Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

फाल्गुनानन्दमार्गलाई उच्च प्राथमिकता दिन याेजना अायाेगलाई प्रधानमन्त्रीको निर्देशन

\"PM-640\"१ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले दमक–चिसापानी–रवि हुँदै ताप्लेजुङ छिचोल्ने फाल्गुणानन्द मार्गलाई उच्च प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लाका मुख्य राजनीतिक दलका सभासद र जिल्ला नेताहरु सम्मिलित प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री कोइरालाले सो निर्देशन दिएका हुन् । ज्ञापनपत्रमा झन्डै २३ वर्षअगाडि निर्माणकार्य थालनी भएको सो मार्ग निर्माणमा पर्याप्त बजेट विनियोजन नगरिएको व्यहोरा उल्लेख गर्दै आगामी बजेटमा ३ अर्ब रुपैयाँ विनियोजन गर्न माग गरिएको छ । सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा बन्दै गएको विकासको वातावरण नबिथोलियोस् भन्ने आफूले चाहेको बताएका थिए । उनले भारत र चीन दुबै मित्रराष्ट्रहरुले नेपालमा शान्ति, विकास र राजनीतिक स्थायित्व चाहेको उल्लेख गर्र्दै भने– ‘दुवै देशले पहिले संविधान ल्याउनोस् अनि हामी सहयोग गर्छौं भनेका छन् ।’ प्रधानमन्त्री कोइरालाले राजनीतिक दलहरुबीचको अनावश्यक झगडाले नेपाललाई अल्मल्याइरहेको उल्लेख गर्दै भने– ‘अरुलाई दोष दिने कुरा छैन, हामी नै दोषी हौं ।’ सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुक संकटमा परेका बेला राजनीतिक दलहरुकाबीचमा कायम भएको उच्चस्तरको सहमतिको उल्लेख गर्दै भने– ‘संविधानसभाबाट ८ वर्षपछि संविधान आउँदै छ । त्यसलाई सफल बनाऔ । संविधानसभाबाट एकपटक संविधान आएपछि समयअनुसार संशोधन हुँदै जान्छ, त्यसले पद्धति बसाल्दै जान्छ ।’ सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल बन्ने मार्गमा लागेको समेत बताए । उनले भने– ‘दलहरु एक छन्, विश्वसमुदाय सकारात्मक छ, नेपाल बन्ने मार्गमा छ ।’ प्रधानमन्त्रीसँगको भेटका अवसरमा मेची अञ्चलका सभासद् र राजनीतिक दलका नेताहरुले ताप्लेजुङमा हालै आएको पहिरोका पीडितलाई राहत पुर्याउन हेलिकप्टरको व्यवस्था गर्न माग गरेका थिए । प्रधानमन्त्री कोइरालाले हेलिकप्टरको व्यवस्था गरी पीडितहरुसमक्ष यथाशीघ्र राहत पुर्याउने प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending