Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कन्सल्टेन्सी स्वीकृतिप्रति मन्त्रालय–सरोकारवाला खिचातानी

\"Education_Ministry\"काठमाडौं, शिक्षा मन्त्रालयले सेवा सञ्चालन तथा परामर्शका लागि भन्दै विभिन्न कन्सलटेन्सीहरुलाई मनोमानी रुपमा स्वीकृति दिएकोमा कन्सल्टेन्सीहरुले विरोध गरेका छन् । अनुगमनका लागि भन्दै बनाइएको समन्वय समितिबारे मन्त्रालयले व्यवसायीहरुसँग सल्लाह नै नगरीकन मनलाग्दी रुपमा निरीक्षणमा खटाएर पूर्वाग्रही ढंगले धमाधम स्वीकृति दिएको व्यवसायीहरुको आरोप छ । मन्त्रालयले आवेदन गरेका ७५ मध्ये ४१ शैक्षिक संस्थालाई स्वीकृत भएको भन्दै लिष्ट प्रकाशित गरेको थियो । अनुगमनका लागि खटिएकाहरुले पूर्वाग्राही हिसाबले प्रतिवेदन बुझाएको र मापदण्ड नपुगेकाहरुलाई पनि स्वीकृती दिइएको पीडितले बताए । यही कारणले अहिले ‘फेकन’ र मन्त्रालयबीचको विवाद समेत छताछुल्ल भएको छ । आफूहरुलाई थाहै नदिई एकतर्फी रुपमा ‘इक्यान’ लाई मात्रै निरीक्षणमा पठाएको भन्दै ‘फेकन’ ले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्धा अहिले विचाराधीन छ । मुद्धा विचाराधीन हुँदाहुँदै पनि कन्सल्टेन्सीको कुरा नसुनी आफ्नै तरिकाले मन्त्रालय एकतर्फी ढंगले लागेको एक कन्सल्टेन्सी व्यवसायीले बताए । यस विषयमा मन्त्रालयमा बुझ्दा उपसचिव नन्दलाल पौडेलले ‘पmेकन’ को विषयमा मन्त्रालयलाई जानकारी नभएको बताउँदै भने– \'फेकन भन्ने संस्था छ भन्ने चाहिँ सुनिएको हो तर त्यसबारे मन्त्रालयलाई आधिकारिक रुपमा कुनै जानकारी छैन ।’ ‘उहाँहरुले निर्देशिका संशोधनको मागसहित विज्ञप्ति निकाल्नुभएको रहेछ, हामीले उहाँहरुले भनेको परामर्शदाताको स्वीकृतिका विषयमा स्थापनाको तीन वर्ष पुगेको संघले मात्रै सिफारिस गर्न पाउने भनेर संशोधन गरिसक्यौं’ पौडलले भने । तर ‘पmेकन’ का वरिष्ठ उपाध्यक्ष बासुदेव नेपाल भने मन्त्रालयले आफूहरुलाई ‘बाइकट’ गरेर अगाडि बढ्न खोजेको बताउँछन् । हामीले ६ वर्ष अगाडि नै जिल्ला प्रशासन कार्यालयमा संघ दर्ता गरेका छौं, दुई ठाउमा संस्था दर्ता गर्ने कानुनी व्यवस्था छ जस्तो त मलाई लाग्दैन’ उनले भने । आफूहरुले कन्सलटेन्सी निरीक्षणका लागि सबै शैक्षिक परामर्श संघका प्रतिनिधिलाई समेट्न लागि अनुरोधका साथ ज्ञापनपत्र बुझाएको भन्दै मन्त्रालयले आफ्ना मागबारे बेवास्ता गरेको उनले बताए । मन्त्रालयका उपसचिव नन्दलाल पौडेलले भने निर्देशिका निर्माण हुँदा  ‘इक्यान’ मात्र उल्लेख भएकाले उसलाई मात्र अनुगमनमा पठाइएको बताए । निर्देशिकामा ‘इक्यान’ सँग मन्त्रालयले सहकार्य गर्ने उल्लेख छ, सोही अनुसार उहाँहरुलाई पठाइएको हो’ उनले भने । शिक्षामन्त्री गंगाधर तुलाधरको कार्यकालमा मन्त्रालयले ‘इक्यान’ को अगुवाइमा सरकारले शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिका, २०६८ जारी गरेको थियो । उक्त निर्देशिका अवैज्ञानिक रहेको र व्यवसायीको हितमा नभएको भन्दै व्यवसायीहरुले त्यसलाई संशोधन गर्न माग गर्दै आएका छन् । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले त आफ्ना सदस्यहरुलाई उक्त निर्देशिका नमान्न प्रेस विज्ञप्ति जारी गरेर निर्देशन नै दिएको थियो । ‘इक्यान’ का अध्यक्ष राजेन्द्र बराल एमाले नेता राजेन्द्र पाण्डेका स्वकीय सचिव समेत हुन् । पुतलीसडकमा रहेको मेरीटाइम्स इन्टरनेसनलका सञ्चालक रहेका उनको संस्था शिक्षा मन्त्रालयले लिस्ट सार्वजनिक गर्दा झोलामै सीमित रहेको जानकारहरु बताउँछन् । शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखा एमाले निकटस्थहरुले भरिएको छ र त्यहाँ ‘इक्यान’ को हालिमुहाली चल्ने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending