Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

एसएलसी बोर्डको फोन नउठाउन निर्देशन ?

\"slc ३ असार, काठमाडाैं परिक्षा नियन्त्रण कार्यालय सानोठिमि भक्तपूरले यस वर्षको एसएलसी परिक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । शुक्रबार नतिजा प्रकाशन गर्ने तयारी थाहा पाएपछि हजारौं विद्यार्थीहरु यतिबेला नतिजाको व्यग्र प्रतिक्षामा छन् । प्रतिक्षामा रहेका उनीहरु विभिन्न माध्यमबाट नतिजा बारे जानकारी लिन लागिरहेका छन् । तर नतिजा बारे जानकारी दिने आधिकारीक निकाय परिक्षा नियन्त्रण कार्यालय सानोठीमिको टेलिफोन नम्बर भने कहिल्यै पनि उठ्दैन । ‘नतिजा आउने हल्ला सुनेपछि मैले बुधबार देखि विहिबार सम्म लगातार फोन गर्दा कहिले पनि उठेन । फोन हान्दा हान्दा दिक्क लागिसक्यो  ।’ एसएलसी परिक्षा दिएर राजधानीमा ब्रिज कोर्स गरिरहेका राजिव महर्जनले खबरडबलीसँग गुनासो गरे ‘वेभ साइटमा भेटिएको ३ वटा नम्बरमा ट्राइ गरेँ तर कहिल्यै उठेन ।’ उनले नतिजा बारे आधिकारीक जानकारी लिनको लागि बोर्डको टेलिफोन नम्बरमा फोन गरेका थिए । तर फोन नउठेपछि आफू अलमल परेको उनको गुनासो छ । उनको सुचनालाई आधार मान्दै हामीले परिक्षा नियन्त्रण कार्यलयको आधिकारीक वेभसाइट ठेगानाको पिछा गर्दै फोन गरेका थियौं तर उठ्दैन । परिक्षा नियन्त्रण कार्यालयको टेलिफोन नम्बर : ६६३०७३९मा फोन गर्दा त्यहाँ उठ्दैन । त्यस्तै अर्को नम्बर ६६३०८१९ मा फोन गर्दापनि उठ्दैन । अर्को नम्बर भनिएको  ६६३००७० मा सम्पर्क गर्दा पनि उठ्दैन । यस विषयमा परिक्षा नियन्त्रक विष्णुबहादुर द्वारेलाई सम्पर्क गर्दा उनले फोन नउठेको बारे स्वीकार गरे । ‘हामीले अझै एक हप्तासम्म हामीले फोन उठाउन सक्दैनौं ।’ उनले खबरडबलीसँग भने ‘विद्यार्थीको गुनासो सुन्ने समय होइन, अहिले हामीले कर्मचारीलाई फोनमा बोल्न दिएका छैनौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy