Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

विप्लव माओवादी र नेपाली सेनाको यस्तो सहकार्य !

\"Biplab_Maoist_n_Nepal_Army\"१ असार, काठमाडौं । कुनै पनि नाम र रुपको संसदीय व्यवस्थालाई स्वीकार नगर्ने उद्घोषका साथ अघि बढेको र अहिले संविधानसभामा रहेका दलहरुले एकलौटी ढंगबाट संविधान जारी गरे त्यसका विरुद्ध विद्रोह गर्ने चेतावनी दिँदै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी र राज्यको प्रमुख सुरक्षा संयन्त्र नेपाली सेनाका बीच गजबको सहकार्य देखापरेको छ । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पालुङको किट्नी भन्ने स्थानमा मंगलबार विप्लव नेतृत्वको माओवादीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयमसेवक र नेपाली सेनाका एक–एक टोलीले एकापसमा सहकार्य गर्दै संयुक्त रुपमा भूकम्पबाट क्षतिग्रस्त ऋषेश्वर प्राथमिक विद्यालयको मर्मत तथा टहरा निर्माण गरेका छन् । विप्लव माओवादीका युवानेता सुदर्शन मंगोलले नेतृत्व गरेको १० जनाको टोली र नेपाली सेनाका मेजर राजु कार्कीले नेतृत्व गरेको ७ जना सेनाको टोली मिलेर उक्त प्राविको टहरा निर्माण गरिसकेपछि सोही ठाउँमा घरबारविहीन भएका स्थानीयवासीका घरटहरा बनाउने काम गरिरहेका छन् । उद्धार, राहत र पुनर्निर्माणमार्फत भूकम्पपीडित जनतामा जनसेवा गर्ने विप्लव माओवादीको दोस्रो चरणको १० दिने अभियानका क्रममा युवानेता मंगोल नेतृत्वको टोली लमजुङ पुगेको थियो । जिल्लाको भलायखर्क र चक्रतीर्थ गाविसमा ३ वटा विद्यालयमा टहरा निर्माण गर्ने तथा ६ वटा घरका भग्नावशेष हटाएर त्यहाँ पुरिएका जनताका धनमाल निकाल्ने काम गरिसकेपछि सो टोली आइतबार मकवानपुर आएको जानकारी मंगोलले दिएका छन् । \"photo2\"तेस्रो चरणको जनसेवा अभियान थालेको युवाटोलीले सोमबार विद्यालयमा टहरा बनाउन थालेपछि स्थानीयवासी निकै खुशी भएको र माओवादी युवाहरुको कामबाट प्रभावित भई नेपाली सेनाको टोली समेत सहकार्यमा आएको उनले बताए । सेनाका जवान तथा कमान्डर राजु कार्कीले विपतमा परेका जनताको उद्धार र पुनर्निर्माणमा माओवादी युवाहरुले पुर्याएको योगदानले आफूलाई प्रभावित तुल्याएको बताउँदै सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेअनुसार संयुक्त रुपमा काम गरिरहेको समेत उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy