Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

विप्लव माओवादी र नेपाली सेनाको यस्तो सहकार्य !

\"Biplab_Maoist_n_Nepal_Army\"१ असार, काठमाडौं । कुनै पनि नाम र रुपको संसदीय व्यवस्थालाई स्वीकार नगर्ने उद्घोषका साथ अघि बढेको र अहिले संविधानसभामा रहेका दलहरुले एकलौटी ढंगबाट संविधान जारी गरे त्यसका विरुद्ध विद्रोह गर्ने चेतावनी दिँदै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी र राज्यको प्रमुख सुरक्षा संयन्त्र नेपाली सेनाका बीच गजबको सहकार्य देखापरेको छ । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पालुङको किट्नी भन्ने स्थानमा मंगलबार विप्लव नेतृत्वको माओवादीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयमसेवक र नेपाली सेनाका एक–एक टोलीले एकापसमा सहकार्य गर्दै संयुक्त रुपमा भूकम्पबाट क्षतिग्रस्त ऋषेश्वर प्राथमिक विद्यालयको मर्मत तथा टहरा निर्माण गरेका छन् । विप्लव माओवादीका युवानेता सुदर्शन मंगोलले नेतृत्व गरेको १० जनाको टोली र नेपाली सेनाका मेजर राजु कार्कीले नेतृत्व गरेको ७ जना सेनाको टोली मिलेर उक्त प्राविको टहरा निर्माण गरिसकेपछि सोही ठाउँमा घरबारविहीन भएका स्थानीयवासीका घरटहरा बनाउने काम गरिरहेका छन् । उद्धार, राहत र पुनर्निर्माणमार्फत भूकम्पपीडित जनतामा जनसेवा गर्ने विप्लव माओवादीको दोस्रो चरणको १० दिने अभियानका क्रममा युवानेता मंगोल नेतृत्वको टोली लमजुङ पुगेको थियो । जिल्लाको भलायखर्क र चक्रतीर्थ गाविसमा ३ वटा विद्यालयमा टहरा निर्माण गर्ने तथा ६ वटा घरका भग्नावशेष हटाएर त्यहाँ पुरिएका जनताका धनमाल निकाल्ने काम गरिसकेपछि सो टोली आइतबार मकवानपुर आएको जानकारी मंगोलले दिएका छन् । \"photo2\"तेस्रो चरणको जनसेवा अभियान थालेको युवाटोलीले सोमबार विद्यालयमा टहरा बनाउन थालेपछि स्थानीयवासी निकै खुशी भएको र माओवादी युवाहरुको कामबाट प्रभावित भई नेपाली सेनाको टोली समेत सहकार्यमा आएको उनले बताए । सेनाका जवान तथा कमान्डर राजु कार्कीले विपतमा परेका जनताको उद्धार र पुनर्निर्माणमा माओवादी युवाहरुले पुर्याएको योगदानले आफूलाई प्रभावित तुल्याएको बताउँदै सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेअनुसार संयुक्त रुपमा काम गरिरहेको समेत उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending