आषाढ़ ५ गते, २०७२ शुक्रवार 19th June, 2015 Fri०८:३०:४९ मा प्रकाशित
४, असार, काठमाडौं । छिट्टै संविधान घोषणा गरेर यथाशिघ्र नयाँ सरकार बनाउने २५ जेठको १६ बुँदे सम्झौता कार्यान्वयन भयो भने सुखद् कुरा हो संविधान पाइने छ र दुखद् कुरा हो त्यसपछिको सरकार \'पागल\' भनी करार गरिएका व्यक्तिको नेतृत्वमा हुनेछ ।
साप्ताहिक विमर्शमा केदार सुवेदी लेख्छन्, यसपछिको सरकार एमालेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा हुने छ र त्यसको प्रस्तावकचाँहि एमाओवादी अध्यक्ष प्रचण्डबाट भइसकेको छ ।
प्रचण्ड त्यस्ता व्यक्ति हुन् जसले ओलीलाई मानसिक सन्तुलन बिग्रिएको भनी सरकारसमक्ष यथाशिघ्र उपचारमा पठाउन औपचारिक रुपमा सिफारिस नै गरेका थिए ।
बीबीसीको प्रश्न
त्यो सिफारिस कस्तो थियो भन्ने यो बेलासम्म कसैले पनि बिर्सिएका छैनन् । जब प्रचण्ड नै अबको प्रधानमन्त्रीका लागि ओलीको सिफारिसकर्ता भए अर्थात त्यो शर्तमा १६ बुँदे सम्झौता भयो त्यो अनौठोलाग्दो भयो । एकप्रकारले यो देशमा पागल प्रधानमन्त्री हुने भए ।
यस्तो सम्झौता भएको भोलिपल्ट जेठ २६ गतेको बीबीसी नेपाली सेवामा संवाददाताले प्रश्न नै सोधे ‘तपाईं आफैंले औपचारिक रुपमा \'पागल\' करार गरेका व्यक्तिलाई कसरी प्रधानमन्त्री बनाउन वा मान्न तयार हुनुभयो ।’
प्रचण्डको जवाफ के होला । जगजाहेर नै भएको मध्येमा पर्छ उनले त्यसलाई त्यसबेलाको परिस्थिति भनेर पन्छाए तथा ओली अब धेरै सुध्रिसकेको पनि बताए । कुरा जे होस् तर, ओली प्रचण्डका लागि पागल नै थिए । उपचारको लागि गरिएको सिफारिसलाई सरकारले कार्यान्वयन गरेन र भनिएजसरी उनको उपचार पनि भएन । उपचार नभएकै अवस्थामा उनी प्रधामन्त्रीमा सिफारिस भएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: