Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

आफूखुसी निर्माण गरिएका अस्पताल भवन पास गराउन दौडधुप

४ असार, मोरङ । भवन निर्माण आचारसंहिता प्रयोग नगरी आफू अनुकूल भवन निर्माण गरेका निजी क्षेत्रबाट सञ्चालित अधिकांश अस्पतालका सञ्चालकहरू अहिले नक्सा पास गराउन दौडधुपमा लागेको पाइएको छ । भवन निर्माण गर्दा सहरी तथा भवन निर्माण डिभिजन कार्यालयसँग समन्वय गरेर निर्माण गरिनुपर्ने भएपनि आफूखुसी भवन निर्माण गरेका अस्पताल भवन पास गराउन दौडधुप गर्दै आएको सहरी तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरले जनाएको छ । डिभिजन कार्यालयबाट फारमभरी सुरक्षा अस्पताल, नोवेल अस्पताल, गोल्डेन हस्पिटल, ग्रिनक्रस हस्पिटल, विराटनगर अस्पताल, मोरङ सहकारी अस्पताल, आरके चिल्ड«न हस्पिटल, तापडिया अस्पताल, अवोध नारायण मेमोरियल क्लिनिक भवन पास गराउन भन्दै दौडधुप गरिरहेका छन् । डिभिजन कार्यालयका सूचना अधिकृत पूर्णराज कार्कीले निर्माणअघि नै कार्यालयसँग समन्वय गरेर भवन आचारसंहिता लागु गर्नुपर्ने भएपनि अधिकांश अस्पताल भवन निर्माणपछि मात्र नक्सा पास गराउन आउने गरेको बताए । विराटनगरमा सञ्चालित न्युरो अस्पतालले नयाँ भवन निर्माण गरेपनि भवन पास नै नगरेको स्रोतले बताएको छ । स्वास्थ्य मन्त्रालयबाट भवन स्वीकृत गराउन भवन निर्माण तथा सहरी डिभिजन कार्यालयबाट सिफारिस लिएर जानुपर्ने बताइएको छ । भवन आचारसंहिताअनुसार भवन निर्माण भए नभएको जाँच गरेरमात्र कार्यालयले सिफारिस दिने गरेको सूचना अधिकृत कार्कीको भनाइ छ । भवन उपयुक्त नभए मन्त्रालयले दिने सेवा सुविधा कटौती हुने भन्दै अधिकांश अस्पताल भवन स्वीकृत गराउन लागिपरेका हुन् । सामान्य घर भाडामा लिएर सञ्चालित अस्पताल भवन संहिता लागु गर्न भन्दै दौडधुपमा लागि रहेको स्रोतले बताएको छ । मापदण्ड पूरा नगरी भवन संहिताबमोजिम नक्सा स्वीकृत गरे नगरेको सम्बन्धमा सहरी विकास कार्यालयले आवश्यक जाँचबुझ गरी कसैले ऐनबमोजिम नक्सा स्वीकृत नगराई वा त्यस्तो स्वीकृत नक्सा वा भवन संहितामा उल्लिखित मापदण्डविपरीत भवन निर्माण गरे भवन ऐन २०५५ अनुसार भवन भत्काउन वा त्यस्तो कार्य गर्ने व्यक्ति वा संस्थालाई रु ५० हजारसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending