Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भूकम्पपछि नुवाकोटमा मानव बिक्री बढ्यो

\"nuwakot_district\"४ असार, नुवाकोट । भूकम्पपछिको अस्तव्यस्तताको फाइदा उठाउँदै मानव तस्करले नुवाकोटको ग्रामीण भेगका किशोरी तथा बालबालिकालाई बिक्रीका लागि भगाउन थालेका छन् । सार्वजनिक भएको तथ्याङ्कअनुसार नुवाकोट जिल्लाका तीनजनालाई दलालले भारतमा बिक्रीका लागि पु¥याइसकेका छन् भने पाँचजना बालिकाको काठमाडौँबाट उद्धार गरिएको छ । धर्म पुत्रपुत्री राख्ने र बालगृहमा आश्रय दिने बहानामा धेरै बालबालिका हराइरहेका छन् । भूकम्पपछि विभिन्न ठाउँबाट उद्धार गरिएका ४०० बालबालिकामध्ये २१५ जना हराइरहेका छन् । यी बेचिएका हुनसक्ने प्रहरी तथा केन्द्रीय बालकल्याण समितिको आशङ्का छ । त्यसमा नुवाकोटका बालिका पनि अधिकांश रहेको मानव बिक्रीविरुद्धको अभियानमा सक्रिय सामाजिक संस्था कार्नेट नेपालको नुवाकोट क्लस्टरका टिमलिडर पुरुषोत्तम डोटेलले बताएका छन् । उनका अनुसार गाउँगाउँमा सहयोग र राम्रो रोजगारीको प्रलोभन दिएर बालिका तथा युवती भगाउनेको सक्रियता बढेको छ । विशेषगरी नुवाकोटको दुर्गम क्षेत्र र तामाङ बसोबास रहेको गाउँमा मानव तस्करको सक्रियता रहेको डोटेलले बताएका छन् । वैशाख १२ को भूकम्पयता सिन्धुपाल्चोक र नुवाकोटबाट भारतको उत्तरप्रदेश र मुम्बइका कोठीमा लगेर बेचिएका १५ युवती फेला परेपछि भूकम्पमा परिवार र घरबार गुमाएका किशोरी र युवतीलाई मानव तस्करले सहजै सीमा कटाएको पुष्टि भएको हो । भुइँचालोपछि नुवाकोटको शिखरबेंशी गाउँ विकास समितिबाट तीनजना किशोरी हराएका छन् । दुई साताअघि घरबाट हराएका १६ वर्षीया दुई जना र १८ वर्र्षीया एक जनालाई मानव तस्करले भारतमा बिक्रीका लागि पु¥याइसकेको अनुमान गरिएको छ । हराएकामध्ये तामाङ समुदायका तीन किशोरीमा एक जना विवाहित र दुई जना अविवाहित रहेका छन् । शिखरबेंशी गाउँ विकास समिति वडा नं ८ सेराङका हस्तबहादुर तामाङ आफ्नो छोरी, भाइको छोरी र छिमेकीको बुहारी हराएको बताउँछन् । उनले हराएकाको खोजीकार्य स्थानीयस्तरमा व्यापक पारेपनि पत्तो लाग्न नसकेको बताए । शिखरबेंशीबाट हराएका किशोरीको जानकारी बाहिर आएपनि थुप्रै गाउँका घटना अझै बाहिर आइसकेका छैनन् । दुई साताअघिमात्रै नुवाकोटबाट बिक्रीका लागि हिँडाइएका पाँचजना बालिकाको काठमाडौँको थानकोट नाकाबाट उद्धार गरिएको थियो । नुवाकोट क्षेत्र नं २ का विभिन्न गाउँ विकास समितिका ती बालिकालाई भारत लैजाँदै गर्दा बसबाट नाकामा उद्धार गरिएको र उनीहरु अहिले संरक्षणमा रहेको जिल्ला बालकल्याण समिति नुवाकोटकी बाल अधिकार अधिकृत अनिता थापा बताउँछन्  । झन्डै ५० वर्षदेखि मानव बेचविखनजस्तो जघन्य अपराध हुँदै आएको नुवाकोटमा पछिल्ला वर्षमा तुलनात्मक रुपमा कमी आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटको रेकर्डले देखाएको छ तर यो प्राकृतिक विपत्तिपछि समुदायमा आएको उथलपुथलका कारण फेरि समस्या सुरु भएको छ । यसरी प्रभावकारी ढङ्गबाट नियन्त्रणमा आउन नसकेको अपराध न्यूनीकरण हुनेमा शङ्का उठ्न थालेको छ । यसप्रकारको मानवीय विपत्तिमा बढ्ने आपराधिक कार्य नियन्त्रणका लागि सचेतनामात्र नभई गाँस, बाँस र कपासको सुनिश्चतता हुनु जरुरी रहेको टिम लिडर डोटेलको तर्क रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies