Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

जसले खुसी साट्न पाएनन्

५ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक कालीदेवी उच्च माध्यमिक विद्यालय गातीबाट यस वर्षको एसएलसी परीक्षामा सिम्बोल नम्बर ०२३३९२३ ‘ए’ भएका समीर श्रेष्ठ प्रथम श्रेणीमा उत्तीर्ण भए । उनी ६३ दशमलव ६ प्रतिशत ल्याएर उत्तीर्ण त भए तर विडम्बना समीरले आफू एसएलसीमा उत्तीर्ण भएको अब कहिल्यै थाहा पाउनेछैनन् । आजको राजधानी दैनिकमा खबर छ समीरले साथीहरूसँग भन्ने गर्थे, ‘परीक्षा राम्रो भएको छ, विशिष्ट श्रेणी आउँछ होला ।’ विशिष्ट श्रेणी त उनले ल्याउन सकेनन् तर प्रथम श्रेणीमा उत्तीर्ण भएको खुसी साट्न नपाउँदै समीरले संसारलाई छाड्न पुगे । १२ वैशाखमा गएको विनाशकारी भूकम्पमा परी उनले ज्यान गुमाए । गाती–९ का श्रेष्ठ विद्यालयका उत्कृष्ट छात्र रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुप्पा श्रेष्ठले जानकारी दिए । ‘एसएलसीमा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको खुसी छु । तर पनि एक होनाहार विद्यार्थी गुमाउनुपर्दा खुसीभन्दा बढी पीडा थपिएको छ,’ अध्यक्ष श्रेष्ठले भने । कालीदेवीका मात्रै होइन, इन्द्रश्वरे उमाविबाट एसएलसीमा सहभागी दुवाचौर गाविसकी अञ्जना अधिकारीले पनि द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् । सिम्बोल नं. ०२३११७० ‘डी’ भएकी अधिकारी विद्यालयकी रामै्र छात्रा थिइन् । शुक्रबार एसएलसीको नतिजा आउँदा विद्यालयका शिक्षकहरूलाई अरूको भन्दा अञ्जनाको नै बढी चासो थियो । ‘उनको रिजल्ट के भयो होला भनेर रिजल्ट हेरियो, उनी पास भएकी रहिछन्, त्यसपछि त विद्यालयको वातावरण नै स्तब्ध भयो,’ विद्यालयका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले भने । विद्यालयबाट एसएलसीमा सहभागी ६२ परीक्षार्थीमध्ये ३३ जना उत्तीर्ण भएका छन् । अञ्जनाजस्तै सोही विद्यालयकी पूर्णमाया दनुवारको पनि भूकम्पमा परी मृत्यु भएको छ । क्षेत्रपालेश्वरी माविकी रमिता श्रेष्ठ पनि शुक्रबार सार्वजनिक भएको एसएलसीमा उत्तीर्ण त भइन् तर उनले पनि आफू प्रथम श्रेणीमा उत्तीर्ण भएको खबर कहिल्यै पनि थाहा नपाउने गरी सधैका लागि छाडेर गइन् । एसएलसीको नतिजा सार्वजनिक भएपछि परीक्षामा उत्तीर्ण भए पनि भूकम्पमा परी मृत्यु भएपछि विद्यालय र आफन्तहरू मर्माहत भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE