Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

लालपूर्जाविहिन वादी सामुदायको दुखका पसिना डुब्ने खतरा

\"jajarkot_district\"असार ३, जाजरकोट । जाजरकोटको खगेनकोट १ दल्लीका वुद्धिमान वादीले माछा मारेर भए पनि १२ वर्षमा एउटा घर बनाए । घर बनाउँदा उनलाई जति खुशी थियो त्यो खुशी अहिले चिन्तामा बदलिएको छ । किनकी वुद्धिमान वादीले माछा मारेर निर्माण गरेको घर आफ्नो नाममा छैन । घर नाममा दर्ता नहुँदा उनलाई १२ वर्षको लगानी डुब्छ कि भन्ने चिन्ता छ । ‘यो घर बनाउन मैले लाखौं माछाको ज्यान लिएको छु । मेरा हजारौं थोपा पसिना बगेका छन् वुद्धिमानले दुखेसो पोख्दै भने, ‘अहिले यो घर, जग्गा, मेरो नाममा छैन, आजभोली घर बनाएर पिर पो लाग्न थालेको छ ।’ वुद्धिमान जस्तै प्रेम वादीले ९ वर्षसम्म माछा मारेको कमाइबाट २ कोठाको एकतले घर बनाए । अब उनलाई अर्को तल्ला थप्ने रहर मर्न थालेको छ । ‘तला थप्ने रहर पनि हरायो, जग्गा नै नाममा छैन घर बनाएर बसियो तर नाममा कसरी गर्ने चिन्ता छ । आफूले घर बनाएको जग्गा आफ्नो नाममा भए अरु ९ वर्ष लगाएर भए पनि तल्ला थप्ने योजना प्रेमले सुनाए । खगेनकोट १ दल्लीमा नलसिंह गाडको तिरमा दुई दर्जन वादी परिवार बस्छन् । उनीहरु सबैले घर टहरा बनाएका छन् । तर, कसैको लालपूर्जा छैन । अहिले उनीहरुलाई बसोबास गरेको जग्गा जमिन कसरी नाममा लिने पिरलो भएको छ । उनीहरुले वर्षौंदेखि भोगचलन गरेको घर जग्गा आफ्नो नाममा हुनुपर्ने माग गर्दै आएका छन् । नलसिंह गाड जलविद्युत आयोजनाले जग्गा अधिग्रहण गर्न थालेपछि वादी समुदायमा चिन्ता थपिएको छ । आयोजनाले मुआब्जाका लागि जग्गा धनिको नाम सार्वजनिक गर्न थालेपछि वादी समुदाय छट्पटाएका छन् । उनीहरुको नाममा एक टुक्रा जमिन पनि छैन । घर टहरा बनाएकाले क्षतिपूर्ति पाउन लालपूर्जा हुनैपर्ने नियम छ । जग्गा र घर टहरा नाममा छैनन् कसरी मुआब्जा पाउने निलो वादीले भने । समयमा कुने प्रक्रियाबाट घर जग्गा नाममा गर्न नसके वादी समुदायले खालीहात थातथलो छोड्नु पर्ने अवस्था देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending