Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

राजधानीमा डेरा पाइएन, पालमुनि बसेकाहरु कहाँ बस्ने सरकार

\"Quake१ असार, काठमाडाैं । भूकम्पले राजधानीका अधिकाश घरमा क्षति पु¥याएपछि भाडामा कोठा पाउन मुस्किल हुन थालेको छ । वैशाख १२ गतेको भूकम्प तथा बारम्बार गएका पराकम्पनका कारण घर चर्किएपछि सुरक्षित कोठा पाउन समस्या भएको हो । घरधनी स्वयमको पनि घर चर्किएर बस्न नमिल्ने भएपछि बहालमा कोठा खोज्न थालेपछि कोठाको चरम अभाव हुन थालेको छ । भूकम्प गएलगतै राजधानीबाहिर गएका सर्वसाधारण फर्कन थालेपछि भाडाको कोठा पाउन समस्या भएको हो । भुकम्प गएलगतै महामारी फैलिने त्रासका कारण अधिकांश सर्वसाधारण घर फर्किएका थिए । तर, जनजीवन सामान्य हुँदै गएपछि बन्द भएका शैक्षिक संस्था कलकारखाना बिस्तारै खुल्न थाले । घर चर्किएका बहालवालाले कोठा खोज्न थालेपछि चरम अभाव भएको हो । भूकम्पका पराकम्पन कम हुदै जान थालेपछि सर्वसाधारण राजधानीतिर फर्किदै छन् । जनजीवन सामान्य हुँदै गएपनि आफू बस्दै आएको घरकोठा चर्किएर बस्न नमिल्ने भएपछि अधिकांश सर्वसाधारणलाई कोठा खोज्न चटारो परेको छ । भूकम्पपछि पीडित बनेका बहालवालालाई अहिले कोठा खोज्ने दैनिकी बनेको छ । कोठा अभावको मौका छोप्दै घरधनीहरुले दोब्बर महंगो भाडा लगाउने गरेका छन् । कतिपय चर्किएका घरमा पनि घरधनीले सिमेन्टको घोल हालेर टालेर बहालमा दिने गरेका छन् । काठमाडौंको कीर्तिपुर पागामा बस्दै आएकी रसुवाकी मिना तामाङ बस्ने घर गत वैशाख १२ गतेको भूकम्पले बस्न नमिल्नगरी चर्कियो । भूकम्प गए देखिनै चर्किएको कोठामा खाना पकाउने र खाने तर रात काट्न प्राविधिक तालिम केन्द्र कीर्तिपुरको टिनको छाप्रोमा बस्दै आएकी छन् । आफू बस्दै आएको घर चर्किएपछि धुईधुईती कीर्तिपुरका धेरै घर चाहारिन् । छोरा अनिल वीवीए दोस्रो वर्ष र सुनिल कक्षा १२ मा पढ्दै गरेका दुई छोरासंग तामाङ बस्दै आएकी छन् । आफ्ना छोराको पढाई सुरु भईसक्दा पनि कोठा नपाएपछि विदेशमा रहेका श्रीमानको सल्लाहमा आफूले लगाएका गहना राष्ट्रिय बाणिज्य वैङ्कमा धितोमा राखेर ५० हजार रुपैया ऋण लिईन् । जग्गा लिजमा लिएर आफ्नो भुकम्प प्रतिरोधात्मक घर बनाउने योजना बनाईन् । कीर्तिपुरमा वार्षिक रुपमा १० हजार रुपैया दिनेगरी एक रोपनी जग्गा ५ वर्षको लागि लिजमा लिईन । अहिले उक्त घरको निर्माणको काम करिव करिव अन्तिम चरणमा पुगेको छ । जस्ता पाता, बास, गहुको छवाली प्रयोग गरेर ७० हजारमा घरको बनेको छ । आगामी हप्ता भुकम्प प्रतिरोधात्मक घरमा सर्ने तयारी गरेकी छन् । सरकारको राहत कुर्दा कुर्दा हैरान भएपछि आफ्नै गहना धितोमा रोखेर घर बनाएको तामाङले बताईन । त्यसैगरी, कीर्तिपुर पागाँमा बस्दै आएका कृष्ण ज्ञवालीको घरको ढोका लगाउन नमिल्नेगरी चर्किएको छ । दैनिकजसो कोठा खोज्दा पनि अझै सुरक्षित कोठा पाउन सकेका छैनन् । त्यसैगरी, अनामनगर घट्टेकुलामा बस्दै आएका लोकेन्द्र ओली बस्ने घर गत वैशाख १२ गतेको भूकम्पले बस्नै नमिल्नेगरी चर्कियो । पहिले ओली दुई कोठामा  श्रीमान श्रीमती र आफ्ना दुई भाई ५ हजार रुपैया तिरेर बस्दै आएका थिए । तर भुकम्पले कोठा बस्न नमिल्नेगरी चर्किएपछि घट्टेकुलामा १ हजार ५ सय रुपैया कोठा खोज्ने दलाललाई दिएर दुई कोठा पाए । तर, अहिले सरेको केही दिनपछि घरधनीले सिमेन्टको घोल हालेर टालेको ओलीले चाल पाए । सिमेन्टको घोल हालेर टालेको घरमा श्रमतीले बस्न नसकिने भनेपछि ओलीलाई अर्को कोठा खोज्ने चटारो परेको छ । भुकम्पले घर चर्किदा कोठा नपाउँदा दुख पाउने तामाङ, ज्ञवाली र ओली प्रतिनिधि पात्र मात्र हुन् । तर, राजधानीमा सुरक्षित कोठा खोज्ने यसरी हजारौ रहेका छन् । भूकम्प अघि नै राजधानीमा कोठा पाउन मुस्किल थियो । झनै भूकम्पले धेरै घर भत्किने चर्काएपछि भाडामा कोठा चरम अभाव भएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता सान्तराज पोखरेलका अनुसार घरधनीले लिएको कोठा भाडाको विषयमा वडा कार्यालयबाट लगत संकालनको काम गर्ने तयारी भई रहेको बताए । उनले भने, “धेरै कोठाभाडा असुलेको भन्ने विषयमा उजुरी परेपछि बुधबार सबै वडा कार्यालयमा पत्र पठाई के कति भाडा लिएका छन् भन्ने विषयमा लगत संकलन गर्न निर्देशन दिएका छौ ।” घर भत्किएर पालका बसेका परिवारका लागि शिविर व्यवस्थान गर्ने कामको लागी पनि गृहकार्य भई रहेको पोखरेलले बताए । तर, डेरावाला मञ्चका अध्यक्ष रामकृष्ण शर्माले राजधानीमा डेराको अभाव भएकाले सरकारले अस्थायी आवासको व्यवस्था गर्नुपर्ने बताए । गृह मन्त्रालयको अनुसार भुकम्पले राजधानीका काठमाडौ ललितपुर भक्तपुरमा ७३ हजार ३ सय १७ घर बस्न नमिल्नेगरी ध्वस्त भएका छन् । काठमाडौका ४ लाख ३६ हजार ३ सय ४४ घरधुरी मध्ये ३६ हजार ९ सय ७३ घर बस्न नमिल्नेगरी चर्किएका छन् । त्यसैगरी, ललितपुरमा १ लाख ९ हजार ७ सय ९७ घरधुरी मध्ये १७ हजार ४ सय ४४ घर बस्न नमिल्नेगरी चर्किएका छन् । भक्तपुर जिल्लामा ६८ हजार ६ सय ३६ घरधुरी मध्ये १८ हजार ९ सय घर पूर्ण रुपमा ध्वस्त भएका छन् । सामान्य रुपमा चर्किएका घरमा पनि कतिपय बहालवाला बस्न डराएपछि कोठा अभाव भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending