Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

धरानका कांग्रेसलाई महाधिवेशन लाग्यो, सभापतिमा आधा दर्जन नाम

\"final\"१ असार, धरान । नेपाली कांग्रेसलाई १३ औं महाधिवेशन लाग्न थालेको छ ।  धरानमा क्षेत्रीय सभापति र नगर सभापतिको उम्मेद्वारी घोषणा गरेर आफ्नो पक्षमा कार्यकर्तालाई आकर्षित गर्न उम्मेद्वारहरु सक्रिय हुन थालेका छन् । वैशाख १२ गते र २९ गते को महाभूकम्प पछि महाधिवेशन निर्धारित मितिमा हुने नहुने अन्यौल भईरहेका बेला केन्द्रीय पदाधिकारी बैठकले महाधिवेशन नसार्ने निर्णय गरेपछि स्थानीय स्तरमा कार्यकर्ताहरुलाई महाधिवेशन लागेको हो । यसपटकको महाधिवेशनमा क्षेत्रीय समितिमा उम्मेद्वारी दिनेहरुको संख्या भण्डै आधा दर्जनको नाम चर्चामा छ । यसरी महाधिवेशन अगाडी नै चर्चामा आउनेहरुमा वर्तमान क्षेत्रीय सभापति चन्द्रप्रसाद श्रेष्ठ, वर्तमान क्षेत्रीय सचिव सुजेन्द्र तामाङ, हालका नगर अध्यक्ष तथा अखिल नेपाल फुटवल संघ (एन्फा) का द्वितिय उपाध्यक्ष किशोर राई, क्षेत्रीय सदस्य तिलक राईको नाम अत्यधिक चर्चामा छ ।    कांग्रेसले साउन १४ गते वडा, गाउँँ तथा नगर, २२ गते क्षेत्र, २६ गते जिल्ला र भदौ २४ देखि २८ गते केन्द्रको महाधिवेशन मिति तय गरेको छ । केन्द्रीय तहबाट मिति तोकेर आएपछी धरान सुनसरी क्षेत्र नं. १ का कांग्रेसी नेताहरु महाधिवेशनमा उठ्न र भोट संकलनका लागि गृहकार्यमा जुटेका छन् । सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा हालका क्षेत्रीय सचिव तथा महाधिवेशन प्रतिनिधि सुजेन्द्र तामाङले उम्मेद्वारी घोषणा गरेका छन् । उनले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला र क्षेत्रका सदस्य तथा पदाधिकारी, वडा सभापति, अन्य प्रभावशाली नेता तथा कार्यकर्ताहरुको वृहत भेला गरी आफ्नो उम्मेद्वारी घोषणा गरेको बताएका छन् । तामाङको उम्मेद्वारी घोषणासँगै धरानका कांग्रेसीहरुलाई महाधिवेशनले तताएको छ । कांग्रेसीहरु बिचमा तामाङलाई अन्य उम्मेद्वार भन्दा क्षमतावान र लोकप्रिय व्यक्तित्वको रुपमा हेरिने गरिएको छ । अन्य व्यक्तिहरुपनि कार्यकर्तामाझ रुचाईएका व्यक्तिमा पर्छन् । तथापि, संविधानसभा २ मा नेकपा एमालेका उम्मेद्वारबाट झिनो मतले पराजित भएका तत्कालिन सभापति चन्द्रप्रसाद श्रेष्ठले पराजयको पीडामा सक्रिय राजनीति त्यागेर उपसभापति सुरेशमान श्रेष्ठलाई कार्यवाहक दिएपछि कांग्रेसको राजनीति धर्मराएको थियो । त्यतिबेला तामाङले विभिन्न संगठन निर्माण गर्ने तथा कार्यकर्ताको मनोबल बढाउने कृयाकलाप गरेकोले उनको दाबेदारी बलियो भएको कार्यकर्ताको ठहर छ । त्यसो त नगर सभापति किशोर राईले पनि संगठनलाई पुर्नजिवित गरिरहेको भन्ने पक्ष पनि बलियो छ । यतिबेला धरानको छाताचौक र त्यहाँका होटलहरुमा यहि प्रसंगले चर्चा पाएको छ । यता तामाङले पनि उम्मेद्वारी घोषणा गर्दै कार्यकर्ताको सुरक्षा, पार्टी संगठन र धरानको समग्र विकास तथा जनताको सेवासुविधालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । तामाङसँगै क्षेत्रीय सभापतिमा उठ्ने तरखरमा क्षेत्रीय सदस्य हिमाल लिम्बू, द्वारिकालाल श्रेष्ठ र विश्वराज शर्मापनि लागि परेका छन् । कांग्रेस श्रोतका अनुसार यता हालका नगर सभापति किशोर राई, क्षेत्रीय सदस्य तिलक राई र महासमिति सदस्य मदन ढकाल पनि अध्यक्षका लागि दाबेदार हुन् । तिलक राई १२ औं महाधिवेशनका प्रत्यासी हुन् भने ढकाल ११ औं महाधिवेशनका सभापति हुन् । यसैगरी क्षेत्रीय सदस्य नन्द राई र पांचकन्या गाउँ सभापति धन बहादुर कटवाललेसमेत यसपटक उम्मेद्वारी दिन सक्ने कार्यकर्ताहरु बीचमा चर्चा चल्ने गरेको छ । बामपन्थी किल्लाका रुपमा परिभाषित यो क्षेत्रमा कांग्रेसी झण्डा अहिलेसम्म फरहराउन नसकिरहेको अवस्थामा अबका उम्मेद्वारले सभापति पदको दावेदार गर्नपनि ठोस् योजना ल्याउन सक्नुपर्ने कांग्रेसीहरुको ठहर छ । ‘अहिलेसम्म कुनैपनि सभापति वा नेतृत्वले यो क्षेत्रमा कांग्रेसलाई विजयी गराउने कार्य योजना ल्याउन सकेनन् । जति आए तिनले आफ्नो दुनो सोझ्याउने र कार्यकर्ताको मनोभावना घटाउने मात्र गरे । त्यसकारण पनि हामीहरु सदैव विजयको संघारमा पुगेर पराजित हुन्छौं । त्यो पिडाबाट मुक्त दिने नेतृत्व चाहिन्छ ।’ एक नगर सदस्यले बताए । सुनसरी १ मा कांग्रेस धर्मराउनुको मुख्य कारणका रुपमा क्षेत्रीय समिति र नगर समितिबिचको अन्र्तकलह पनि हो । खासगरी क्षेत्रीय सदस्य तिलक राई र नगर सभापति किशोर राई बिच अहिलेपनि पानी बाराबार छ । दुवै एउटै पार्टीमा रहेपनि एकले अर्काको खेदो खन्ने र व्यक्तिगत रिसिइवी साँध्ने गरेकाले पनि कांग्रेस कमजोर भएको स्वयं कांग्रेसीहरु स्विकार्छन् । अझ एन्फाका अध्यक्ष गणेश थापासँग किशोर राईको टकरावमा प्रत्यक्ष रुपमा तिलक राईको उपस्थिती भएपछि दुईविचको अन्र्तद्वन्द्व चर्किएको छ । एन्फामा चरम भ्रष्टाचार भएको भन्दै विरोधमा किशोर राई उत्रिएपछी थापाले धरानमा सञ्चालित एन्फा एकेडेमी पूर्वाञ्चल संयोजकबाट किशोर राईलाई हटाएर मोरङका सन्तोष बानियाँलाई संयोजक तोकी तिलक राईलाई सचिवमा नियुक्ती गरेपछी दुईविचको झगडामा आगोमा घिउ थप्ने काम भएको स्वयं का्रग्रेसी कार्यकर्ता बताउँछन् । फेरी तिलक राई कांग्रेस संस्थापन पक्ष र किशोर राई प्रजातान्त्रिक पक्षका भएकाले उतिबेला फुटेको कांग्रेसमा त्यसका असर अझैपनि छ । धरानमा कांग्रेसले कुनैपनि निर्वाचनमा विजयी हुन नसक्नुमा व्यक्तिगत टकराव रहेको धेरैको धारणा छ । यस विषयमा केही समयअघि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ११ औं दिक्षान्त समारोहमा सहभागी हुन आएका कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोईरालासामु केही स्थानीय नेता तथा कार्यकर्ताले दुखेसो मात्रै गरेनन् । केहीले आफूले कांग्रेसमै जिवन बिताए पनि त्यसको मूल्याङकन नभएकोमा आक्रोशसमेत प्रकट गरेका थिए । उनीहरुले त्यहाँ तिलक राई र किशोर राई कै कारण पार्टी एक ढिक्का हुन नसकेको दाबी गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending