Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बाबुरामले प्रचण्डलाई भनेका हुन् त १६ बुँदेका नक्कली आमाबाबु ?

\"Baburam_Status\"१ असार, काठमाडौं । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले १६ बुँदे सहमतिपछि दिनैपिच्छे अखबारहरुमा त्यसका जननी भएको दावी गर्नेहरुको ओइरो लाग्न थालेको उल्लेख गर्दै नक्कली आमाबाबुहरु जति उफ्रिए पनि हुने तर सक्कली आमाबाबुहरुले धैर्य गर्नुपर्ने बताएका छन् । मंगलबार बिहान ८ बजेतिर फेसबुकमा स्ट्याटस लेख्दै डा. भट्टराईले भनेका छन्– ‘अंग्रेजीमा एउटा भनाइ छ \"Success has hundred fathers (mothers!), defeat is an orphan\". अर्थात्, सफलताका सयौं जननी हुन्छन् तर असफलता टुहुरो हुन्छ ।’ वरिष्ठ नेता भट्टराईले अगाडि लेखेका छन्– ‘१६ बुँदे सहमतिपछि दिनैपिच्छे अखबारहरुमा त्यसका जननी भएको दावी गर्नेहरुको ओइरो लाग्न थाल्नुले यो उखानको सम्झना गराइरहेछ १ तर १६ बुँदेले अझै धेरै तगाराहरु पार गर्न बाँकी छ १ त्यसैले नक्कली आमा–बाबुहरु जति उफ्रिए पनि हुन्छ तर सक्कली आमा–बाबुहरुले चाहिँ अलि धैर्य गर्ने हो कि ?’ जनयुद्धकाल अघिदेखि नै जनादेश साप्ताहिकमा ‘बेलाबखतका कुरा’ नामक स्तम्भ लेख्दै आएका बाबुराम भट्टराईले हिजोआज धेरैजसो ‘बेलाबखतका कुरा’ फेसबुकबाटै सम्प्रेषण गर्ने गरेका छन् । १६ बुँदेअघि संविधान र निकासका कुरालाई गौण बनाएर ‘राष्ट्रिय सरकार’ गठनको मुद्धालाई उच्च प्राथमिकतामा राखी बहस छेडेका बाबुराम भट्टराईले ‘पहिले संविधानका अन्तर्वस्तुमा सहमति जुटाएर राष्ट्रलाई निकास दिनुपर्छ त्यसपछि मात्रै राष्ट्रिय सरकारको विषयमा छलफल गर्न सकिन्छ’ भन्दै आएका अध्यक्ष प्रचण्डसँग विमति राखेको देखिन्थ्यो । अहिले १६ बुँदेमा लिखित, घोषित र औपचारिक रुपले संविधानका अन्तर्वस्तु र राजनीतिक निकासको विषयलाई प्राथमिकतामा पारेर राष्ट्रिय सरकार गठनको कुरालाई ‘माइल्ड’ भाषामा राख्नुले बाबुरामलाई केही खिन्न बनाएको हो कि भन्नेहरु पनि छन् । यसै मेसोमा नेता भट्टराईले ‘१६ बुँदेका नक्कली आमा–बाबु उफ्रिए’ भन्दै ‘सक्कली आमाबाबुले धैर्य गर्नुपर्ने’ भन्दै आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड र उनका पक्षधरहरुलाई ‘उपदेश’ दिन खोजेका त होइनन् भनी धेरैले प्रश्चचिह्न खडा गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy