नेपालीको ऋण घट्यो, प्रत्येक नेपालीको ऋण १८ हजार पाँच सय ६१ रुपैयाँ
आषाढ़ ४ गते, २०७२ शुक्रवार 19th June, 2015 Fri०७:१८:४६ मा प्रकाशित
४ असार, काठमाडौं । प्रत्येक नेपालीको टाउकोमा भएको ऋण १८ हजार पाँच सय ६१ रुपैयाँमा झरेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ गत साउनसम्म २० हजार ६९ रुपैयाँ १६ पैसा प्रत्येक नेपालीलाई ऋण थियो । चैतसम्मको आठ महिना अवधिमा नेपालको वैदेशिक तथा आन्तरिक ऋण आठ प्रतिशतले घटेको हो ।
चालू आर्थिक वर्ष ०७१र७२ को साउन मसान्तसम्म नेपालको ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड ७७ लाख रुपैयाँ थियो । चैतसम्ममा ४१ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ ऋण घटेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्म नेपालको वैदेशिक तथा आन्तरिक ऋण पाँच खर्ब ११ अर्ब ९२ करोड आठ लाख रुपैयाँ छ ।
सरकारले विकास कार्यक्रम सञ्चालन गर्न हरेक वर्ष आन्तरिक ऋण उठाउँने गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: