Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कता बेपत्ता छन् वाइसिएलका नेता सागर

\"sagar\"३ असार, काठमाडौं । वाइसिएलका चर्चित नेता चन्द्र बहादुर थापा ‘सागर’ आजकाल बेपत्ता छन् । कुनैबेला दैनिकजसो मिडियामा छाउने सागरको अनुहार आजकाल विरलै देखिन्छ । आजकाल गुमनाम जस्तै सागर पहिलो संविधानसभाको चुनावमा गुल्मीबाट एमालेका चर्चित नेता गोकर्ण विष्टलाई हराएर संविधानसभाको सदस्य थिए । वाइसिएल भ्यालिका इन्चार्ज सागरले काठमाडौंमा ‘क्राइम कन्ट्रोल’ जस्ता अर्ध फौजी अपरेशन चलाएर एकाएक माओवादीका केन्द्रिय तहका नेतालाई समेत ओझेलमा पारेका थिए । उनै सागर आजकाल कहाँ छन् भनि खबरडबलीले खोजी गरेको थियो । केही समय पहिला वाइसिएलको केन्द्रिय समितिबाट समेत हटेका सागर हाल गैरसरकारी संस्था ‘बेरोजगार युवा संघठन’ चलाएर बसेका छन् । वाइसिएलको केन्द्रिय समितिमा हुँदै उनलाई बेरोजगार विभागको इन्चार्ज बनाइएको वाइसिएल अध्यक्ष गणेशमान पुनले बताए । तर बेरोजगार विभागलाई एनजिओको रुपमा बेरोजगार संगठनमा बदलेका सागरको वाइसिएलभित्र चर्को बिरोध भयो । सूरुमा वाइसिएलकै केही केन्द्रिय तहको नेतृत्वले साथ दिएपछि वाइसिएल केन्द्रिय समितिबाट हटेका सागरको संगठनलाई विस्तारै अरु नेताहरुले छोड्दै गएपछि उनले सोचेजस्तो गरी बेरोजगार संगठनले विकास लिएन । उनले चलाएको संगठनबाट माउ पार्टी एमाओवादी समेत बेखुश रह्यो । तर सागर आजसम्म पनि बेरोजगार संगठन चलाएर बसेका छन् । पार्टी आफ्नो संगठनलाई बैद्यता दिन निकै दौडधुप गरेका सागरलाई वाइसिएलको चर्को विरोधका कारण बैद्यता मिलेन । खबरडबलीले कता के गर्दै हुनुहुन्छ ? भनेर सोध्दा सागर भन्छन् – म बेरोजगार युवाहरुलाई संगठित गर्दै छु । कहि बेपत्ता भएको छैन । उनि आफ्नो संगठन केही समयमै देशको प्रमुख युवा संगठन हुने समेत दावा गर्छन् । उनलाई कहिले पार्टीले कारवाही गरेको हल्ला चल्यो त कहिले उनले पार्टी छोडेको हल्ला चल्यो । उनि भन्छन् -यि दुवै हल्ला निराधार हुन् । तर ति चर्चित युवा नेता सागर आजकाल बेपत्ता भने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy