Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सत्तापक्ष सहमतिमा नआए अर्को लडाई– भट्टराई

रुकुम, एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा बाबुराम भट्टराईले सत्तापक्षीय सहमतिमा नआए अर्को लडाई लड्न तयार रहेको बताएका छन् । रुकुमको मुसीकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘यो विशाल जनसमुदायको उपस्थितीले पनि बताउँछ कि एमाओवादीले भने जस्तै जनता संविधान सहमतिबाटै निर्माण होस भन्ने चाहन्छन । सहमतिमा नआई प्रक्रियामा गएर संविधान निर्माण गर्न खोजे हिजोको जस्तै हामी अर्को लडाई लड्न तयार छौ’ [caption id=\"attachment_2446\" align=\"alignleft\" width=\"300\"]\"rukum\" मुसिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै डा. बाबुराम भट्टराई[/caption]   एमाओवादीले गठन गरेको जनआन्दोलन परिचालन समिति रुकुमले आयोजना गरेको जनसभामा– सरकारले जनयुद्धकालिन मुद्धा उल्ट्याए त्यसको परिणाम सत्तापक्षका लागि दुःखद हुने नेता भट्टराईको कथन थियो । ०६२ ०६३ को बृहद शान्ति सम्झौता पछि आयोजित सभा मध्यको सबै भन्दा भब्य र शानदार सभा यही हो भन्ने बक्ताहरुको दाबि रहेको सभालाई एमाओवादी नेता जनार्दन शर्मा र अर्का नेता हेमन्त प्रकाश ओलीले सम्बोधन गरेका थिए । स्वयंमसेवक परिचालन समितिका इञ्चार्ज समेत रहेका नेता शर्माले भने– ‘२० हजार स्वयंमसेवक बनाई सकियो १६ गतेका दिनसम्म १ लाख बनाएर प्रक्रिया पक्षधरहरुसँग लडिन्छ ।’ सभामा जिल्लाका सबैजसो गाविसहरुबाट जुलुशहरु आएका थिए भने सभाको तयारी छोटो समयमै गरिएको आयोजक पक्षले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending