Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

स्मरणमा नुवाकोट श्रम अभियान

\"dipak२०७२ वैशाख १२ गते गएको प्रलयकारी भूकम्पले गर्दा देशले प्राकृतिक प्रकोपको महाविपत्तिको सामना गर्नु प¥यो । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको प्रलयकारी भूकम्प र पकट–पटक आएका ठूला पराकम्पले देश ठूलो विपत्तिमा परेको छ । भूकम्पले देश नै तहसनहस भएको अवस्थामा रानीतिक दलहरु पनि त्यसै बस्ने कुरै भएन । त्यसमा पनि १० वर्ष जनयुद्ध गरेर देशमा गणतन्त्र ल्याउनका लागि हजारौंको बलिदानी गरेको पार्टी (जिम्मेवार प्रतिपक्ष) देश र जनता विपतमा परेका बेला त्यसै टुलुटुलु हेरेर वर्तमान सरकारले जस्तो निकम्मापन देखाउने कुरै भएन । र त पार्टीका तर्फबाट अध्यक्षले भूकम्प गएको दुई घण्टामा प्रेस विज्ञप्ति निकालेर राहत तथा उद्धारमा खट्न आ–आफ्ना ठाउँबाट सक्रियताका साथ लाग्न नेता तथा कार्यकर्तालाई अपिल गर्नुभयो । त्यो विज्ञप्ति नै भूकम्प गएपछि सबैभन्दा पहिलो विज्ञप्ति थियो । हाम्रो पार्टीपंक्ति, त्यसका भातृ संगठन औपचारिक अनौपचारिक हिसाबले आ–आफ्ना ठाउँबाट राहत तथा उद्धारमा खट्यो । यसक्रममा भूकम्पका बारेमा विभिन्न जिल्लाका समारचारहरु आउने क्रम जारी थियो । एउटा नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सानो सहयोग भएपनि गर्नुपर्छ भन्ने मान्यताका साथ अवध राज्य अन्तर्गत (कपिलवस्तु, रुपन्देही, नवलपरासी) का जिल्लाबाट पार्टीका स्थायी कमिटि सदस्य चन्द्रप्रकाश खनाल ‘बलदेव’ को नेतृत्वमा वैशाख २९ गते ५० जनाको समूह बनाएर हामी दुई ट्रक राहतका सामग्रीसहित नुवाकोट जाने निर्णय ग¥यौँ, र हामी नुवाकोटका लागि हिँड्यौं । त्यहाँको जिल्ला पार्टीको सल्लाहमा भूकम्पबाट अति नै प्रभावित गाविसहरु मध्ये तुप्चे गाविसमा ग¥यौं । हामीले अवध राज्यमा बसेर जुन आँकलन गरेका थियौँ, त्यहाँ पुग्दा त्यो भन्दाभिन्न र दर्दनाक अवस्था पायौँ । तुप्चेमा पुग्दा करिब ९५ प्रतिशत घरहरु भत्किएका थिए । केही घरहरु लडेर ध्वस्त थिए भने  केही धरापमा थिए । त्यहाँका जनता फेरि भूकम्प आउने हो कि भन्ने त्रासमा थिए । आफ्ना घरमा पुरिएको अन्नपात, लत्ताकपडा, गरगहनालगायत जिन्सी सामानहरु केही पनि निकाल्न सकिरहेका थिएनन् । सर्वप्रथमले हामीले त्यहाँ गएर सिंचाईका लागि ल्याइएको कुलो भत्किएको रहेछ र सिंचाई हुन नपाउँदा स्थानीयले रोपेको मकै, कोदोलगायतका बाली सुकेर नास हुने अवस्थामा पुगेका थिए । हाम्रो टोलीले पहिलो पटक स्थानीयलाई साथमा लिएर ठूलो पर्खाल लगाएर त्यहाँ सिंचाईको व्यवस्था मिलायौं । त्यो कुलोबाट तुप्चेका वडा नंं. १ र २ का स्थानीयहरु लाभान्वित भए  । त्यसपछि वलदेव दाईकहो नेतृत्वमा डिलाराम आचार्य, गिरिधरीलाल न्यौपाने, माधव शर्मा र रामप्रसाद बन्जाडेलगायत त्यहाँ उपलब्ध पार्टी डिसिएमको बैठकबसी भूकम्पले कुनै पार्टी विशेषलाई मात्र प्रभावित नगरेर सबै घरहरुमा क्षति पु¥याएका कारणले पहिला सार्वजनिक संघसंस्थामा काम गर्ने, त्यसपछि गरिब, महिला, बालबालिका, अशक्तका घरहरुलाई प्रथमिकतामा राखेर काम गर्ने निर्णय ग¥यौँ र त्यही अनुसार ग¥यौँ । नेपाली सेना गएर पनि त्यहाँका सामान निकाल्न नसकेर छाडेका घरहरुमा पनि हाम्रो टोलीले सहजताका साथ काम ग¥यो र जनताको दुःखमा थोरै भएपनि मल्हम लगाउने कोसिस ग¥यो । धराप घरहरुबाट अन्नपात, भाँडाकुँडा, जिन्सी सामान निकाल्ने, जस्तापाता निकालेर धराप घरहरु भत्काउने काम हामीहरु गरिरहेका थियौँ । यसैबीचमा विष्णु बोगटीको घरको धुरीमा चढेर बलदेब दाइ, नारायण भुसाल र म टिन निकालिरहेका थियौँ । म धुरीको टिन निकाल्न लागेँ भने बलदेव दाइ र नारायण माथिल्लो पाखाको टिन निकाली रहनु भएको थियो । टिन निकाल्ने क्रममा बलदेव दाइ टेको भाटो भाँचिएर एक्कासी दुई तला मुनि खस्नु भएछ । तलबाट डिलारामजीले बलदेव तल खस्नु भयो भनेपछि मैले थाहा पाएँ, पहिला त मैले उहाँ तल्लो पाखोबाट तल खस्नु भएछ भनेर अत्तालिएँ । यदी त्यो पाखो हुँदै खसेको भए सादय उहाँ बाँच्नु हुन्थ्यो हुन्थेन भन्न सकिन्नँ । तर प्वालबाट छिरेर एकै पटक दुई तला मुनि खस्नु भएछ र बाँच्नु भयो । पछि मैले उहाँलाई तानेर माथि ल्याएँ, उहाँको हातखुट्टा र जिउमा चोट लागेको थियो । त्यति हुँदा पनि उहाँले आफूलाई केही नभएको भन्दै काममा लाग्न तयार हुनुभएको थियो । सायद लडाइँका मोर्चामा कमाण्डरले हारेको वा हरेस खाएको अरुले अनुभूति गरे पनि सबै हारिन्छ भन्ने ज्ञान पूर्व डेपुटी कमाण्डरमा भएको हुनुपर्छ, र आफूलाई पीडा हुँदा हुँदै पनि हामीलाई हौसाल दिनु भयो । बलदेबलगायतका नेताहरुले काम गरेको देख्दा लाग्थ्यो, नेताहरु सुविधाभोगी भए, अब जनताका लागि केही गर्र्दैनन् र कार्यकर्तासँग टाढा भए भन्ने हाम्रो सोचाई गलत त होइन भन्ने भान हुन्थ्यो । तुप्चेमा रहँदा हामीले चण्डेश्वरी उमाविको दुई कोठाको भग्नावशेष हटाएर विद्यार्थीलाई पढ्ने वातावरण बनायौँ । धेरैजासो घरहरुबाट घरगहरना, नगद, लत्ताकपडा लगायका जिन्सी सामानहरु निकाल्यौँ र ५० वटा जति धराप घरहरुको जस्तापाता, काठ निकालेर जोखिममुक्त बनायौँ । यसैबीचमा पार्टीको स्थायी र पोलिट्ब्युरोको मिटिङ भएकाले नेताहरु मिटिङमा आउनु पर्ने भएका कारणले ८ दिनको काम गरेपछि हामी फेरि अर्कोपटक राहत तथा उद्धारमा जुट्न अठोटका साथ तुप्चो बासीहरुसँग विदा माग्ने निधो ग¥यौँ । स्थानीयबासीले हाम्रो टोलीलाई बिदाई गर्ने क्रममा गहभरी आँसु पारेर रुन खोज्दा लाग्थ्यो तुप्चेबासीसँग हाम्रो अटुट र घनिष्ट सम्बन्ध बनिसकेको थियो । हामी पनि गह्रुँगो मन लिएर घर फर्कियौँ । पार्टीले फेरि  जेठ ८ गतेबाट पूनिनिर्माणमा होमिने औचारिक निर्णय ग¥यो । राष्ट्रिय श्रम अभियान अन्तर्गत अवधको टिम फेरि बलदेवको नेतृत्वमा नुवाकोटमा प¥यो । जस अनुसार त्यहाँ तीन वटा टिमहरु भए । रुपन्देही टिमको नेतृत्व वामेदेव क्षेत्रीले गर्नुभयो र उहाँ नुवाकोटको क्षेत्र नं. २ मा अभियानमा जुट्नु भयो । नवलपरासी टिमको नेतृत्व डिलाराम आचार्यले गर्नुभयो र उहाँ नुवाकोटको क्षेत्र नं. ३ मा अभियानमा जुट्नु भयो र कपिलवस्तुको नेतृत्व बलदेवले गर्नुभएको थियो । यो टिममा नुकाकोट जिल्लाकी सभासद राधिका तामाङ र केही जिल्ला पार्टीका कमरेडहरु सहित क्षेत्र नं. १ को विकट गाविस लिखु तिर लाग्यो । विदुरबाट टिपरमा चार घण्टाको यात्रापछि गाविसको धेरै पुरानो स्कुल महेन्द्र उमाविमा पुगियो । भूकम्प गएको पनि धेरै दिन भइसकेको थियो । तर, त्यहाँ राज्यको उपस्थिति न्यून सरह थियो । सरकार विद्यालयहरु जेठ १७ बाट सञ्चालन गर्ने निर्णय गरेका कारण हाम्रो टोलीले विद्यालयहरुको पुननिर्मण गर्ने निर्णय ग¥यो । सुरुका एक दुई दिन त स्थानीयहरु अलमल परेका थिए । सायद, भूकम्पले सबैका घर ध्वस्त भएका कराणले होला आफैं सम्हालिने अवस्थामा थिएनन् । पछि हामीलाई स्थानीयले असाध्यै माया गरे । प्रत्यक्ष रुपमा आफैं सहभागी भएर हाम्रो काममा उहाँहरुले सहयोग गर्नुभयो । विस्तारै त्यहाँका स्थानीय र शिक्षकहरुसँग हाम्रो सम्बन्ध सुमधुर बन्दै गएको थियो । हाम्रो टोलीको काम देखेर त्यहाँ सबै खुसी थिए । कामविशेषले हाम्रो टोली गएको दुई दिनपछि विद्यालयमा आउनु भएका महेन्द्र उमाविका प्रधानाध्यापक शिव राईले हामीलाई आएर  त्यो हाफपाइन्ट, टिसर्ट र चप्पलमा सबैभन्दा बढी खटेर काम गर्ने को हो ? सोध्नु भयो । शिव सरले सोधे जस्तै स्थानीयले पनि बेलाबेलामा सोध्ने गर्थे । जब हामीले उहाँ त, पूर्वजनमुक्ति सेनका डेपुटी कमाण्डर तथा पार्टीको स्थायी कमिटि सदस्य चन्द्रप्रकाश खनाल बलदेव हो भनेपछि सबै अचम्मित हुनुहुन्थ्यो । त्यति ठूलो नेताले पनि यसरी काममा हामफाल्ने उहाँहरु भन्नु हुन्थ्यो । यहाँ चुनाव जितेर गएकाहरु रेष्टुरेन्ट वा बारमा बसेर मोजमस्ती गर्दै होलान् ? उनीहरुलाई हाम्रो मतलब छैन, तर तपार्इंंहरु कपिलवस्तुबाट आएर अझ बलदेवजस्तो नेताले यसरी काम गरेर लगाउनु भएको गुण हामीले कहिलै झुल्ने छैनौं । नेता भएर यसरी नै जनताको दुःखमा साथ दिनुपर्छ, त्यो सबैका लागि एउटा उदाहरण हो भनेर बेला बेलामा स्थायनीहरुले भन्ने गर्नुहुन्थ्यो । हाम्रो टोलीले लिखुमा महेन्द्र उमाविको भग्नावशेषमा परिणत ६ कोठाको भवन पुरै सफाई गरेर त्यही ठाउँमा ८ कोठा अस्थायी टहरा निर्माण ग¥यो । त्यसैगरी रामायणछाप माविको ४ कोठा, छायाँ देवी प्राविमा ४ कोठा र मंगलादेवी प्राविमा २ कोठाको अस्थायी टहरा निर्माण ग¥यो । र, महेन्द्र उमाविको दुई कोठाको भग्नावेशष हटाएर सफा गरी विद्याद्यालय सञ्चालन गरी विद्यार्थीलाई पढ्ने वातवारण बनायो । त्यसैगरी स्थानीयहरुको पुरिएको अन्नपात पनि निकाल्यौँ । स्थानीय र शिक्षकहरुले देखाएका माया, आदरसम्मान देख्दा लाग्थ्यो, लिखु बासीसँग हाम्रो चिनजान पहिला नै भइसकेको थियो । हाम्रो अभियान त स्वभाविक नै थियो, किनभने हामी सबै यही देशको कुना कन्धरामा जन्मेर हुर्किएका थियौँ । अझ राजनीतिक दलका नेता तथा कार्यकर्ता त्यसैले त हाम्रो मनले मानेन, र त, आफूले गर्नसक्ने सहयोग गर्न हामी दोस्रो पटक नुवाकोट पुगेका थियौँ । तुप्चे र लिखुका स्थानीयहरुले कोहीले परिवार, आफन्त, इष्टमिन्त्र र छिमेकी गुमएका थिए, भने सबैले बस्ने बास, लत्ताकपडा र अन्नपात गुमाएका थिए । यस्तो विपत्तिको अवस्थामा पनि त्यहाँका स्थानीय, शिक्षक, विद्धिजिवीहरुले हामीलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुभएको थियो । अन्तिम बिदाईका दिनमा लिखुबासीले तुप्चे बासीले गरेजस्तै फेरि कुनै बेला भेट्ने बाचासहित स–सम्मान हाम्रो टोलीलाई बिदाई ग¥यो । बिदाईका दिन यस्तो लाग्थ्यो, हाम्रो अभियानले अरु धैरै केही गर्न नसकेपनि स्थानीयमा रहेको भूकम्पप्रतिको त्रास हाटाउन भने सफल भयौँ । अन्त्यमा नुवाकोट जिल्लामा जाँदा हाम्रो टिमलाई जिल्ला पार्टी, स्थानीय पार्टी संगठन, जिल्लामा रहेका सभासद्, कर्मचारी, प्रशासन र स्थानीयले गरेको सहयोगप्रति हामी अभारी छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE