Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

पाँच महिनामा नेपालले आफ्नै रेल चलाउने दाबी, यस्ताे छ सम्झाैता

काठमाडौं । नेपाल र भारत सरकारकाबीच रेल खरिद सम्झौता भएको छ। शुक्रबार नेपालका तर्फबाट रेल विभागका महानिर्देशक बलराम मिश्र र भारतका तर्फबाट कोंकण रेलवे कर्पोरेसन लिमिटेडका चिफ म्यानेजिङ डाईरेक्टर सञ्जय गुप्ताबीच डिजेल इलेक्ट्रिक मल्टियुनिट (डिइएमयु)मा आधारित रेल खरिद गर्न सम्झौता भएको हो।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीको उपस्थितिमा सम्झौता भएको हो। रेल विभागका महानिर्देशक बलराम मिश्रले चार महिनामा रेल उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए। सबै तयारी गरेर रेल संचालन गर्दा पाँच महिना लाग्ने मिश्रले जानकारी दिए। सबै काम योजना अनुसार भए आगामी असोजसम्ममा रेल संचालनमा आउने छ।

‘असारबाट चलाउन खोजेको भारतमा आम निर्वाचनका कारण सम्झौता हुन सकेन’ मिश्रले भने ‘रेल खरिदका लागि दुई देशका बीचमा सम्झौता हुनु नेपालका लागि ऐतिहासिक उपलब्धी भएको छ।’जिटुजी मार्फत रेल खरिद गरेर ल्याउन लागिएकाले सामान्य सप्लायर जस्तो नहुने भन्दै समयमै आउने मिश्रले दाबी गरे।

डिइएमयुमा आधारित दुई सेट रेल ८४ करोड ६५ लाख ९४ हजार ६ सय (कर सहित) रुपैयाँमा खरिद गर्न लागिएको हो। डिइएमयुमा ट्रेन सेटमा ५ वटा डिब्बा हुन्छन्। मुख्य र सहायक गरि दुईवटा इन्जिन हुन्छ भने यो रेललाई नघुमाई दुवैतिरबाट संचालन गर्न सकिन्छ।

वेट लिजमा लिएर संचालन गर्ने योजना बनाएको थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीले खरिद गरेर आफ्नै झण्डा भएको रेल खरिद गर्न निर्देशन दिएपछि खरिद प्रक्रिया अघि बढाएको रेल विभागले जनाएको छ। आफ्नै झण्डावाला रेल संचालन हुने भएपनि तत्कालका लागि भारतीय प्राविधिक ल्याएर संचालन गरिने छ। नेपालका प्राविधिक सक्षम भएपछि आफैले संचालन गर्नेछन्।

रेल खरिद गरेर भारतको जयनगरदेखि जनकपुरसम्म करिव ३५ किमी खण्डमा संचालन गर्न लागिएको हो। यो खण्डमा रेलमार्गको लिक विछ्याएर परिक्षण समेत गरिसकिएको छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy