Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

भेरी पुल नबन्दा ६ जिल्ला पैतिस वर्ष पुरानै फेरीमा

\"rakam४ असार, जाजरकोट । निर्माण कार्य थालनी भएको दश वर्ष बितिसक्दा पनि भेरी पुल यो वर्ष पुरा नहुने पक्का भएको छ । छिन्चु –जाजरकोट सडक खण्डको सल्यान जिल्लाको सल्लीबजार सुर्खेतको राकम जोड्ने भेरी नदीको पुल निर्माणमा ढिलाइ हुँदा जाजरकोट सहित ६ जिल्लाका बासिन्दा समस्यामा परेका हुन् । पुल निर्माण भएमा जाजरकोटसहित रुकुम, सल्यान, डोल्पा, जुम्ला, सुर्खेतलगायत जिल्लाको यातायात सेवा सहज हुनेछ । पुल निर्माण नहुँदा भेरी नदीमा ३५ वर्ष पुरानो फेरीबाट यातायातका साधन वारपार गराउने गरिएको छ । अहिले फेरी बन्द भएकाले यातायात असहज बनेको छ । दुई वर्षभित्र निर्माण गर्ने गरी २०६२ असारमा १ सय ८० मिटर लामो पुल निर्माणको जिम्मा स्वच्छन्द काष्ठमण्डप निर्माण सेवाले लिएको थियो । सरकारले यसै आर्थिक वर्षमा पुल निर्माण गरिसक्ने भने पनि निर्माण कम्पनीको लापरबाहीले ढिलाइ भएको स्थानीयको भनाइ छ । जाजरकोटबासीले राजधानीसम्म पुगेर छिटो पुल बनाइदिन सरकारसँग बारम्बार माग गरे पनि सुनुवाइ भएको छैन । पुल निर्माण प्रक्रियाको स्थलगत अनुगमन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले असार महिना भित्रै बनाइसक्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । ‘प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मलाई भेटेर भनिसक्यौं, तर कामको गति उस्तै छ, ’ एकीकृत माओवादी जाजरकोटका अध्यक्ष पूर्णदेव शर्माले भने । पुरानो डिजाइन अनुसार पुल निर्माणको काम अगाडि बढ्न नसकेपछि यो वर्ष सडक विभागले अन्तिम विकल्पका रुपमा माइक्रोपाइलिङ प्रविधिबाट निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । यो प्रविधिबाट काम गरे पनि यो वर्ष पुल निर्माण कार्य  पूरा नहुने पक्का भएको छ । ‘सकिन्छ भन्न थालेको धेरै भो तर कति पर्खने ? उद्योग वाणिज्य संघ जाजरकोटका कोषाध्यक्ष वसन्त प्रसाद शर्माले प्रश्न गरे । पुल निर्माणमा थप लागतसहित ११ करोड रुपैयाँ लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE