प्रचण्ड जोखिमको अर्को नाम हो । जोखिम बिनाको प्रचण्ड फगत ‘पुष्पकमल दाहाल’ जस्तो देखिन्छन् । करिब एक वर्षअघि पार्टी निकट पत्रकारसँगको भेटमा एक पत्रकारले प्रचण्डलाई भनेका थिए ‘आजकल म प्रचण्ड भेटिरहेको छैन । मलाई पुष्पकमल दाहालसँग भेट्नु छैन’ ।प्रचण्डलाई लाग्ने थुप्रै बातहरु छन् । प्रचण्ड र प्रचण्डका अनुयायीहरु ती वातसँग साक्षत् छन् । उनका लागि ‘ती केवल बातहरु हुन्’ । ती बात लाउने बातेहरु पछिल्लो समय मौन छन् । तिनको मौनताको रहस्य १६ बुँदे हो । प्रचण्डलाई आलोचनात्मक माया गर्नेहरु पनि छन् – ती पछिल्लो समय चिडिएका छन् । १६ बुँदे अघि यो पंक्तिकारले प्रचण्डसँग गरेको ठाडो प्रश्नमा उनी भन्थे ‘राजनीतिमा कहिले एक्लै होइन्छ तर त्यसो गर्नुको विकल्प हुन्न’ । सायद उनले आफ्नाहरुबिच एक्लोपनको अनुभुति गरेका थिए । नभन्दै त्यसै भयो । १६ बुँदे पछि आफ्नो नेतृत्वको तीस दलीय मोर्चा छिन्नभिन्न भयो । पार्टी एकीकरण गर्न ठिक्क परेका उनका राजनीतिक गुरु बैद्यले उनलाई ‘गद्दार’ भनिदिए । १६ बुँदेले राजनीतिक बजारमा एउटा सन्नाटा ल्यायो । राजनीतिक अड्कलबाजहरु पनि सहमतिपश्चात दंगदास भए । राजनीतिक पार्टीका कार्यकर्ताहरु दोधारमा परे– पत्याउनु कि नपत्याउनु ! तर १६ बुँदे सत्य थियो । १६ बुँदेमाथि भिन्नभिन्न धारणा प्रकट छन् । पहलकदमीका अभियन्ता को हुन् भन्नेमा पनि मतान्तर छ । विदेशी विश्वविद्यालयबाट फर्केका बुद्धिजीवीले सहमतिको छेउ नबुझेका कोइरालालाई सुत्रधार भनिदिनु नौलो कुरो भएन । तर सहमतिको जोखिम मोल्ने उनै प्रचण्ड थिए । प्रचण्ड जोखिमको अर्को नाम हो । जोखिम बिनाको प्रचण्ड फगत ‘पुष्पकमल दाहाल’ जस्तो देखिन्छन् । करिब एक वर्षअघि पार्टी निकट पत्रकारसँगको भेटमा एक पत्रकारले प्रचण्डलाई भनेका थिए ‘आजकल म प्रचण्ड भेटिरहेको छैन । मलाई पुष्पकमल दाहालसँग भेट्नु छैन’ । प्रचण्डसँग लडेर आएकाहरु ‘प्रचण्ड’ सँगै खुशी हुन्छन् । पुष्पकमल दाहालसँग चौपट्ट रिसाउँछन् । प्रचण्ड ‘प्रचण्ड’ भएको बेलाको हाउभाउ अर्कै हुन्छ । उनका जुँगाका ताउ र आँखाका भाउ फरक हुन्छन् । जब उनी पुष्पकमल दाहाल हुन्छन्– निरिह लाग्छन् ।
जनयुद्ध आफैंमा एउटा जोखिम थियो – त्यो उनले उठाए । करिब एक दशकको छोटो समयमा उनले पुरानो सत्ताको समानान्तार सत्ता चलाए । संसारभरका कम्युनिष्ट क्रान्तिकारीहरु ‘माओवादीबाट सिक’ भन्नेमा पुग्यो ।प्रचण्ड तरबारको धारमाथि हिँडिरहँदा खुल्छन् । उनी तरबारको धारमाथिको यात्रा रुचाउने एक राजनेता हुन् । उनीसँगको संगतबाट के भन्न सकिन्छ भने– राजनीतिको हिसाबकिताब प्रचण्डको अवतारमा उनी वर्षमा जम्मा एकचोटी गर्छन् । बाँकी समय उनी पुष्पकमल दाहाल भएर घाटा सहन तयार छन् । प्रचण्डको राजनीतिक जीवन जोखिमहरुको सम्केन्द्रण हो । उनी आम अनुमानभन्दा फरक भएर सोच्छन् । यो सोचाइलाई आत्मसाथ नगर्दा या उनको यो तरिकाको भेउ नपाउँदा उनका नजिककाहरु समेत भड्किन्छन् । जनयुद्धको तयारी चलिरहँदा उनले गरेको पार्टी एकीकरण एउटा जोखिम थियो । जनयुद्धका लागि पार्टी चुस्त र छरितो बनाउने बेलामा उनले एकीकरण गरेर भद्रगोल बनाए । उनको के तर्क थियो भने – एकीकरणमा आउने सबैमध्ये केही क्रान्तिकारीहरु पनि छन् र ती अन्तत पार्टीमा थपिन्छन् । समयक्रममा उनको यो तर्क सही साबित भयो । सोही तयारीको समयमा उनले पार्टीको एक हिस्सालाई संसदीय निर्वाचनमा होमे । क्रान्तिकारीहरुको अन्तर्राष्ट्रिय संगठन रिमले पार्टी बिगार्न लागेको आरोप लगायो र संगठनबाटै हटायो । उनले रिमको प्रतिक्रियालाई व्यंग्यपूर्वक हाँसेर प्रतिवाद गरे । अनि संसद्बाट सत्ताको भण्डाफोर गर्ने रणनीति अख्तियार गरे । जनयुद्ध आफैंमा एउटा जोखिम थियो – त्यो उनले उठाए । करिब एक दशकको छोटो समयमा उनले पुरानो सत्ताको समानान्तार सत्ता चलाए । संसारभरका कम्युनिष्ट क्रान्तिकारीहरु ‘माओवादीबाट सिक’ भन्नेमा पुग्यो । जनयुद्धको निश्चित सफलताबाट उनले पार्टीलाई नयाँ मोर्चामा सिफ्ट गर्ने अर्को जोखिम मोले । अहिले उनीबाट अलग्गिएका उनका सहयात्रीहरुले जे जे आरोप लगाए पनि उतिबेला केवल जनयुद्धकै बलमा सत्ता कब्जा गर्न नसकिने प्रचण्डको निष्कर्षमा कोही असहमत थिएनन् । जनयुद्धमै हुँदा ‘जनआन्दोलनमा जनयुद्धलाई फ्युजन गर्न’ कुनै ढिलाइ गरेनन् र संसदवादी शक्तिको नेतृत्व गरिरहेका गिरिजाप्रसाद कोइरालासँग सहकार्य गर्न अघि सरे । यसो गर्दा सुधारवादको आरोप लाग्छ भन्ने उनलाई पक्कै थाहा थियो । उनले बिद्रोहबाट आएको शक्तिलाई लिएर संविधानसभाको चुनावबाट यताका रैथानेहरुलाई पछारे । प्रचण्ड नयाँ मोर्चामा आएपछि केही अलमल्लिए र क्रमभंग गर्ने ठाउँ पाएनन् । प्रधानमन्त्रीबाट राजीनामा दिनु उनको अर्को क्रमभंग थियो । तर उनको यो क्रमभंगले संसदीय कोर्समा काम गरेन । त्यो गल्ती थियो भन्नेहरु पनि छन् । तर त्यो प्रचण्ड प्रवृति थियो । त्यो बिचमा प्रचण्डको लोकप्रियताको पारो घटाउन राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेललाई प्रचण्डले नबुझेका थिएनन् । तर माथि भनिएजस्तै उनको वर्षमा हिसाब गर्ने प्रवृत्ति सायद यो विषयमा फेल खायो । पार्टीभित्रैबाट क्रान्तिकारिताको नाममा उनीमाथि भएको आक्रमण बेवास्ता गर्न नसकिने तथ्य हो । बिचमा उनले पुष्पकमल दाहाल भएर थुप्रै कोसिस गरे । तीस पार्टीको मोर्चा बनाए । सडकमा ल्याए । आफूबाट फुटेकाहरु लाई जोडे र एकीकृत गरे । सडकबाट थुप्रै घोषणा गरे । संविधानसभाभित्र बहुमतमा आसिन संसदवादीहरु पुष्पकमल दाहालको अवतार देखेर खिस्स हाँसे । संविधानसभाका जननीकर्ता प्रचण्ड अधिकारको माग गर्दै संविधानसभामा घण्टौं नारा लगाईरहँदा बुर्जुवाहरु बार्दली ‘रम’ पिए ।
प्रचण्ड त्यस्तो पार्टीका प्रमुख होइनन् जस्तो पार्टी सुशील कोइराला चलाउँछन् । आफैले जोखिमहरुसँग जुधेर खडा गरेको पार्टीका नेता हुन् प्रचण्ड । उनको उचाई उनैले बनाएका हुन् । सुशिल र ओलीको झैं कसैले बनाइदिएको उचाइमा उनी उभिएका छैनन् ।उनले बनाएको १६ बुँदेले अहिले देशलाई निकास दिएको मात्रै छैन उनीमाथि गम्भिर आरोप पनि लागेको छ । पहिचानवालाहरु उनलाई आत्मसमर्पण गरेको आरोपमा हत्या गर्नेसम्मको धम्की दिइरहेका छन् । तर उनले उनका बिरोधीहरुको मुख बन्द गराइदिएका छन् र राजनीतिको मुलधारमा प्रचण्डको अनिवार्यता स्थापित गरेका छन् । प्रचण्ड फेरी एकपटक तरबारको धारमाथि छन् । तरबारको धारमाथि उनी बल्ल प्रचण्डजस्ता देखिन्छन् । १६ बुँदेबाट धोका भयो भन्नेहरुले हिसाब गरेका छन् कि छैनन्– संविधानसभामा परिवर्तन बिरोधीहरुको भारी बहुमत छ । उनीहरुले चाहेको दिन प्रचण्ड, महन्थ, उपेन्द्र र अशोक राईहरु संविधानसभा भवन छिर्न नपाउँदै नयाँ संविधान घोषणा गर्ने कानुनी अधिकार राख्छन् । यसरी हेर्दा १६ बुँदे धोका होइन उपलब्धि हो । बिद्रोहलाई संविधान या कानुनले छेक्दैन । पहिचान पक्षधर र परिवर्तन पक्षधरहरुसँग यो अधिकार सधैँ सुरक्षित छ । प्रचण्डले बिद्रोहसमेत गरिन्न भनेर सम्झौता गरेका पनि छैनन् । उनले बरु कानुनी या संवैधानिक लडाईंका लागि १६ बुँदेमार्फत स्पेश बनाएका छन् । प्रदेशको नामाकरण बाँकी छ । पहिचान र सामथ्र्यका आधारमा प्रदेश बनाउनुपर्ने शर्त स्पष्ट छ । शासकीय स्वरुपमा आफ्नो फरकमत दर्ज गरेका छन् । सारमा तत्काल बिद्रोह नगर्ने अवस्थामा १६ बुँदे सहमति उपलब्धिपूर्ण छ । बरु प्रचण्ड देशलाई निकास दिएर उनीप्रति बुर्जुवाहरुले प्रवाह गरेका नकारात्मक सन्देशलाई चिर्न सफल भएका छन् । तर अवश्य पनि यो निकै जोखिपूर्ण निर्णय हो । अझ भनौँ उनले एकपटक फेरी तरबारको धारमाथिको यात्रा तय गरेका छन् । उनले १६ बुँदेमा टेकेर लथालिंग आफ्नै पार्टी पुर्ननिमाण गर्नु छ । भत्किएका मनहरुलाई जोड्नु छ । उनीमाथि हिजोका सहयात्रीहरुले गरेको शंकालाई विश्वासमा परिणत गर्ने चुनौती छ । आङकाजीजस्ता कट्टर जातिवादीहरुलाई परिस्थितिको बोध गराउनुछ । उनीविरुद्धको बुर्जुवा प्रचारसंयन्त्र १६ बुँदेको झटारोले इन्तु न चिन्तु त भएको छ तर त्यो ब्युतिन्छ र उनीविरुद्ध जनतालाई धोका दिएको भन्दै मोर्चा खडा गर्छ– त्यो विरुद्ध लड्ने संयन्त्र निर्माण गर्नुछ । उनका जनयुद्ध लडेका सहकर्मीहरु अलग पार्टी बनाएर सडकमा छन् । उनीहरु अलग्गिएदेखि आजसम्म प्रचण्डले चाल्ने राजनीतिक कदमको प्रतिकृया दिनेबाहेक फरक मोर्चामा छैनन् । तर ती इमान्दार क्रान्तिकारीहरु हुन् भन्ने भुल्न हुने छैन । १६ बुँदेबाटै देशको कार्यकारी प्रमुखमा आउँदै गरेका ‘राजनीतिक भंङजा’ सँगको सहकार्य प्रचण्डलाई गलपासो हुनसक्छ । यी बिचबाट परिवर्तनका एजेण्डाहरु केहीलाई संस्थागत गर्नु र केहीलाई आन्दोलनको रुपमा विकास गर्नु सायद उनको मुलभूत दायित्व हो । उनले राष्ट्रपति खाइँदैन भन्दिए । प्रधानमन्त्री चाहिँदैन भन्दिए । ‘देशको निकास र भूकम्पबाट थलिएको मुलुकको विकास’ भन्ने उनको नारामा प्रचण्ड प्रवृति छ । र प्रचण्ड फेरि एकपटक प्रचण्ड जस्ता देखिएका छन् । प्रचण्ड त्यस्तो पार्टीका प्रमुख होइनन् जस्तो पार्टी सुशील कोइराला चलाउँछन् । आफैले जोखिमहरुसँग जुधेर खडा गरेको पार्टीका नेता हुन् प्रचण्ड । उनको उचाई उनैले बनाएका हुन् । सुशिल र ओलीको झैं कसैले बनाइदिएको उचाइमा उनी उभिएका छैनन् ।
प्रतिकृया लेख्नुहोस्: