमा भग्नावशेषमा परिणत भयो । मानवीय क्षति नभए पनि १० भन्दा बढी घरका चौपाया भग्नावशेषमा पुरिए । भूकम्पले उजाड बनाएको सो बस्तीमा उज्यालो थप्न र स्थानीयहरुको मुहारमा खुसी ल्याउनका लागि एक दर्जनभन्दा बढी विदेशी नागरिक यतिखेर खटिरहेका छन् । उनीहरुको जोश र जाँगरमा स्थानीयहरुले पनि हौसला थपिरहेका छन् । नेपालको सौन्दर्यतामा रमाउन आएका बेला नेपालमा आएको विपत्तिमा थोरै भए पनि सघाउन पाउँदा उनीहरु खुसी देखिएका छन् । डेढ महिनादेखि स्थानीय खुला स्थानमा त्रिपालमुनि बसिरहेका छन् । गाउँवासीलाई सहयोग गर्न आएका विदेशी पाहुना पनि स्थानीयसँगै बारीका पाटामा त्रिपालको अस्थायी टहरा बनाएर बस्ने गरेका छन् । हावाहुरी र पानी पर्दा त्रिपालको बास निकै कष्टकर बनेकामा जस्तापाताको अस्थायी घर बनेपछि अब अर्को घर बनाउन नसक्दासम्म ढुक्क भएको स्थानीय सन्तबहादुर घलेले बताए । नेपाल घुम्न आएका विभिन्न मुलुकका विदेशी नागरिक मिलेर एक सातामा कुम्पुर गाविसको चेपाङ र घले समुदायको बसोबास रहेको स्याँखुटार, आँपटार, कोदार, कामराङ र पिप्लेमा गरी ४६५ वटाभन्दा बढी अस्थायी आवास बनाइसकेका छन् । विदेशीहरुको मेहनत देखेपछि गाउँलेहरु पनि उनीहरुका साथ लागेर काम गरिरहेका छन् । विदेशी पाहुनाको साथमा स्थानीयहरुसमेत गरी १०० जना सँगै काम गरिरहेका छन् । कुम्पुर गाविसमा रहेका दुई हजार ६२३ घरमध्ये दुई हजार ५८९ घर पूर्णरुपमा क्षति भएको छ भने दुई हजार ५०० शौचालयमध्ये दुई हजार ४०० शौचालयसमेत पूर्णरुपमा क्षति पुगेको कुम्पुर गाविसका पूर्व अध्यक्ष रंग थपलियाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies